प्रस, परवानीपुर, १२ कात्तिक÷
वीरगंज–पथलैया सडकखण्ड अन्तर्गत पर्साको परवानीपुरमा स्थानीय एक व्यापारीले लाखौं मूल्यको एक कट्ठा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण कार्य गरेकोमा वीरगंज उपमहानगरपालिका कार्यालयले चासो देखाएको छ । वीउमनपा कार्यालयमा उजुरी परेपछि अतिक्रमणको काम रोक्का राख्न आदेशसहित सार्वजनिक जग्गा अतिक्रमणकर्ता वीरगंज–२४ लिपनीबिर्ताका व्यापारी अनिलप्रसाद कलवारलाई सप्रमाण उपस्थिति हुन पत्र काटिएको छ । कलवारले भोजभगत उमावि र राजमार्गभन्दा पश्चिमतर्पm रहेको आप्mनो दश धुर जग्गास“गैको करिब एक कट्ठा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयासले पक्की पर्खालको निर्माण शुरू गरेका थिए । विगत एक सातादेखि पर्खाल लगाइरहेका व्यापारी कलवारविरुद्ध स्थानीय राजाबाबू कुशवाहाले वीउनमपा कार्यालयमा कात्तिक ५ गते उजुरी दर्ता गराएका थिए । उजुरीको आधारमा नगरपालिकाको प्राविधिक टोलीले कार्तिक ८ गते स्थलगत नापजाच गरी बीउमनपाकामा दिएको प्रतिवेदनपछि निर्माण कार्य रोक्का गर्न कलवारलाई पत्र काटेको छ भने सो पत्र कार्यान्वयनका लागि वडा सचिवको कार्यालय–२४ लिपनीविर्ता र नगर प्रहरीलाई पनि पत्र काटेको छ ।
वीउमनपा–२४ लिपनीविर्ताका कलवारले २०७३ वैश्ँँख १७ गते लालसादेवी लोहारको नाममा रहेको किता नं १७ को १० धुर जग्गा खरिद गरेका थिए । दशधुर मात्र नम्बरी जग्गा खरिद गरेका कल्वारले अहिले त्याहा“ रहेको करिब एककठ्ठा जग्गा अतिक्रमण गर्न खोजेपछि निज विरुद्ध उजुरी परेको हो । अतिक्रमण गर्न खोजिएको सो सार्वजनिक जग्गा हालको बजारमुल्य अनुसार करिब ७० लाखभन्दा बढी पर्छ । कल्वारले सोही स्थानमा अन्यले निर्माण गर्दा वीउमनपाकाले चासो नदेखाएको र आफनो निर्माण रोकेकोमा आपत्ति जनाए । उनले वीउमनपाको पत्रको जवाफ दिने बताएका छन । कल्वारले अरुले गरेको अतिक्रमण खालि गरे आफुले पनि खालि गर्ने प्रतीकलाई बताए ।