–कुमार रुपाखेती
अचेल चाडपर्वका स्वरूपहरू फेरिंदै गएका छन् । झुलन होस् या होली, दशैं होस् अथवा तिहार, सबैका स्वरूप उहिले र अहिले फरक देखिन्छन् । भर्खरै दशैं बितेकाले म यहा“ दशैंको फेरिंदो स्वरूप र तरिका देखेर छक्क परेको छु ।
अचेल दशैंलाई ‘दुर्गापूजा’ भन्ने चलन चलेको छ । सरस्वतीपूजाभैंm दुर्गापूजाको नाममा चन्दा उठाउने, पन्डाल बनाइ मूर्ति राख्ने, जोडजोडले माइक बजाउने, जथाभावी गीत गाउने र पन्डालमा रातबिरात मदिराप्रेमीहरूको जमघट हुने गरेको देखिन्छ । यस्ता कतिपय पन्डालमा रातका बखत भैंmझगडा आम भएको छ । वीरगंजमा दुर्गाका ठूल्ठूला शक्तिपीठहरू छन् । गहवामाई, बिर्तामाई, विन्ध्यवासिनीमाई, बौधीमाई र राधेमाई जस्ता दुर्गाका शक्तिपीठ हु“दाहु“दै किन पन्डाल र मूर्तिको आवश्यकता प¥यो भनी प्रश्न गर्ने थुप्रै छन् । कतिपय पन्डालहरू सार्वजनिक बाटो छेकेर अस्पताल र विद्यालयअगाडि बनाइएको पाइएको छ । यस्ता पन्डालवालाहरूले बेरोकटोक जथाभावी चन्दा उठाउनु आप्mनो अधिकार ठान्न थालेका छन् । राजनीतिक दलको चन्दा आतड्ढभैंm धर्मको नाममा जोरजबरजस्ती चन्दा उठाउनेहरूप्रति प्रशासन अलिक लचिलो हुने भएकोले यिनको असुली धडल्लेले चल्दछ । पूजाको नाममा सारा संसारस“ग दान माग्ने यिनीहरू दशैंपछि कसैलाई या समाजलाई हिसाबकिताब देखाउन मान्दैनन् ।
देखासिकी र पैmसनको रूपमा अचेल वीरगंज र वरपरका ग्रामीण भेगका दर्जनौं स्थानमा पन्डालमा दुर्गापूजा हुन थालेको छ । जहा“ अधिसङ्ख्यक बेरोजगार युवाहरूको सक्रियता काबिले तारीफ रहन्छ । भारतबाट मूर्ति बनाउने कारिगरहरू मालामाल भएर जान्छन् । पन्डाल पूजामा पण्डा, पण्डित र पुरोहित पनि भारतीय नै हुन्छन्, धेरै ठाउ“हरूमा । यस्ता पन्डालहरूमा पुजारीले थुप्रै जजमान पाउने, विशेष पूजा भन्दै सोझासाझा धर्मभिरुहरूस“ग राम्रै पैसा असुल्ने तथा पुरोहित पेशामा पार·त नभएकाहरूसमेत गजध्वाइ बनेर नियमविपरीत पूजा गराइरहेका पनि देखिन्छन् । पन्डालमा पूजा गराउने यस्ता पुजेरीहरूले १० दिने दशैंमा पूजापाठ गरेबापत घटीमा २० हजारदेखि ४० हजारसम्म दस्तुरी लिन्छन् । अन्य चढावा र भेटी बेग्लै हुन्छ । शक्तिपीठहरूमा दाल नगल्ने, राम्ररी र नियमानुसार पूजापाठ गर्न नआउने, पूजा विधि नजान्ने केही भारतीय पण्डितहरूले पन्डाल पूजामा जोड दिन थालेका पाइएको छ । पूजा पनि तपस्या नै हो । नवरात्रिदेखि दशमीसम्म फलाहार र सर्बतको भरमा व्रत लिने थुप्रै महिला हुन्छन् । तपस्या र पूजा जहिले पनि एकान्तमा, शान्त वातावरणमा मन्दिर अथवा घरमा गरिन्छ । तर पन्डालवादीहरू विभिन्न प्रकारका पूजाहरू सामूहिकरूपमा बाजागाजा र गीत गजलका साथ गराउ“छन्, जुन हिन्दू परम्परास“ग मेल खाएको देखिंदैन । कतिपय चतुर पन्डाल पण्डाहरूले श्रद्धालुहरूको भावना बुझेर भूत, वर्तमान र भविष्य बताउ“छन् । जन्तरमन्तर बनाउ“छु, सिद्ध गरेको किताब दिन्छु भन्दै जजमानको भावनास“ग खेलवाड गर्ने ठगैती विद्यासमेत अपनाएको देखिन्छ । तर आप्mनै टोलवासी र छरछिमेकलाई बाहिरिया पण्डाहरूले लुटेको ठगेको देख्दादेख्दै पनि कतिपय पन्डाल आयोजकहरू हेरेर पनि नहेरेजस्तै गर्छन् । असुरको नाश र सत्यको विजय नै दशैंको परिचय हो तर यहा“ धर्मको नाममा ठीक विपरीत हु“दैछ । शक्तिपीठहरूको महŒव कम हु“दैछ । प्राणप्रतिष्ठा नगरी मूर्तिमा भगवान्को वास हु“दैन भनी स्वयम् पण्डितहरू बताउ“छन् । एक अनुमान अनुसार वीरगंजमा सबै पन्डालको खर्च करिब दुई करोड हुन आउ“छ । यसरी प्रत्येक वर्ष दुई करोड गहवामाई, बिर्तामाई सिङ्गार्न दिए यिनको स्वरूप कस्तो हुन्थ्यो होला । कतिपय नामी दुर्गाका शक्तिपीठ अगाडि पन्डाल पूजा गरेको देख्दा म छक्क पर्छु । केही वर्षअघि गहवामाईअगाडि समेत पन्डालमा दुर्गापूजा गरियो, पछि गहवामाई सञ्चालक समितिले मन्दिर अगाडि गर्न रोक लगायो । अचेल पन्डालमा पाकाहरूको होइन, का“चाहरूको जमघट बढ्दो छ ।
विगतमा समूह–समूहमा बिहान नुहाइधुवाइ गरेर मन्दिर जाने, पिङ खेल्ने, च·ा उडाउने चलन लोप भएको छ । एउटा पन्डालको बाहिर त मजाले तास खेलेर बसेको पनि देखियो ।
भोलिका दिनमा पन्डाल पूजा चन्डाल पूजा नबनोस् भन्नका खातिर यसमा प्रशासनले त्यत्तिकै ध्यान दिनु जरुरी छ । जसरी रमेश खरेलले होलीमा मट्का झुन्ड्याउने प्रथा उन्मूलन गरिदिए । भारतमा मुम्बईको गणेशपूजा र कोलकाताको दुर्गापूजा प्रसिद्ध हुन्छ । पहिलेदेखि नै कोलकाताको जनसङ्ख्या धेरै भएको तथा कोलकातामा दुर्गाको मन्दिर ज्यादै नै थोरै भएकाले दशैंमा दुर्गा मन्दिरमा थामिनसक्नु, अचाक्ली भीड हुने भएकोले कोलकातावासीले होलो र खुकुलो होस् भन्नका खातिर ठाउ“ठाउ“मा पन्डालमा दुर्गाको मूर्ति बनाएर पूजा गर्न थाले र पछि त्यहा“ पनि पन्डाल सजाउने, बनाउने अघोषित होडबाजी नै चल्यो । त्यस्तै भारतका विभिन्न ग्रामीण क्षेत्रका दुर्गाको मन्दिर कोसौं टाढा भएको र दशैंमा पूजा गर्ने महिला, वृद्ध र बच्चाहरूलाई धौधौ पर्ने, कोसौं टाढा जान नसक्ने भएकाले सजिलोको लागि गाउ“मा पन्डालमा दुर्गाको मूर्ति बनाएर पूजाआजा गर्थे । त्यसैकै देखासिकी गर्दै नेपालमा पनि यस्तो होडबाजी चलेको छ । यस्तै प्रवृत्ति बढ्दै गएमा दुर्गाका नामुद शक्तिपीठहरूको आकर्षण घट्ने त होइन, चन्दा आतड्ढ फस्टाउने त होइन भन्ने पीर थुप्रै हिन्दू धर्मावलम्बीहरूलाई परेको छ ।