शङ्करमान श्रेष्ठ
मानिसलाई आप्mनै गाउँठाउँ प्यारो लाग्छ, चाहे जतिसुकै विदेशको रङ्गीचङ्गीमा रुमलिए पनि । दुई/चार दिन बिताउन सजिलो हुन्छ नयाँ ठाउँ घुम्दा तर लामो समय बिताउनुपरे १ घरको सम्झनाले सताउने गर्छ । स्वाभाविकै हो । तीस वर्ष पहिले इम्फालमा एक महिना व्यतीत गरें । न त घरको याद आयो, न विरक्ति नै छायो । वास्तवमा इम्फाल त केही दिनमैं घुम्न सकिने शहर थियो, त्यस बेला । त्यति विकसित पनि भएको थिएन, त्यसमा पनि सरकारी सेनाबीच बेलाबखत हुने द्वन्द्व । शहरलाई त साइकल हाँक्दै दुई/तीन दिनमैं परिक्रमा गरें । घुम्ने काम सकियो । यात्रामा विश्राम लाग्यो । न नयाँ ठाउँ शेष रह्यो, न त इम्फालबाहिर नै जाने कुनै कार्यक्रम बन्यो । त्यसैले घरको यादले सताउनुपर्दथ्यो, त्यसो केही भएन । समय कसरी बित्यो थाहै लागेन ।
कुरो के थियो भने, इम्फालमा काठमाडौंबाट सँगै आएका मित्रहरू थिए । बस्ने मूल ठाउँ भने आइवीको घर थियो । तर बस्ने ठाउँ भने बिरालोले बच्चा सारेजस्तै । केही दिन आइवीकहाँ बसें अनि कमलले आप्mनो घर बस्ने गरी लिएर गए । नयाँ घर, नयाँ परिवारका सदस्यहरू । तीन/चार दिनपछि खोगेनको घर । अनि प्रदीप सिंहको घर । एकपछि अर्को घर । एकपछि अर्को अनुहार । जहाँ माया अनि आत्मीयता पाइन्छ, बस्न असहज हुँदैन । एक महिना बितेको पत्तै लाग्दैन । वास्तवमा मणिपुरको बसाइँको क्रममा आत्मीयता पाएँ, मणिपुरीहरू कस्ता हुँदा रहेछन् भन्ने थाहा पाएँ ।
नयाँ घर पुग्दा खुशी हुन्थें । कमल, खोगेन वा प्रदीपका बुबाआमा, दाजुभाउजु, बहिनीहरूसँग भेट्दा आप्mनै नातेदारलाई भेटेजस्तो अनुभूति गर्थें । तर बिदा हुँदा १ अहिले पनि ती क्षण ताजै लाग्छ । प्रदीपको घरबाट बिदा हुन लाग्दा सबैलाई नमस्कार गरें । आमा ढोकासम्म सँगै आइन् । मैले उनको खुट्टा ढोग्दै भनें, येइ इमा, चलोगे, यइ अमू लाके (म अहिले जान्छु आमा, फेरि आउने छु) । मेरा शब्दहरू व्यक्त हुँदै थिए । मैले इमाको अनुहारतिर हेरें । आमाको आँखा रसाउन थाल्यो । आमाको मन रुन थाल्यो । कुरो राम्ररी कहाँ पो गर्न सक्थें । टुटेफुटेका शब्द त सिकेको थिएँ । तीन/चार दिन मात्र उनीहरूसँग बसेको थिएँ । आमा, आखिर आमा नै हो । मन त आमाकै हो । आज पनि ती क्ष्Fण सम्भँmदा इमाको अनुहार झल्झली हेर्न पुग्छु । आमाको मन रोएको आज पनि अनुभूति गर्न पुग्छु ।
एक महिनाको बसाइमा यस्ता केही स्मृतिहरू थिए, जुन बिर्सिन सकिंदैन । चाहे खाना खाँदाको क्षण होस्, चाहे मैले मणिपुरी बोल्दा उनीहरू हाँसेका क्षण । आइवीले आफन्तहरूसँग भेट गर्न लग्दा, अनि उनीहरूका आतिथ्य । फर्कंदा मणिपुरी कम्छी, तन्ना अनि मणिपुरी सल उपहार दिएका हुन्थे ।
मणिपुरी संस्कृतिको मुख्य आकर्षण उनीहरूको लोकनृत्य, रासलीला अनि भोजन । काठमाडौंमा बस्दा इरोम्बा खाएको थिएँ, जुन व्यञ्जन प्रसिद्ध मानिंदो रहेछ । त्यहाँ जाँदा पनि इरोम्बा खाएको देख्दा उनीहरू अचम्भित बने । किनभने इरोम्बामा जुन वस्तु प्रयोग गरिन्छ, यताको मान्छेले खानै सक्दैनन् । आलुदमजस्तै व्यञ्जन हुन्छ, इरोम्बा । तर फरक के छ भने इरोम्बामा मिसाउने माछा जसलाई उनीहरूले नारी भन्छन् । जिउँदो माछालाई भाँडामा कसेर राखिने, त्यसमा तेल राख्दै भाँडा बन्द गरी १/२ वर्ष राख्ने । त्यो माछालाई आगोमा भुटेर इरोम्बामा मिसाउने । गन्ध १ ओह १ सिद्रा माछाभन्दा पनि तेज । खाँदा त १ एकातिर पीठो, अर्कोतिर तीव्र गन्ध । तर मणिपुरीहरूको लागि त्यो स्वाद भने प्रिय । मणिपुरी व्यञ्जन, सिलेसी माछा, रासलीला, इम्फाल शहर, नयाँ घर, नयाँ परिवार, सबै एक महिनाको क्रममा सकियो । मणिपुरी संस्कृतिलाई केही हदसम्म बुझियो । अब फर्किने दिन नजिकिंदै थियो । प्रदीपको घरबाट बिदा भई आइवीकहाँ आए । यात्राको क्रममा अनेकौं घटनाहरू घट्ने गर्छन् । घटना नलेखिंदा शायद यात्राको कथाको क्रम भङ्ग हुन सक्छ । यात्राको कथा अधुरो हुन पुग्छ । तीस वर्षअघि यात्रा कथाभित्र एउटा नयाँ घटना भयो । मणिपुरलाई गूडबाई गर्न एक दिन मात्र बाँकी थियो । आईवीकी बहिनीले मलाई बोलाई । र, अचानक एउटा प्रस्ताव तेर्साइ– भैया १ साथीलाई देखाउँदै भनी– शादी करोना । इचनले अचानक त्यस्तो प्रस्ताव
राख्दा म भने अवाक भएँ । घुम्न गएको मान्छेको अगाडि बिहेको प्रस्ताव ।
त्यस बेला के भन्ने १ शब्द नै थिएन । मैले उनलाई हेरें । कहिले नबोलेको ।
न लामो समयदेखि चिनेको । मात्र
भने, नोकरी खंदे (नोकरी छैन),
यइ अमू लाके (म फेरि आउनेछु) । मैलेभन्दा खेरी उनले हेरिरही । हाँस्दै हेरिरही । यात्रा समाप्त