–कुमार रुपाखेती
दक्षिण एसियाको शान्ति, सुरक्ष्Fा, विकास अनि एकताका लागि सार्कको स्थापना भएको हो । भारत, पाकिस्तान, नेपाल, भुटान, मालदिप्स, श्रीलङ्का, बङ्गलादेश सार्कका स्थापनाकालदेखिका सदस्य राष्ट्रहरू हुन् भने पाकिस्तान धेरैपछि आएर सार्कमा जोडिएको हो ।
तर सार्क स्थापना भए पनि समय–समयमा यसको सम्मेलन भए पनि, निरन्तर छलफल जारी रहे पनि सार्कले कहिल्यै आप्mनो भावना र नीति अनुरूप स्वतन्त्र भएर चल्न पाएन । संयुक्त राष्ट्र सङ्घमा अमेरिकी भिटो प्रभावशाली भएभैंm सार्कलाई समेत यसका केही बलिया सदस्य राष्ट्रहरूले हाँक्न चाहे । गत वर्ष नेपालले लामो नाकाबन्दी बेहोर्नुपर्दासमेत सार्क राष्ट्रहरू हल न चल मौन रहे । सबैलाई थाहा छ भारत र पाकिस्तानलाई सार्कमा हैसियतदार सदस्य मानिन्छ । अनि यी हैसियतदारहरूबीच विद्यमान वैमनस्यता जगजाहेर छ ।
सार्कमा हावी हुन चाहने यिनको कुत्सित चालले गर्दा सार्क सदा न हाँसको चाल न बकुलाको चालमा रह्यो । यी दुई राष्ट्रको मनमुटावले गर्दा निर्धारित समयमा हुने सार्क राष्ट्र प्रमुखहरूको सम्मेलन भताभुङ्ग भएको छ । भारत र पाकिस्तानको अन्तहीन झगडा जिन्ना र जवाहरकै पालादेखि चल्दै आएको छ । यो झगडा, लफडा मोदी र शरीफको पालामा झनै चुलिएको छ । यिनको झगडामा सार्कका साना राष्ट्रहरू विगतमा मौन रहे पनि यसपटक अवस्था परिवर्तित देखिन्छ । यिनको लफडाको शिकार सार्क बनेको छ । सार्कलाई प्रभावमा लिन भारत कम्मर कसेर लागेको छ । भारत र पाकिस्तान सीमामा सैनिक ड्याङडुङ नयाँ र नौलो कुरा होइन । यिनको सीमा क्ष्Fेत्रमा सदैव अशान्ति र मर्ने–मार्ने खेल चलिरहन्छ । तर यसपटक यिनले आप्mनो झगडामा सार्कलाई पनि प्रयोग गर्ने रणनीति बनाएको देखिन्छ ।
सबैलाई थाहा छ– सार्कमा भारतसँग जोरी खोज्ने पाकिस्तान मात्र हो । यिनको छत्तीसको आँकडा सार्क सम्मेलनमा सधैं छताछुल्ल हुने गर्दछ । गत केही वर्षअघि सुशील कोइरालाको पालामा काठमाडौंमा भएको सार्क सम्मेलनमा भारत र पाकिस्तानी नेतृत्व बीच कोभन्दा को कम भन्ने रवाफ र दबाब नेपालवासीले देखेकै हुन् ।
सार्कको स्थापना नै सार्क राष्ट्रबीचको विवाद र वैमनस्यता आपसी छलफलद्वारा छिनोफानो गर्न भएको हो । अनि यस्तो पवित्र उद्देश्यका साथ स्थापना भएको संस्थाको सम्मेलन रोक्न खोज्नुको औचित्य के हो ?
के सार्कको महŒव समाप्त भइसकेको छ ? के भारत र पाकिस्तान सार्कलाई गौण राखी सैन्य ताकतको भरमा समस्या समाधान गर्ने फिराकमा छन् । होइन भने एक अर्काको ज्यादतिबारे सार्कमा किन निवेदन दर्ता गर्न हिच्किचाउँछन् । शायद भारत र पाकिस्तानी नेतृत्व टेबुल टकको सम्भावना नभएको, टेबुल टकबाट समस्याको समाधान ननिस्किने निक्र्योलमा पुगेको र सैन्यशक्तिको जोरआजमाइसबाट समस्याको हल खोज्न उद्यत बुझिन्छन् । घर फुटे गँवार लुटे भनेको यही हो । भारत र पाकिस्तान बीच सैन्य तानातानी भएमा पूरै एसिया मात्र होइन संसार नै यो युद्धबाट अछूतो रहने छैन । थुप्रै राष्ट्रहरू यो संहारमा सक्रिय र हावी हुने लक्षणसमेत देखिएको छ । सार्क कसैको गुलाम वा रखैल होइन । प्रचण्ड अहिले सार्कको मुखिया छन् । मुखियागिरी देखाउने अवसर उनले पाएका छन् । तर प्रचण्डले काबिल मुखियागिरी देखाउन सक्दैनन् बरु गुलामीगिरी गर्न सक्ने लक्षणहरू प्रदर्शन गरिसके । यो त पक्कै हो कि अहिले नेपाल सार्कको मुखिया भए पनि त्यहाँ क्यै चल्नेवाला छैन । सार्कका अन्य सदस्य राष्ट्रहरूको निर्बलताको फाइदा उठाउँदै भारत र पाकिस्तानले सार्कलाई आप्mनो दुनो सोझाउने अस्त्र बनाउनु दक्षिण एसियाकै लागि दुर्भाग्य बन्न सक्नेछ । भारत र पाकिस्तानले यस्तो नगर्ने आशा गरौं, भरोसा नगरौं ।