$type=ticker$count=12$cols=4$cate=0

विघटनको बाटो

SHARE:

ओमप्रकाश खनाल
    संविधान निर्माणपछि राजनीतिक सङ्क्रमण समाधान भएर आर्थिक, सामाजिक र राजनीतिक सुधारका आयामहरू फराकिलो हुने अपेक्षा यतिखेर अन्योल असन्तुष्टिको घनचक्करमा जेलिएको छ । दशक लामो राजनीतिक रस्साकस्सीको उपलब्धि मानिएको संविधानको कार्यान्वयन नै आशङ्कामुक्त छैन । बरु यसको सफलतामा दिनैन्दिन अवरोधका चाङ थुप्रिइराखेका छन् । यसले स्थायित्व, विकास र यसको न्यायोचित अनुभूतिको अपेक्षा पालेर बसेको औसत दैनिकीमा निराशाको ओज बढ्दैछ ।
    यतिखेरै मौजुदा राजनीतिक व्यवस्थासित पराजित तर कुण्ठा पालेर बसेका तŒवहरूको चलखेल पनि बढेको छ । यसलाई संयोग मात्र ठानिनुहु“दैन । राजनीतिक गति सत्ताको निर्माण÷विघटन र यसको धङधङीबाट मुक्त हुन चाहेको देखिन्न । सत्तासुखलाई केन्द्रीय भागमा राखेर लिइने औसत राजनीतिक निर्णय र आचरणले जनअपेक्षालाई कति पनि सम्बोधन गर्न सकेको छैन । यो अवस्थामा आम असन्तुष्टि प्रतिगामीको औजार बन्न सक्दैन भनेर पत्याइराख्नुपर्ने कारण छैन । यस्तो सङ्गीन सत्यप्रति नेतृत्वको बेप्रवाहले राजनीतिक उपलब्धिहरूको विघटनलाई आमन्त्रण गरिराखेको भान हुन्छ ।
    संविधान जारी भएयताको राजनीतिक, आर्थिक र सामाजिक जीवनका सकसलाई केलाउने हो भने निदानका उपाय रनभुल्लमा परेको सहजै ठम्याउन सकिन्छ । आन्तरिक राजनीतिक जीवन मात्र नभएर छिमेकस“गको सम्बन्धलाई समेत विरोधाभासमा धकेलिराखेको निकट आन्दोलनको औचित्यमा अनेक प्रश्न नभएका होइनन् । तर संविधानको अन्तर्वस्तुमा चर्को असन्तुष्टि प्रकट गरेर आन्दोलनमा उत्रिएका मधेसवादी दलहरू अहिले पनि आन्दोलनको आलापबाट पछि हटेका छैनन् । आप्mना माग र यसको आलोकमा भएका पटके सहमति कार्यान्वयनमा सरकार उदासीन बनेको उनीहरूको गुनासो छ । यो समयान्तरमा २ थान सरकार फेरबदल भइसके पनि मधेसवादीको असन्तुष्टिको आवरण उस्तै छ । भलै, ओज र अन्तर्वस्तु आशङ्कामुक्त भने छैनन् ।
    प्रत्येक कित्ताको राजनीति बोलीमा जनता तर अभीष्टमा सत्ता रहेको पुष्टिका लागि धेरै कसरत आवश्यक पर्दैन । राजनीतिमा सामान्य रुचि राख्नेहरू समकालीन राजनीतिमा हुर्किएको सत्तारोगबाट अनभिज्ञ छैनन् । औसत सत्तासमीकरणका परिदृश्य र जनताले भोगिराखेको सास्ती समाधानमा देखिएको उदासीनताले राजनीतिको आवरण र आचरणको भिन्नता स्पष्ट भइराखेकै छ । विभेदलाई औजार बनाएर राजनीतिक दौडमा उत्रिएकाहरू पटकपटक सत्तामा विराजमान भइसक्दा पनि अर्थ–सामाजिक रूपान्तरणको विषय झन कचल्टिनु समस्याको कडी हो । निकासका निम्ति नेतृत्वको वैयक्तिक स्वार्थ र सत्ताकेन्द्रित राजनीतिको अवसान प्रथामिक सर्त हुनुपर्दछ । हुन नसकेको पनि यही हो । राजनीतिक अन्योल र सत्ता सञ्चालकहरूका सतही कार्ययोजनाहरूले राजनीतिक निकासको बाटो उद्देश्यतिर गइराखेको देखिन्न ।
    एकताका वीरगंज नाकामा आन्दोलन चर्काउने जिम्मा पाएका राजेन्द्र महतो यतिखेर फेरि यसै सेरोफेरोमा उभिएर आन्दोलनको चेतावनी दिन थालेका छन् । स्मरण हुन्छ, अघिल्लो नाकाकेन्द्रित आन्दोलनको उत्तराद्र्धताका उनले विराटनगर पुगेर वीरगंज नाका बन्द गर्नुको औचित्य सकिएको अभिव्यक्ति दिएको भोलिपल्टै नाकाबाट आन्दोलनकारी लखेटिएका थिए । लगत्तै आन्दोलनकारी दलहरूले नाकाकेन्द्रित आन्दोलन स्थगनको औपचारिकता निभाउनुपरेको थियो । यसो त भारतको साथ र समर्थन पाएको नाकाधर्ना ४ दिनअगावै निस्प्रभावी भइसकेको थियो । भारतले नाकाबन्दी शुरू गरेको ४ दिनपछि नै मधेसवादीहरू त्यसलाई आवरण दिन सीमा नाकामा तैनाथ भएका पनि हुन् ।
    प्रकारान्तरले सुरुआती दिनमा हजारौं मधेसी जनताको सहभागिता देखिएको सीमा नाकाको धर्ना अन्त्यसम्म आइपुग्दा २÷४ जना बाबाले धान्ने अवस्था आएको थियो । आन्दोलन चर्काउने धम्की दिइराख्दा यो लज्जाजनक अनुभवलाई पनि बेवास्ता नगर्नु नै बुद्धिमानी हुन्छ । संविधान मान्दैनौं भनेर जनतालाई सिमानामा तैनाथ गरेर नेताहरू रातारात त्यही संविधानको छहारीमा प्रधानमन्त्रीको चुनावमा भोट खसाल्न दौडिएपछि आन्दोलनमा जनताको सहभागिता स्वात्तै पातलिएको थियो । त्यसयता सत्तागमनको प्रयत्नका पहेली पनि समकालीन सत्ताराजनीतिमा सामान्य चासो राख्नेहरूका निम्ति रहस्यको विषय पनि रहेन ।
    आज राजेन्द्र महतो नै छठलगत्तै आन्दोलनको आ“धीबेहेरी ल्याउने बताउन थालेका छन् । यो खेतीको काम सकिने समय हो । तराई÷मधेसका किसानहरूको लागि फुर्सदिलो समय हुने भएकाले पनि आन्दोलनमा सहभागिता जुटाउन सहज हुन्छ भन्ने बुझाइ नेतृत्वको हुन सक्छ । तर बितेको मधेस आन्दोलनको असर मत्थर भइनसक्दै आन्दोलनको औचित्य र सहभागिताका विरोधाभासहरूलाई चिर्न त्यति सहज नहुन सक्छ । यस्ता आलापहरू दैनिकीमा अन्योल बढाउन भने पर्याप्त भइदिन्छन् ।
आन्दोलन केका लागि ? यो प्रश्नको स्वाभाविक र वस्तुनिष्ठ समाधानमैं सतहका राजनीतिक असन्तुष्टिहरूको निकास पनि सहज हुनेछ । अहिलेसम्मका आन्दोलनहरूको उपलब्धिको सार के हो ? मिहीनरूपमा केलाउने हो भने सात दशकभन्दा लामो राजनीतिक उतारचढावका परिवर्तनले कहिल्यै पनि जनतालाई केन्द्र भागमा राख्न सकेन । अपवादको रूपमा देखिएका नेतृत्व, जसले राजनीतिलाई जनताको अपेक्षापूर्तिसित जोड्न खोजे ती सफल हुन सकेनन्÷हुन दिइएन ।
    राजनीति देश र जनहितभन्दा वैयक्तिक स्वार्थलाई अगाडि राखेर अरनखटनमा चल्नेहरूको बोलबालामा रुमलिएको छ । राजनीति आजसम्म छिमेकी देशको प्रभाव विस्तार र उपयोगको गोटी मात्रै बन्यो । उपयोग हुन नचाहनेहरूको अस्तित्वलाई नै समाप्त पारियो । ती इतिहासमा समेटिए । जबसम्म नेतृत्वले देश र जनताको भलाइका लागि आप्mनो विवेक स्वतन्त्ररूपमा प्रयोग गर्ने सामथ्र्य राख्दैन, त्यतिखेरसम्म अधिकारको आवरण लगाइएका आन्दोलनहरूको पुनरावृत्ति भइराख्नेछ । अधिकार, स्थायित्व, विकास, समृद्धि, सुशासनजस्ता शब्दहरू स्वार्थ सोभ्mयाउने औजार मात्र बनिराख्ने छन् । अद्यावधिक मधेस आन्दोलन यसैको एक पहेली मात्रै हो ।
    स्मरण हुन्छ, मधेस आन्दोलनकै बलमा सत्तामा बलियो पकड बनाएर पनि मधेसी नेतृत्व आप्mनो दायित्वप्रति कति जिम्मेवार बन्यो, यो विषय रहस्यमा छैन । पहिलो संविधानसभामा मधेसवादीको उल्लेख्य उपस्थिति सत्तासमीकरण र उपभोगमा छिन्नभिन्न भयो । दोस्रो संविधानसभा चुनावमा परिणति पनि भोगकै हो । अहिले पनि मधेसवादीको सक्रियता एकातिर आन्दोलनको आलाप, अर्कातिर सत्ता निर्माण र विघटनको खेल दुवैतिर बरोबर छ । आन्दोलनको मोर्चामा रहेको समूह सत्तासुखको लालचबाटै मुक्त छैन भने आन्दोलनको औचित्य के होला ? आन्दोलनलाई सत्तागमनको लिस्नो बनाइराख्दा जनअपेक्षा जति पैतालामुनि परिरहन्छ । यतिखेर मधेसमा यो असन्तुष्टिको ओज कम छैन । सत्यलाई स्वीकार गरे मात्रै मधेसवादी राजनीतिको अभीष्ट पनि स्पष्ट हुनेछ ।
    धेरै टाढा नजाऊ । ६ महिनाभन्दा लामो आन्दोलनमा करिब ५ दर्जनभन्दा बढीको ज्यान गयो । त्यसअघिको आन्दोलनमा पनि ५४ जनाले जीवन गुमाए । सयौं मानिस घाइते भएका छन् । घाइतेहरूले अहिले पनि उचित उपचार नपाएका समाचार सुनिएकै छ । मृतकका परिवारको मनोदशा के होला ? अनुमान मात्र पनि पीडादायी हुन्छ । क्षतिपूर्तिका कर्मकाण्डले प्रियजन गुमाउनुको पीडाको पूरण हुन सक्दैन । सान्त्वनाका शाब्दिक पूmलबुट्टा पनि वियोगको घाउ भर्न पर्याप्त हु“दैनन् । राजनीतिक खेलाडीहरूको वैयक्तिक स्वार्थ र सत्ताको साझेदारीमा हुने परिवर्तनले आफन्त गुमाउनेहरूको वियोग समाधान हुने पनि होइन । जनअधिकारका आवरणमा अहिलेसम्मका प्रत्येक आन्दोलन, तिनको अवतरण र अभ्यासको यो कटु अनुभव हो ।
    औसत असहमतिलाई समेत सडकमा पु¥याउने र शुरूमैं बन्दहडतालजस्तो अन्तिम अस्त्र उठाइहाल्ने राजनीतिक अभ्यास गलत छ । स“गस“गै बन्दहडतालको बलमा जनधन तहसनहस नभएसम्म असन्तुष्टि सुन्दै नसुन्ने राज्य सञ्चालकको परिपाटीले अराजकतालाई सघाइराखेको छ । राजनीतिक दलहरूको गन्तव्य सकभर सत्ता नत्र सडकमा केन्द्रित भएपछि परिणाम अराजकताबाहेक अन्य हुन सक्दैन । लोकहित लक्षित रचनात्मक राजनीतिको अभाव नै मौजुदा अस्तव्यस्त र चौतर्फी आशङ्काको कारण हो भन्नेमा अब कम्तीमा द्विविधा बा“की छैन । तराई÷मधेस केन्द्रित आन्दोलनको तानबाना बुनिराख्दा नाकाबन्दीले यसै क्षेत्रको दैनिकीका आयामहरूलाई सबैभन्दा बढी तहसनहस बनाएको तथ्यलाई स्मरण गर्नु बुद्धिमानी हुन्छ । राजनीतिमा वैयक्तिक उद्देश्यको बोलबालाले उपलब्धिहरूमाथि नै खतराको घण्टी बज्न शुरू भइसकेको छ । आधार मासेर अभीष्टमा पुग्न सकिन्न ।
                    यmपजबलब२िनmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विघटनको बाटो
विघटनको बाटो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiRLOrMfav3XQy1R3imb7Lz3dWQhuqxNgM-O3EqHrW1NHPilcH3zzcmV5VPIiUc4T9xkKwr6ojI1KSlJit_MkU1eH0FsMR8TuCN1Sm1bKG5qFY3pOO12-qqAr6N7eGxoIPq2NqDSsseQfM/s200/omprakash+khanal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiRLOrMfav3XQy1R3imb7Lz3dWQhuqxNgM-O3EqHrW1NHPilcH3zzcmV5VPIiUc4T9xkKwr6ojI1KSlJit_MkU1eH0FsMR8TuCN1Sm1bKG5qFY3pOO12-qqAr6N7eGxoIPq2NqDSsseQfM/s72-c/omprakash+khanal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/10/blog-post_667.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/10/blog-post_667.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy