प्रस, जीतपुर, १२ कात्तिक÷
वीरगंज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगहरूबाट श्रीसिया खोलामा विसर्जन हु“दै आएको रसायनयुक्त पानी फाल्ने काम हिन्दूहरूको महान् पर्व छठ नजिकिंदै गर्दा पनि रोकिएको छैन ।
पटकपटक स्थानीय वासिन्दाले उद्योग प्रशासनलाई चेतावनी दिंदासमेत उद्योगहरूले अटेर गरी प्रदूषित पानी खोलामा फाल्दै आएको स्थानीयले बताए । स्थानीय उपेन्द्र साहले लगाएको धानबालीमा विनायक एग्रो प्रालिबाट विसर्जित रसायनयुक्त पानीका कारण उनको धानबाली नष्ट भएको छ । उद्योगका प्रबन्धकलाई यस घटनाबारे जानकारी गराउ“दा पनि कुनै सुनुवाइ नभएको साहले बताए ।
खोलाछेउमा सञ्चालित जीतपुरको शिवशक्ति घ्यू, राजेश मेटल क्राप्mट प्रालि, केबी साम आल्मुनियम तथा रिलायन्स सिमेन्टबाट निष्कासित प्रदूषित पानीको कारण खोला आसपासका बस्तीहरूमा नकारात्मक असर परिरहेको छ ।
उद्योगीहरूले उद्योगभित्र प्रदूषण नियन्त्रणको लागि पहल गरेको दाबी गर्दैै आए तापनि स्थलगत अनुगमन गर्दा वास्तविकता त्यस्तो देखिएन । एक साताअघि ती उद्योगहरूलाई घेराउ गर्दै कृषकहरूले दूषित पानी बगाउन पाइ“दैन, जग्गा मास्न पाइ“दैन, औद्योगिक दलाल मुर्दाबाद, किसान एकता जिन्दाबादलगायतका नारा लगाउ“दै विरोध प्रदर्शन गरेका थिए ।
वीरगंज–पथलैया औद्योगिक करिडोरमा स्थापित करिब तीन सयवटा उद्योगमध्ये शिवशक्ति घ्यू इन्डस्ट्रिज प्रालि, राजेश मेटल क्राप्mट प्रालि, केबी साम आल्मुनियम र रिलायन्स सिमेन्टले बढी खोला प्रदूषण गरेको गाउ“लेको आरोप छ ।
स्थानीयहरूस“गको विवादपछि उद्योगको प्रदूषित रसायनयुक्त पानी उद्योगभित्रै फिल्टर गरेपछि मात्रै ढल, कुलो र नालामा मिसाउने उद्योग प्रशासन र स्थानीयबीच पटकपटक सम्झौता भएपनि उद्योगले अटेर गरी उक्त फिल्टर प्लान्ट हालसम्म नलगाएको स्थानीय कृषक रामधनी बछार बताउ“छन् ।
उद्योगहरूबाट खोलामा विसर्जन हुने रसायनयुक्त पानी खाएर स्थानीय कृषकहरूमध्ये सुगन्धी पासवानको तीन वटा वयस्क बङ्गुर, एउटा बाख्रा, छोटेलाल हजराको दुईवटा भैंसी मरेको, रघुनाथ दासको एउटा भंैसी बिरामी भएको, अर्का एकजना कृषकको वयस्क बङ्गुर मरिसकेको उनीहरूको गुनासो छ । पशुहरू बिरामी हुन थालेपछि हामीहरूले डाक्टर बोलाएर औषधि उपचार गराएर निको पार्ने र फेरि त्यही पानी खाएर पशुहरू पुनः बिरामी हुने गरेकोले आपूmहरूको मुख्य पेशा नै धरापमा पर्न थालेको श्रीसिया नदीछेउमा व्यावसायिक बङ्गुरपालन गरिरहेकी सुगन्धी पासवानले बताइन् ।
करिडोरका अन्य उद्योगहरूले बिसर्जन गर्ने धुवा“, धुलो, हावा, पानी, ध्वनी, खरानीको उचित व्यवस्थापन नभएका कारणले ती प्रदूषित विकारहरूले गर्दा मानव शरीर विभिन्न किसिमका रोगले ग्रसित भएको छ ।