प्रस, वीरगंज, ११ कात्तिक÷
छठ अघि संविधान संशोधन प्रस्ताव दर्ता नभए मधेसी मोर्चा चुप लागेर नबस्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चेतावनी दिएका छन् ।
प्रेस मञ्च, पर्साको पत्रकार सम्मेलनमा बोल्दै महतोले वर्तमान सरकारले मधेसीको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि समर्थन गरेको तर अहिले विभिन्न जालझेल गरी मधेसीलाई हक अधिकार नदिन खोजेको आरोप लगाए ।
देशले इतिहासमा अधिकार प्राप्त गरेको र सो अधिकार अहिले गुम्ने अवस्था आएको उनले प्रतिक्रिया दिए । मधेसको माग पूरा भएपछि मात्र अधिकार स्थायी हुने महतोले बताए । मधेसको माग पूरा गर्न नदिन दलीय स्वार्थमा लागेका अन्य दलहरूले देशलाई नै लोकमानमय बनाएको आरोप लगाए । अध्यक्ष्ँ महतोले जारी आन्दोलनको माग पूरा गर्नुको साटो विभिन्न जालझेल गरी आपैmमा लडेर मधेसीहरूलाई झुक्याउन खोजेको बताए । संविधान संशोधनमा नेका र एमालेले तदारुकता नदेखाएको उनले सो अवसरमा बताएका थिए । अबको आन्दोलन जुन दलले मधेसको माग पूरा गर्न अडकाय पु¥याउ“छ त्यसेविरुद्ध पनि गरिने उनले बताए ।
प्रेस मञ्च, पर्साका उपाध्यक्ष नन्दकिशोर गिरीको सभापतित्वमा शुरु भएको कार्यक्रमको मञ्चका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले सञ्चालन गरेका थिए ।