प्रस, वीरगंज, ११ कात्तिक÷
नेपाल राष्ट्र बैंक वीरगंज शाखाको आयोजनामा राष्ट्र बैंकको सभाहलमा आज सफा नोट विषयक अन्तत्र्रिmया सम्पन्न भएको छ ।
अन्तत्र्रिmयामा बोल्दै वीरगंज शाखाका निर्देशक धनञ्जय शर्माले थोत्रो र फोहर नोट नलिन–नदिन आग्रह गरेका छन् । कार्यक्रममा सहभागी विभिन्न बैंकका प्रतिनिधिहरूलाई आग्रह गर्दै फोहर तथा कुहिएको नोटबाट नेपाल सरकारलाई घाटा भइरहेको कारण त्यस्ता नोट नलिन बैंकहरूलाई आग्रह गरेका थिए । दिने बेलामा पनि त्यस्ता नोट बैंकले नदिने शर्माले बताए । नोट छाप्न धेरै खर्च लाग्ने भएकोले नोट सावधानीपूर्वक चलाउन आग्रह गरे ।
नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन अनुसार अब कुनै पनि नोटमा स्टीच नलगाउने र सीधै व्यक्तिलाई दिने बानी बसाल्न शर्माले आग्रह गरे । तर स्टीच नगर्दा रकम गडबड हुने गरेको धेरै गुनासो आएपश्चात् नेराबैंकले गडबड भएको बेला लिने र दिने मात्र दोषी हुने बताए ।रु ५ देखि १०० सम्मको नोटको आयु १ वर्ष र ५००–१००० नोटको आयु डेढ वर्ष रहे तापनि नोटहरू चल्ने आधारमा भर पर्ने भएकोले चा“डै थोत्रो हुने गरेको बताए । सकभर नोटको प्रयोग कम गरी इ–बैंकको सेवा सुविधा उपभोग गर्न उपभोक्ताहरूलाई आग्रह गरेका थिए ।
कार्यक्रममा वीरगंज शाखाका उपनिर्देशक प्रदीप भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।