$type=ticker$count=12$cols=4$cate=0

सङ्घीयता र आर्थिक विकासको पूर्वाधार

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    सङ्घीयता अपरिहार्य भए पनि सङ्घीय राज्यमा आर्थिक पूर्वाधार तयार हुनु त्यतिकै आवश्यक छ । एकात्मक शासन भएको व्यवस्थामा  राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई सड्ढटन्मोख बनाएको थियो, त्यस्तो दुरवस्था सङ्घीय नेपालमा नपरोस् भन्नेतर्फ पनि ध्यान दिनैपर्छ । एकात्मक शासनमा सम्पूर्ण आर्थिक परिसूचक नकारात्मकप्रायः रहन्थ्यो, शोधान्तर बचत एकदमै न्यून हुन्थ्यो । व्यापार घाटा त अद्यापि उच्च छ । विकास गतिविधि ठप्प छन् । गौरवका योजनाहरू निराशाजनक छन् । मह“गी मात्र बढेको छैन, ग्या“सलगायत आधारभूत आवश्यकताको परिपूर्तिमा राज्य कमजोर बन्ने गरेको छ । सरकारी सेवा प्राप्त गर्न समस्या छ ।कतै सेवा केन्द्र स्थापनाको माग थियो भने कतै विरोध । यसको प्रमुख कारण सरकारी सेवामा सहज पहु“चको अभाव हो । वैदेशिक सहायताका आयोजना प्रभावित छ । लगानीमैत्री वातावरण बिथोलिएको त छ भने भएको लगानी पनि पलायन हु“दैछ । २०१२–१३ लाई लगानी वर्ष घोषणा गरिए पनि २०१६ आइसक्दा पनि लक्ष्य पूरा हुन सकेको छैन । यी सबैको प्रमुख कारण राजनीतिक अस्थिरता र आर्थिक विकासप्रति दलहरूको असंवेदनशीलता हो । यस्तो दुरवस्था सङ्घीय नेपालमा आयो भने निकै अप्ठयारो पर्न सक्छ । यसर्थ सचेत भएर कदम चाल्नुपर्छ ।
    सङ्घीयता मुख्यतः तीन अवधारणामा आधारित भएको विश्व अनुभवले देखाउ“छ । पहिलो छरिएर रहेका राज्यलाई बलियो राष्ट्र निर्माण गर्ने– जस्तै अमेरिका, स्वीटजरल्यान्ड अस्ट्रेलिया, जर्मनी, रूस तथा मलेसिया । दोस्रो हो छुट्टिन खोजेका राज्यहरूलाई एकतामा बा“ध्न अधिकारसम्पन बनाउने–जस्तै क्यानाडा, ब्रजील, नाइजेरिया आदि । तेस्रो हो जातीय, क्षेत्रीय विविधता एवं अल्पसङ्ख्यकहरूलाई समायोजन गरी एउटै राज्यभित्र एउटा निश्चित भूभागमा शासन गर्ने स्थानीय अधिकारयुक्त शासन प्रणाली । सङ्घीयतामा राज्यको विभाजन हु“दैन वरन् राज्य शक्तिको विभाजन हुन्छ । सरकारको तह र सङ्ख्या वृद्धि हुन्छ । केन्द्रीय सरकारभन्दा तल्लो तहका सरकारहरूले निश्चित अधिकार अभ्यास गर्न पाउने र त्यस्ता अधिकारको संवैधानिक सुनिश्चितता नै सङ्घीय राज्य प्रणाली हो । नेपाल सङ्घीयतामा जानुको मूलतः तेस्रो अवधारणा आधार बनेको छ । उपरोक्त अवधारणाबाट एउटा कुरा के स्पष्ट हुन्छ भने सङ्घीयताले हरेक तहको सरकारहरूलाई आर्थिक निर्णयको स्वायत्तता प्रदान गर्छ, जसले स्रोत साधनको सदुपायेग र परिचालनमा केन्द्रीय शक्तिको विभेदबाट छुटकारा दिलाउ“छ । तल्लो तहका सरकार आप्mनो क्षेत्राधिकार भित्रको क्षेत्र र जनताको विकासको प्राथमिकता किटान गर्न, निर्णय लिन र कार्यान्वयन गर्न स्वायत्त हुन्छन् । सङ्घीयतामा कसैलाई काखा पाखा नहोस् वा सङ्घीयतालाई ओझेलमा नपारियोस् भनेर आम जनता सानोतिनो कुरामा विरोध गर्न तयार हुन्छ । विगतमा मुलुकभरिको विकास निम्ति केन्द्रबाट नै योजना तर्जुमा भई कार्यान्वयनसमेत गरिए पनि मधेस, सुदूर र मध्य पश्चिम क्षेत्रलगायत अधिकँंश क्षेत्र उपेक्षित नै रहे । यसबाट के देखिन्छ कि केन्द्रीय स्तरबाट थालिएको योजनाले स्थानीय स्तरमा उपलब्धि प्राप्त हु“दो रहेनछ ।  यसर्थ स्थानीय सहभागितामा आर्थिक विकासको स्वायत्तता हुने कुरा बुझ्न अपरिहार्य छ । संविधानले परिकल्पना गरेको यो मूलमन्त्रलाई राज्य पुनर्संरचना र स्थानीय निकायको गठनबाट पूर्ति गरिन्छ । यसर्थ स्थानीय निकायको संरक्षण हचुवाको भरमा होइन, विकासको स्रोत र साधनको आधारमा गर्नुपर्छ । विकासको अवसर नपाएकालाई विकासको अवसर त दिनैपर्छ । विकासको अवसर पाएकालाई वञ्चित पनि गर्नुहु“दैन । जस्तै प्रदेशको निर्माणले भरखर विकासको पाइला टेक्न लागेको हेटौंडाको बिजोग हु“दैछ । त्यहा“बाट अदालत, क्षेत्रीय कार्यालयहरू अन्त सार्ने क्रमले त्यहा“को व्यापार व्यवसायलगायत प्रभावित बन्दै छ । यसर्थ राज्य पुनर्संरचना गर्दा स्थानीयस्तरको साधन स्रोतको परिचालन, सदुपयोग र स्थानीय स्तरलाई हुने अत्यधिक लाभलाई आधार बनाउनुपर्छ, कुनै जाति वा धर्म विशेषलाई होइन ।
    सरकार जति तह वा सङ्ख्यामा भए पनि वा जुनसुकै मोडेलको शासकीय स्वरूप भए पनि आर्थिक निर्णय गर्न स्वायत्त छैन भने न विकास सम्भव छ, न विभेद नै अन्त्य हुन्छ, न द्वन्द्व निराकरण हुन्छ । द्वन्द्व व्यवस्थापन र सन्तुलित समृद्धिको एक मात्र विकल्प सन्तुलित विकास हो ।  सुडानको उत्तरी र दक्षिणी भागमा आर्थिक र राजनीतिक अधिकारमा सन्तुलन नहु“दा विकास त नभएको सर्वविदितै छ । २२ वर्षसम्म भयावह युद्ध चल्यो र २० लाख नागरिकको ज्यानसमेत गएको कुरालाई ध्यानमा राख्नैपर्छ । नेपालको पुनर्संरचनाले पनि उपेक्षित वर्ग, समुदाय, क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याएन भने द्वन्द्वको सम्भावना रहिरहन्छ । आर्थिक नीतिहरूमा सामाजिक परिस्थितिको पनि विशेष भूमिका रहन्छ । जस्तै युद्ध, द्वन्द्व, दैवी प्रकोप, जलवायु परिवर्तन आदि । नेपालको सन्दर्भमा यस्ता कुरालाई गोैण राखेर अगाडि किमार्थ बढन सकिंदैन । यद्यपि यसतर्फ खासै बहस–छलफल हुन सकेको छैन जुन ठूलो चिन्ताको विषय हो । नेपालमा प्रभावकारी आर्थिक नीति नबनाइएको होइन, तर ती नीतिहरू प्रायः असफल छन् । असफलताको प्रमुख कारण सरकारको आर्थिक निर्णय सम्बन्धी नीतिमा स्वायत्तताको अभाव नै मान्नुपर्छ ।
    विकासन्मोख मुलुक भएको कारणले तर्जुमा गरिने नीतिहरू दातृनिकाय ृनिर्देशित छन् भने दाताहरूको आर्थिक सहयोग परिचालनको दिशा पनि दाता उन्मुख छ । दाताले निर्देशित गरेको क्षेत्रको लागि नीति तर्जुमा तथा कार्यान्वयन मात्र हु“दैन दाताले हात झिकेपछि अधूरो योजना ठप्प हुन्छ । जुन अस्वाभाविक होइन । शिक्षा, स्वास्थ्य तथा कृषिलगायत आम जनताको जीउधनको विकासस“ग सम्बन्धित महŒवपूर्ण विषयमा यसले प्रभाव पारेको छ । यसबाट के देखिन्छ कि आर्थिक निर्णय र क्षेत्रगत विकासको मामिलामा सरकारहरू पूर्णरूपले कमजोर रह“दै आएका छन् । सङ्घीयतामा पनि सरकारहरू कमजोर हुने स्वरूप बनाइयो भने सङ्घीयताको कुनै अर्थ रह“दैन ।  यसर्थ सरकारको तह निर्धारण गर्दा सरकारको आर्थिक स्वायत्तताको अवस्थालाई प्राथमिकता दिनैपर्छ ।
    प्रान्तको सङ्ख्या जति महŒवपूर्ण छैन त्यति प्रँन्तका सरकारहरूको आर्थिक निर्णयका स्वायत्तता संवेदनशील छन् । सरकारहरू आप्mनो क्षेत्रको विकास गर्न आर्थिक, सामाजिक तथा राजनीतिक रूपले सक्षम र सबल हुनुपर्छ । स्थानीय स्तरको विकास केन्द्र वा प्रान्तमा आश्रित भयो भने विगतभन्दा खासै फरक हु“दैन।
    आर्थिक पूर्वाधार तथा सामथ्र्यलाई पाखा लगाई जातीय र भाषिक आधारमा मात्र राज्य निर्माण गर्ने कुरामा जोड दिनुले आर्थिक निर्णयको स्वायत्ततालाई महŒव नदिनु नै बुझ्न सकिन्छ । स्मरण रहोस् पहिले काठमाडौको सिंहदरबार र दातृ निकायमा स्थानीय विकास निर्भर थियो, अब त्यस्तो हुनुहु“दैन । यसर्थ कमसेकम प्रान्तहरूमा प्रँकृतिक स्रोत साधन, खेतीयोग्य जमिन र बाटोघाटो लगायत आर्थिक विकासको सवाललाई आधार बनाई प्रदेशको निर्माण भयो भने सहज हुन्छ । सार्वजनिक तथ्याड्ढ अनुसार मुलुकभरि ३८ हजार नौ सय ८१.४५ किलोमिटर सडक निर्माण भएको छ, जसमा कालोपत्रे १ हजार २ सय ६६ किमी, ग्राभेल ७ हजार तीन सय ५९, धुले ३० हजार ४ सय ५६ छ । सार्वजनिक भएको तथ्याड्ढ अनुसार २०४७ साल अघि ६ हजार ७ सय ६ किलोमिटर सडक मात्र निर्माण भएको थियो । २० हजार ४ सय ९५ किमी सडकमा सुख्खायाममा मात्रै गाडी चल्छ भने १८ हजार नौ सय ४४ प्रयोगविहीन छ । मुस्ताङमा ७४ हजारजना बराबर एक किमी, रोल्पामा १९ हजार ९१ बराबर एकजना सडक  निर्माण भएको छ । यसले मुलुकभरिमा बाटोघाटो निर्माण नभएको पुष्टि हुन्छ । राज्य पुनर्संरचना गर्दा विद्यमान बाटो र सम्भावना समेतलाई ध्यानमा राख्नुपर्छ।
    २०५० सालमा जिल्लाको हुलाक कार्यालयमा एक वर्षमा  २३ लाख रुपिया“ विनियोजन भएकोमा एउटा जिल्लामा वर्षभरिमा जम्मा नौवटा चिठ्ठी आएको थियो जसमा ६ वटा कर्मचारीकै थियो । सोही अवधिमा कतिपय जिल्लामा कार्यभारको कारण बजेट अभाव पनि भएको थियो । मुलुकको कुनै क्षेत्र विकसित मुलुक सरह र कुनै एकदमै दयनीय अवस्थामा रहनु असन्तुलित साधन स्रँेतको वितरण नै हो । साधनस्रोतको असन्तुलित वितरण प्रवृत्ति अन्त्य हुनेगरी राज्य पुनर्संचना हुनु अपरिहार्यता छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सङ्घीयता र आर्थिक विकासको पूर्वाधार
सङ्घीयता र आर्थिक विकासको पूर्वाधार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg5_hQpvv396hCWFUn8BR3A45ocZ3ahVSvzImTZW5GAqxwVzsTveRO1pofga4yXKdRK7uIMEe57mj1HkGJoNdoAHlOiIaYp03uQuosE17LtT3rJ7MdxkLDLRpnvp36K3MX_uutVjwPhu-M/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg5_hQpvv396hCWFUn8BR3A45ocZ3ahVSvzImTZW5GAqxwVzsTveRO1pofga4yXKdRK7uIMEe57mj1HkGJoNdoAHlOiIaYp03uQuosE17LtT3rJ7MdxkLDLRpnvp36K3MX_uutVjwPhu-M/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/10/blog-post_193.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/10/blog-post_193.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy