$type=ticker$count=12$cols=4$cate=0

सुस्त रेमिट्यान्सले अर्थतन्त्रमा प्रतिकूलता

SHARE:

शीतल महतो
    यस वर्ष आर्थिक वृद्धिदर सन्तोषजनक हुने सड्ढेत देखिए पनि रेमिट्यान्सको वृद्धिदरमा आएको सुस्तताका कारण अर्थतन्त्रमा सुधार हुने सम्भावना देखिंदैन । गत आर्थिक वर्षको पहिलो दुई महिनामा साढे २७ प्रतिशतले बढेको रेमिट्यान्स अहिले जम्मा ६ दशमलव ६ प्रतिशतले मात्र बढेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारमा गएका नेपालीले रु एक खर्ब ७४ करोड मात्र रेमिट्यान्स नेपाल पठाएका छन् । गत वर्षको साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा रु एक अर्ब ३३ करोड रेमिट्यान्स घटेको छ भने गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा रेमिट्यान्समा थोरै वृद्धि भएको तथ्याड्ढ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याड्ढले जनाएको छ । हुनत नेपालमा प्रतिवर्ष साढे ६ खर्ब रुपिया“ रेमिट्यान्स आउने गरेको तथ्याड्ढ छ । यो कुल गार्हस्थ्य उत्पादनको ३२ प्रतिशत हो । मुलुकको राष्ट्रिय अर्थतन्त्रमा यत्रो योगदान गरेको क्षेत्रमा अलिकति पनि सुस्तता आउने हो भने त्यसको मार प्रत्यक्ष रूपले अर्थतन्त्रमा पर्नेमा कुनै शड्ढा छैन ।
    अहिलेसम्म हाम्रो अर्थतन्त्रलाई रेमिट्यान्सले नै भरथेग गर्दै आएको छ । यसमा कमी आउने बित्तिकै मुलुकको समग्र आर्थिक वृद्धिदर र विकासको गति सुस्त हुन जान्छ  । त्यति मात्र होइन, रेमिट्यान्समा कमी आउने बित्तिकै मानिसको क्रयशक्तिमा पनि कमी आउने निश्चित छ । क्रयशक्तिमा कमी आउने बित्तिकै उपभोक्तामुखी व्यापारमा ठूलो ¥हास आउने छ । यसले राजस्व असुलीको लक्ष्यमा समेत प्रतिकूल प्रभाव पार्ने निश्चित छ । राजस्व असुलीमा प्रतिकूल असर पर्दा बजेट घाटा हुने निश्चित छ । नेपालले प्राप्त गर्ने रेमिट्यान्स वृद्धिदर विस्तारै घट्दो क्रममा रहेको छ । अघिल्लो वर्षको तुल्नामा आर्थिक वर्ष २०७२÷०७३ मा ५ प्रतिशतका दरले रेमिट्यान्स वृद्धि दर घटेको हो । आर्थिक वर्ष २०७१÷०७२ मा अघिल्लो आर्थिक वर्षको तुलनामा १३ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स आर्थिक वर्ष २०७२÷०७३ मा ८ प्रतिशतले मात्र वृद्धि भएको सरकारी तथ्याड्ढले देखाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा आर्थिक वर्ष २०७२÷०७३ मा विदेश जानेको सङ्ख्या घटेपछि रेमिट्यान्स वृद्धिदर पनि घटेको हो । आर्थिक वर्ष २०७१÷०७२ मा ५ लाख १२ हजार नेपाली रोजगारका लागि विदेशिएकोमा आर्थिक वर्ष २०७२÷०७३ मा यो सङ्ख्या घटेर ४ लाख १८ हजारमा सीमित भएको छ । यसबाट पनि के पुष्टि हुन्छ भने आगामी महिनामा नेपालले प्राप्त गर्ने रेमिट्यान्सको वृद्धि दर झन् घट्न सक्छ । अघिल्लो आर्थिक वर्षभन्दा आर्थिक वर्ष २०७२÷०७३ मा ४८ अर्ब रुपिया“ बढी रमेट्यिान्स मुलुकमा भित्रिएको थियो । यसको मुख्य कारण नेपाली रुपिया“ अमेरिकी डलरको तुलनामा कमजोर भएकोले समग्र रकम बढेको हो । आर्थिक वर्ष २०७१÷२०७२ मा रु ६ खर्ब १७ अर्ब रेमिट्यान्स आएको थियो भने आर्थिक वर्ष २०७२÷०७३ मा रु ६ खर्ब ६५ अर्ब आएको छ । पैसा कमाउन विदेशिनेको सङ्ख्या घटे पनि विदेशबाट आउने रेमिट्यान्स वृद्धि दर घट्नु स्वाभाविक पनि हो । अर्कोतिर मध्यपूर्वमा देखिन थालेको आर्थिक सड्ढटको प्रत्यक्ष असर नेपालको रेमिट्यान्समा पर्ने देखिन्छ । भदौ महिनामा रेमिट्यान्समा आएको सुस्तताले पनि यसलाई पुष्टि गरेको छ । भदौ तथा असोजमा चाडपर्वका कारण तुलनात्मकरूपमा बढी रेमिट्यान्स नेपाल भित्रिने गर्छ ।
    यस अघि विश्व बैंकले नेपाल भित्रिने रेमिट्यान्स १० प्रतिशतले घटेको खण्डमा ३ प्रतिशतले आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको थियो । मुख्य श्रम गन्तव्य मलेसिया र साउदी अरब जाने नेपाली कामदारको सङ्ख्यामा भारी गिरावट आएपछि विश्व बैंकले सो अनुमान गरेको थियो । बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धि दर ४ दशमलव ४ प्रतिशत हुन्छ भने पनि रेमिट्यान्स १० प्रतिशतले घट्दा यस्तो वृद्धिदर १ दशमलव ३ प्रतिशतमा झर्ने अनुमान गरिएको थियो । जसले गर्दा आयातमा ठूलो गिरावट आई सरकारको राजस्वमा समेत असर पर्ने हुन्छ । रेमिट्यान्समा हुने गिरावटले मुलुकमा गरिबी बढ्ने र सार्वजनिक आयमा समेत ठूलो असर पर्न सक्छ । गत आर्थिक वर्षको अन्त्यसम्म रेमिट्यान्सको वृद्धिदर ८ प्रतिशतमा खुम्चिएको थियो । दुई वर्ष अघिसम्म रेमिट्यान्सको वृद्धि दर ३० प्रतिशतको हाराहारीमा थियो । यो खुम्चिंदै क्रमशः १३ प्रतिशत र ८ प्रतिशतमा पुगेको छ । चालू आर्थिक वर्षको बजेटमा पनि राजस्वमा ५ सय ६५ अर्ब रुपिया“को लक्ष्य लिइएको छ । यदि रेमिट्यान्स घट्ने हो भन्ने यसले उपभोगमा कमी ल्याउ“छ । उपभोगमा कमी आउनेबित्तिकै आयात घट्न जान्छ । आयात घटेमा सरकारले लिएको राजस्व असुलीको लक्ष्य पनि घट्ने छ । जसले गर्दा विकास आयोजनामा गरिएको विनियोजन रकम रोकिन सक्छ । यसले आमरूपमा  जनजीवनमा प्रतिकूल प्रभाव पर्न जान्छ । त्यति मात्र होइन, वैदेशिक रोजगार अहिलेसम्म पनि नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रह“दै आएको छ । यसमा कमी आउने बित्तिकै व्यापारघाटा उच्च रहेको हाम्रो अर्थतन्त्रमा भुक्तानी असन्तुलन हुने निश्चित छ ।
    नेपालले उत्पादनमूलक क्षेत्रभन्दा व्यापारिक क्षेत्रमा लगानी बढाउ“दै गएको देखिन्छ । निर्यातमुखीभन्दा आयातमुखी व्यापारमा बढी केन्द्रित भएको देखिन्छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले रु १३ अर्ब १८ करोडको वस्तु तथा सेवा बिक्री गरेको छ । तर उक्त अवधिमा १ खर्ब ४९ अर्ब २ करोड रुपिया“को वस्तु किनेको छ । यसले व्यापार घाटा एक खर्ब ३५ अर्ब ८४ करोड पुगेको छ । अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने कृषि, ऊर्जा, पर्यटन तथा उद्योग क्षेत्रमा सकारात्मक सड्ढेत देखिएकोले अर्थतन्त्रको वृद्धि सम्भव हुने राष्ट्र बैंकको प्रक्षेपण छ । तर अन्य सूचड्ढाक सकारात्मक नदेखिएको कारण सुधारको सड्ढेत देखिंदैन । अघिल्लो वर्षको दुई महिनासम्म ३८ अर्ब ४८ करोड बचतमा रहेको चालू खाता यो वर्ष सोही अवधिमा ११ अर्ब १२ करोड घाटामा छ । व्यापार घाटा बढेको, विदेशी लगानीको लाभांश भुक्तानी उल्लेखनीयरूपमा बढेको तथा वैदेशिक अनुदान घटेको कारण शोधनान्तर स्थिति ऋणात्मक बनेको राष्ट्र बैंकको तथ्याड्ढमा उल्लेख छ । नेपालको व्यापार घाटा भारतबाट ४९ दशमलव ८ प्रतिशत, चीनबाट २६ दशमलव २ प्रतिशत र अन्य तेस्रो मुलुकबाट ३६ दशमलव ५ प्रतिशतले बढेको छ । नेपालले सबैभन्दा बढी यातायातका साधन र त्यसका पार्टपुर्जा, एमएस बिलेट, पेट्रोलियम पदार्थ र खानेतेल आयात गरेको छ । यसैगरी दूरसञ्चारका उपकरण, विद्युतीय सामान, रासायनिक मल, चा“दी, कोल्डरोल सिट, इन क्वाइल र तयारी पोशाकलगायत सामान सबैभन्दा बढी आयात गर्ने हुन्छ । यस वर्ष पर्याप्त वर्षा हुनाले कृषिजन्य सामग्रीको वितरणसमेत सहज भएकोले वर्षे बालीको उत्पादन बढ्ने अनुमान कृषि मन्त्रालयको छ । ऊर्जा तथा अन्य कच्चा पदार्थको आपूर्तिमा सुधार आएकोले उद्योगहरूको उपयोग क्षमता विस्तार भएको तथा पर्यटकीय होटलहरूको बेड अकुपेन्सी दरमा सुधार आएकोले पर्यटन व्यवसायमा सकारात्मक सुधार आएको छ । यसले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्ने नेपाल राष्ट्र बैंकको अनुमान छ ।
    मुलुकको दिगो आर्थिक विकास गर्ने हो भने राज्यले देशभित्रै स्वरोजगारका लागि वातावरण बनाउन उद्यमशीलता विकास कार्यक्रम ल्याउनु अति आवश्यक छ । यस्ता कार्यक्रमले युवाहरूको आयमा वृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिमा सहयोग पुग्ने प्रायः निश्चित हुन्छ । त्यसैले नेपालको विकास प्रक्रियाको पहिलो चुनौती भनेको नै स्वदेशमैं पर्याप्त, उत्पादनमूलक, मर्यादित र सन्तुलित रोजगारीका अवसरहरू सृजना गर्नु हो । वास्तवमा अहिलेको अवस्थालाई विश्लेषण गरेर हेर्ने हो भने मुलुकको अर्थतन्त्र र रोजगारीबीच सन्तुलन देखिएको छैन । विशेषगरी मुलुकमा रहेको निर्वाहमुखी कृषि प्रणालीले कुल गार्हस्थ्य उत्पादनमा ३३ प्रतिशत मात्र योगदान गर्छ तर यो क्षेत्रमा आश्रित घरपरिवारको सङ्ख्या ७६ प्रतिशत रहेको छ । त्यस्तै नेपाली अर्थतन्त्रमा सेवाक्षेत्रको योगदान ५० प्रतिशतको हाराहारीमा रहेको भए तापनि रोजगारमा यस क्षेत्रको योगदान ५÷६ प्रतिशत मात्र रहेको तथ्याड्ढ छ । अर्थतन्त्रमा निरन्तर घटिरहेको उद्योग क्षेत्रको योगदान र यस क्षेत्रले प्रदान गर्ने रोजगारबीच तादात्म्यता देखिए पनि उद्योगीकरणबिना रोजगारको पर्याप्त अवसर सृजना हुने सम्भावना अत्यन्तै कम देखिन्छ । यसरी कृषि, उद्योग र सेवा क्षेत्रको अर्थतन्त्र र रोजगार सिर्जनामा रहेको योगदानको अवस्थालाई हेर्दा यसले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पु¥याएको छ । त्यसैले कृषि उपजमाथिको आत्मनिर्भरताबाट खाद्य सुरक्षाका साथै थुप्रै रोजगारका अवसर सिर्जना गर्न सकिने भएकोले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणद्वारा युवालाई यस क्षेत्रमा आकर्षित गर्ने व्यवस्था सुनिश्चित गर्नु आवश्यक छ । अर्थतन्त्रमा उद्योग र सेवा क्षेत्रको योगदान बढाउन अझ बढी प्रतिस्पर्धी, दिगो, श्रमप्रधान र निर्यातमूलक औद्योगिक विकासमा जोड दिनै पर्दछ ।
    कजष्तबmिबजबतय२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सुस्त रेमिट्यान्सले अर्थतन्त्रमा प्रतिकूलता
सुस्त रेमिट्यान्सले अर्थतन्त्रमा प्रतिकूलता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhGIubGpaphE3MR4uwFD8X6os_j06AWr-F8VGayaLLgkpgI55Ly2ihqN7A-BgEMbMOzQJBiL47FgWfZZLbrZ1T3eCSm_tkKY_vSLLVnG_1HzxbMBOwjp0XhXCcCKJ-d7fvtu6gg86kFhHQ/s200/shital+mahto.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhGIubGpaphE3MR4uwFD8X6os_j06AWr-F8VGayaLLgkpgI55Ly2ihqN7A-BgEMbMOzQJBiL47FgWfZZLbrZ1T3eCSm_tkKY_vSLLVnG_1HzxbMBOwjp0XhXCcCKJ-d7fvtu6gg86kFhHQ/s72-c/shital+mahto.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/10/blog-post_411.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/10/blog-post_411.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy