$type=ticker$count=12$cols=4$cate=0

लोकमान प्रकरणका विभिन्न आयामहरू

SHARE:

विश्वराज अधिकारी
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाइएको छ । यो महाअभियोग प्रस्ताव संसद्बाट पारित भएमा कार्की पदच्युत हुनेछन् । साथै कार्यवाही (महाअभियोग) द्वारा आपूmलाई पदच्युत गरिएको इतिहास पनि उनले सदाका लागि आपूm साथ लिएर जानेछन् । संवैधानिक पदमा पुगेर पदच्युत भएपछि उनको पछिको सार्वजनिक जीवन कस्तो हुनेछ त्यो कार्कीले नै सोंच्ने कुरा हो । तर अहिलेको लागि भन्ने हो भने कार्कीमाथि केवल महाअभियोग लगाइएको छ, त्यसमाथि संसद्मा मतदान भइसकेको छैन । र मतदान उनको पक्ष वा विपक्ष, केमा हुन हो अहिले केवल अनुमान मात्र गर्न सकिन्छ ।
    नेताहरूको विवेक र इमानदारी अनुरूप नेपालमा राजनैतिक र प्रशासनिक घटनाहरू प्रभावित हुने नभई उनीहरूको स्वार्थ अनुरूप प्रभावित हुने भएकोले महाअभियोग प्रस्तावले अन्तिम समयमा कुन कोल्टो फेर्न हो अहिले नै थाहा पाइहाल्ने स्थिति छैन । तर जनदबाब बढ्दै गएमा सो प्रस्तावको पक्षमा दलहरूले मतदान गर्नुको विकल्प रहने छैन, किनभने लोकमान प्रकरणले अत्यधिक (कु) चर्चा पाएकोले उनीमाथि कार्यवाहीको नाटक गरेर भए पनि भोलिको चुनावमा जनताको मन जित्ने रणनीति दलहरूको हुनेछ भन्ने कटु सत्यमा सबैथरीका मानिस विश्वस्त भए हुन्छ ।
    लोकमानसिंह कार्की किन चर्चामा छन् भन्ने विषयमा थप चर्चा गर्नु आवश्वयक छैन । लोकमान प्रकरण सामाजिक र राजनैतिक वृत्तमा घामझैं छर्ल· छ । छापा, रेडियो, टिभी र अनलाइन आदि मेडियाहरूमा कार्की
(खल?) नायक भएका छन्, अहिले । त्यस कारण बरु लोकमान प्रकरणले सतहमा ल्याइदिएका अन्य मुद्दाहरू वा यस प्रकरणका अन्य आयामबारे चर्चा गर्नु अहिलेको लागि सान्दर्भिक होला ।
पहिलो आयाम ः नेपालका मेडियाहरू अब स्वतन्त्र किसिमले बोल्न, लेख्न अथवा समाचार वा विचार सम्प्रेषण गर्न पहिले (पञ्चायतकाल) भन्दा निकै स्वतन्त्र र सक्षम भएका छन् । र केहीले निष्पक्ष भएर लेख्छन् पनि । सञ्चार माध्यमहरूले जनताको विचार निर्माणमा उल्लेखनीय भूमिका खेलेका छन् । त्यति मात्र होइन, खास मुद्दाहरूमा खास किसिमको कार्यवाही गर्न सरकारलाई दबाब दिन पनि सकेका छन् । सरकारले दबाब मान्ने स्थिति पनि सृजना भएको छ । यस तथ्यको उदाहरण लोकमान प्रकरण भएको छ । कार्कीलाई कार्यवाही गर्न उठेको जन आवाजलाई मेडियाहरूले महŒवका साथ सञ्चारित नगरेको भए दलहरूले कार्कीलाई कार्यवाही गर्ने तत्परता देखाउने थिएनन् । देखाउने प्रश्न पनि उठ्थेन किनभने कार्कीलाई दलहरूले आप्mनो स्वार्थ पूर्ति गर्नका लगि आख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा आसीन गराएका थिए । दलहरूले र खासगरी माओवादीले आप्mना फोहर (आर्थिक भ्रष्टाचार) छोप्न कार्कीलाई ‘कभर’ बनाएर ल्याएको थियो । मुलुकमा उक्त संस्थाको आयुक्त हुन सक्षम र इमानदार व्यक्तिको खा“चो थिएन । तर कार्की तीन दल (नेपाली काङ्ग्रेस, एमाले र माओवादीको का“धमा चढेर एकाएक संवैधानिक पदमा प्रकट भएका थिए । अहिलेको यो नया“ परिस्थितिमा कार्कीले आपूmलाई शिखरमा पु¥याइदिने दलहरूको इशारामा काम गरेको भए वा ‘साइजमा बसेको भए’ कार्की प्रकरण सतहमा आउने थिएन । मेडियाहरूले थाहा पनि पाउने थिएनन् । आउने दिनहरूमा भ्रष्टाचारीहरू प्रशासन  भन्दा मेडियाहरूबाट डराउने छन् ।
दोस्रो आयामः हामी मुहान थुन्न छाडेर  पर खोलामा बा“ध राख्न खोज्छौं । कार्कीले आप्mनो अख्तियारको दुरुपयोग गरे भनेर अहिले ठूला दलका ठूला नेताहरू ठूलो स्वरमा कराइरहेका छन् । जनताले पनि उनीहरूका ती ठूला स्वरहरूमा विश्वास गरिरहेको छ । नेताहरूले छरेका भ्रमहरूलाई सत्य मानिरहेको छ । तर यहा“ मुख्य मुद्दा (समस्या) भनेको कार्कीको व्यवहार होइन, कार्कीजस्तो व्यक्तिलाई अति नै जिम्मेवार पदमा पु¥याउने नेताहरूको कुटिल स्वार्थ मुख्य मुद्दा वा समस्या हो । नेताहरूले कार्कीजस्तो व्यक्तिलाई त्यो पदमा किन आसीन गराए ? अहिले मुख्य प्रश्न यो हुनुपर्ने थियो । तर विडम्बना १ जनमत, मेडिया, विरोधी स्वर सबै अहिले कार्कीको पछि लागेको छ, नेताहरूलाई पानीमाथिको ओभानो तुल्याएर । नेताहरूले पक्षपातपूर्ण ढ·ले, भागबन्डाको राजनीति गरेर, खासखास पदमा आप्mनो दलका व्यक्तिहरूलाई आसीन नगराएर योग्य र इमानदार व्यक्तिहरूलाई आसन गराएको भए यस किसिमको समस्या आउने नै थिएन । नेताहरूको स्वार्थले गर्दा दिइएको अख्तियारी दुरुपयोग भएको हो । अख्तियार दुरुपयोग भएको हेर्न पठाइएको व्यक्तिले नै अख्तियार दुरुपयोग गरेको छ । उसले नै आपूmले पाएको अख्तियार दुरुपयोग गरेको गम्भीर आरोप खेप्नुपरेको छ । संवैधानिक पद, राजदूत, सचिव वा अन्य यस्तै किसिमका पदहरूमा दलहरूले भागबन्डाको राजनीति गर्दै आप्mना आसेपासेहरूलाई हुल्न बन्द नगरेसम्म लोकमान प्रकरण जस्तै अन्य प्रकरणहरू आउने सिलसिला जारी रहने छ ।
तेस्रो  आयाम ः मुलुकको राजनीति यति बढी भ्रष्ट हुन पुगेको छ कि सधैं ३६ भएर बस्ने राजनीति दलका नेताहरू स्वार्थका लागि अचानक स्थिति परिवर्तन गरेर ६३ को स्थितिमा बस्न पुग्छन् । आप्mनो स्वार्थको लागि नेताहरूबीच तत्काल निर्विवाद सहमति हुन्छ । यो स्थिति नभएको भए लोकमानसिंह कार्कीलाई नियुक्त गर्दा विभिन्न स्थानबाट विरोध भए तापनि नेताहरूको मिलोमतोमा एकजना विवादित व्यक्ति सहज किसिमले मुलुकको सर्वाधिक जिम्मावारी वहन गर्नुपर्ने पदमा आसीन हुने स्थिति सृजना हुने थिएन । त्यस कारण यो भ्रष्ट राजनीतिका खम्बाहरूलाई वा आजीवन राजनीति गर्न इच्छुक नेताहरूलाई नया“ इमानदार नेताहरूद्वारा विस्थापित नगरेसम्म वा नेतृत्व प्रदान गर्ने नेताहरूलाई राजनीतिबाट सन्यास लिन नलगाएसम्म यस किसिमका समस्याहरू दोहरि नै रहन्छ । ठूला दलका उच्च नेताहरूले राजनीतिलाई आजीवन पेशा मानेर लाभको राजनीति गरिरहेसम्म वा नेतृत्व प्रदान गर्ने विभिन्न दलका यी नेताहरूले राष्ट्रिय राजनीतिलाई प्रभावित पारिरहेसम्म मुलुकको राजनीति सफा हुन सक्तैन, झन्झन् फोहर भएर जानेछ । त्यस कारण शेरबहादुर देउवा, रामचन्द्र पौडेल, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दहाल आदिले राजनीतिबाट सन्यास लिनुपर्ने बेला आइसकेको छ ।  रामचन्द्र पौडेलबाहेक माथिका व्यक्तिहरू प्रधानमन्त्री भइसकेका छन् । अमेरिकामा राष्ट्रपति भइसकेको व्यक्तिले आप्mनो राष्ट्रपतीय कार्यकाल समाप्त भएपछि राजनीतिक जीवनबाट सन्यास लिएझैं यी नेताहरूले पनि राजनीतिबाट सन्यास लिएर बा“की समय स्वच्छ राजनीतिक वातावरण निर्माणमा लगाए हुन्छ ।
चौथो आयाम ः भ्रष्ट नेताहरूलाई शक्ति र पदमा पु¥याउने परिपाटी जनताले न त्यागेसम्म यस किसिमका प्रकरणहरूको पुनरावृत्ति भइरहनेमा कुनै शड्ढा नलिए हुन्छ । यस किसिमका मुद्दाहरूको पुनरावृत्ति भइरहेमा भ्रष्ट राजनीति सृजना गरेको जिम्मेवारी जनताले पनि लिनुपर्ने हुन्छ । भ्रष्टाचारमा जनता पनि संलग्न भएको मान्नुपर्ने हुन्छ । नेताहरू आकाशबाट खस्ने होइन, नेपाली समाजले नै यस किसिमका नेताहरूको सृजना गर्ने हो । त्यस कारण नेताहरूलाई मात्र सम्पूर्ण दोष दिएर जनता पन्छिने स्थितिको अन्त्य हुनुपर्दछ ।
पा“चौ आयाम ः व्यक्तिगत र दलीय स्वार्थमा लीन भएर इमानदारीको राजनीति परित्याग गरेर नेताहरू यति कमजोर हुन पुग्छन् कि उनीहरूको राजनीति जीवन नै दाउमा लाग्न सक्छ । अहिले भइरहेको पनि त्यस्तै छ । एक सामान्य लोकमान प्रकरणले विभिन्न नेताहरूको कुर्सी हल्लाइदिएको छ । यो प्रकरणले आप्mना कस्ता–कस्ता करतुत सहतमा आउने हो भन्दै अहिले धेरै नेता चिन्ताग्रस्त देखिएका छन् । हल्लाको बजार यतिसम्म रन्केको छ कि अहिलेको सरकार ढलेर एमाले र माओवादी गठबन्धनमा नया“ सरकार बन्नेसम्मको तातो हावा चलेको छ । यो तातो हावाले सत्यताको कतिसम्म गर्मी बोकेको छ त्यो आउने समयले देखाउला । नेताहरूको मात्र उपस्थिति रहने राजनीतिक बजारमा भने लोकमान प्रकरणले ठूलो अनिश्चितता भने ल्याइदिएको छ ।
    यसरी लोकमान प्रकरणले विभिन्न तथ्यहरू सतहमा ल्याएर नेपाली राजनीतिको यथार्थ स्थिति छरपस्ट
पारिदिएको छ र साथै नेताहरूको चरित्र कस्तो छ भन्ने कुरालाई पनि सामान्य जनताले बुझ्नेगरी प्रस्ट्याइ दिएको छ ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लोकमान प्रकरणका विभिन्न आयामहरू
लोकमान प्रकरणका विभिन्न आयामहरू
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjIpI7uMLJv5v-cPOvUC2LPcf6OIn8r8suZJ0lRcV6-4Hd5mage97bujreAcWyhgmGZd1WHNX46b14GdZSk3N1ceT13BMp9kccb5qJQ_Fgkj2_YCEk8vyQEd5Ozn27LsR7PbgSE7vLRmmc/s200/bishwaraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjIpI7uMLJv5v-cPOvUC2LPcf6OIn8r8suZJ0lRcV6-4Hd5mage97bujreAcWyhgmGZd1WHNX46b14GdZSk3N1ceT13BMp9kccb5qJQ_Fgkj2_YCEk8vyQEd5Ozn27LsR7PbgSE7vLRmmc/s72-c/bishwaraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/10/blog-post_804.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/10/blog-post_804.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy