प्रस, वीरगंज, १२ कात्तिक÷
अवैधरूपमा बैंकिङ कारोबार (हुन्डी) गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको सन्तोष जैन र निजको छोरा विक्की भन्ने अङ्कुर जैनलाई आज पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । सोही मुद्दाका अन्य तीनजना कसूरवारलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । पर्सा जिल्ला अदालतको आठ नम्बर बेन्चका न्यायाधीश राजेन्द्र नेपालको इजलासले सन्तोष जैन र निजका छोरा अङ्कुर जैनलाई पुर्पक्षका लागि जेल चलानको आदेश गरेको र सन्तोष जैनकी पत्नी उषा गोयन्कास“ग डेढ करोड, दुई कर्मचारी सुनील पटेल र जीवन ठाकुरस“ग ५÷५ लाख रुपैया“ धरौटी माग गरेको अधिवक्ता सुधीर कर्णले प्रतीकलाई बताए । धरौटी रकम अदालतमा दाखिला गर्न नसकेपछि गोयन्का, पटेल तथा ठाकुरलाई पनि वीरगंज कारागार चलान गरिएको प्रहरी उपरीक्ष्ँक राजुबाबू श्रेष्ठले बताए ।
असोज १६ गते पर्सा प्रहरीले वीउमनपा–७ कन्या माविदेखि उत्तर जैनको घरमा प्रहरीले छापा मारी ८१ लाख नगद, १ करोड ३२ लाखको चेक, ल्यापटप, प्mयाक्स मेसिन, नोट गन्ने मेसिन, मोबाइललगायत विभिन्न बैंकका चेक, भौचर बरामद गरेको थियो । जैनले नेहा इन्टरप्राइजेजको नाममा कारोबार सञ्चालन गरेको पाइएपछि त्यसको सञ्चालिका उषा गोयन्कालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउको २४ दिनपछि कात्तिक १० गते सरकारी वकिलद्वारा अभियोगपत्र दर्ता गरेको थियो । सोहीअनुरूप आज थुनछेकमा बहस भएको थियो ।
पक्राउ परेका जैन भारतीय नागरिक भएका र उनको मुजप्mफरपुरमा घर भएपनि निजका छोरा अङ्कुरले जिल्ला प्रशासन कार्यालय बाराबाट २०६३ सालमा नागरिकता लिएको प्रमाण भेटिएको छ । त्यस्तै सन्तोष जैनकी पत्नी उषा गोयन्का नेपाली नागरिक भएकोले नेहा इन्टरप्राइजेज उनको नाममा दर्ता थियो । नागरिकताको विषयमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि बारा जिल्लामा मुद्दा दायर गर्ने तयारीमा पर्सा प्रहरी रहेको छ ।