Posts

Showing posts from October, 2016

२०७३ कात्तिक १४ गते आइतवार

२०७३ कात्तिक १४ गते आइतवारको प्रतीक दैनिक पढ्न यहाँ क्लिक गर्नुहोस्

दीपावलीमा रक्सौल शोकमग्न, शहीद जवानलाई श्रद्धाञ्जलि दिन लाखौंको भीड

Image
राजेश केशरीवाल, रक्सौल, १३ कात्तिक÷     यसपालिको दीपावलीको रौनक रक्सौलमा देखिएन । रक्सौलकै एक युवकको भारत–पाकिस्तान सीमामा आतड्ढवादीस“गको मुठभेडमा मृत्यु भएपछि रक्सौल शोकमग्न भएको हो । रक्सौल सिसवा गाउ“ स्थायी घर भएका सीमा सुरक्षा बलमा हेड कन्स्टेबल पदमा कार्यरत जीतेन्द्र सिंहको भारत–पाक काश्मीर क्षेत्रमा भएको गोलीबारीमा ज्यान गएपछि विहारको पूर्वी चम्पारण र रक्सौल दीपावलीमा शोक मनाइरहेको छ ।     मृतक जवान सिंहको शव आज रक्सौल ल्याइएको छ । हिजो राति साढे ७ बजे मोतीहारीबाट हिंडेको शवयात्रा रक्सौल पुग्दापुग्दै बिहानको साढे १० बजेको थियो । सिंहको सम्मानमा आज रक्सौल बजार बन्द गरिएको थियो । उनको अन्त्येष्टि सिसवाको खोला किनारमा उच्च सम्मानको साथ गरिएको थियो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मोत्सवको उपलक्ष्यमा रक्तदान

Image
प्रस, वीरगंज, १३ कात्तिक÷     महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको १०७औं जन्मजयन्तीको अवसरमा नेपाल हाम्रो संस्थाले वीरगंज–१४ श्रीपुर धर्मशालामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा ३ महिलासहित ७२ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् ।     कार्यक्रमअघि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले महाकवि स्व. देवकोटाको तस्वीरमा माल्यार्पण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । नेपाल हाम्रो संस्थाका अध्यक्ष विशाल कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकतान्त्रिक मधेशी स·ठन पर्साका अध्यक्ष सुन्दर कुर्मी, ब्लड डोनर्स एसोसिएसन पर्साका सचिव अरविन्द सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।     पूर्व वडाअध्यक्ष प्रद्युम्न सेढाईंको सञ्चालन र जीतेन्द्र पुरुष ढकालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा महाकवि स्व. देवकोटाको सम्झनामा छोटेलाल साहले कविता वाचन गरेका थिए ।     कार्यक्रममा प्रियङ्का मल्लिक, आसना गिरी, हरि महतो, पवन ठाकुर, श्याम प्रसाद, अर्जुन महतो धानुक, नन्दकिशोर महतो, सन्तोष पासवान,  विशाल कुर्मी, निशान्त महतोल

जुवाडेलाई समात्न जाँदा गाउँले नै प्रहरीमाथि जाइ लागे

प्रस, परवानीपुर, १३ कात्तिक÷     गएराति पर्साको बस्डिल्वा गाउ“मा प्रहरी र गाउ“लेबीच झडप भएको छ । जुवाडेहरूलाई समात्न गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली अपमानित भएर फर्किनुपरेको थियो ।     राति गाउ“मा जुवा खेलिरहेको सूचना पाएर प्रहरी टोली गाउ“ पुगेको थियो । एकजना जुवाडेलाई नगदसहित प्रहरीले समातेपछि सम्पूर्ण गाउ“ले दीपावलीमा जुवा खेल्न कसैले रोक्न नमिल्ने भनी प्रहरीमाथि जाई लागेका थिए ।     अस्थायी प्रहरी पोस्ट बढनिहारका प्रसनि चक्रबहादुर घले र हवलदार र सशस्त्र बेस क्याम्प बेल्वाका ५ जना सुरक्षाकर्मी जुवाडेलाई समात्न गएका थिए ।     जुवाडेलाई प्रहरीले समातेर लग्न खोज्दा गाउ“लेहरू आक्रोशित भई प्रहरीलाई घेरेर हातपात गरेका थिए । यस विषयमा पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीले घटना साम्य भइसकेको बताएका छन् । जुवातास खेल्ने ७ जना पक्राउ प्रस, रौतहट÷     ्चन्द्रपुर नपा–८ पौराइस्थित काजीमान घिसिङको घरमा जुवातास खेल्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी अधिकृतको टोलीले सातजनालाई पक्राउ गरेको हो ।     पक्राउ पर्नेमा काजीमान

कौवावनकटैयाले भलिबलको उपाधि जित्यो

प्रस, वीरगंज, १३ कात्तिक÷     बिग्रेट युवा क्लब कौवावनकटैयाले सोही गाविसमा आयोजना गरेको नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको आज फाइनलमा भारत पश्चिम चम्पारण पचमवाको टिमलाई हराउ“दै कौवावन कटैयाले उपाधि हात पारेको हो ।     कार्यक्रममा प्रमुख अतिथि मैनुद्दीन मिया“ले प्रतियोगिताका विजयी टिमलाई नगद दश हजारसहित प्रमाणपत्र, शिल्ड प्रदान गरेका थिए । यसैगरी, उपविजेतालाई पा“च हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । क्लबका अध्यक्ष पूर्णवासी राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य महमद फिरोज, इप्रका पटेर्वासुगौलीका प्रनि गोपालप्रसाद ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विघटनको बाटो

Image
ओमप्रकाश खनाल     संविधान निर्माणपछि राजनीतिक सङ्क्रमण समाधान भएर आर्थिक, सामाजिक र राजनीतिक सुधारका आयामहरू फराकिलो हुने अपेक्षा यतिखेर अन्योल असन्तुष्टिको घनचक्करमा जेलिएको छ । दशक लामो राजनीतिक रस्साकस्सीको उपलब्धि मानिएको संविधानको कार्यान्वयन नै आशङ्कामुक्त छैन । बरु यसको सफलतामा दिनैन्दिन अवरोधका चाङ थुप्रिइराखेका छन् । यसले स्थायित्व, विकास र यसको न्यायोचित अनुभूतिको अपेक्षा पालेर बसेको औसत दैनिकीमा निराशाको ओज बढ्दैछ ।     यतिखेरै मौजुदा राजनीतिक व्यवस्थासित पराजित तर कुण्ठा पालेर बसेका तŒवहरूको चलखेल पनि बढेको छ । यसलाई संयोग मात्र ठानिनुहु“दैन । राजनीतिक गति सत्ताको निर्माण÷विघटन र यसको धङधङीबाट मुक्त हुन चाहेको देखिन्न । सत्तासुखलाई केन्द्रीय भागमा राखेर लिइने औसत राजनीतिक निर्णय र आचरणले जनअपेक्षालाई कति पनि सम्बोधन गर्न सकेको छैन । यो अवस्थामा आम असन्तुष्टि प्रतिगामीको औजार बन्न सक्दैन भनेर पत्याइराख्नुपर्ने कारण छैन । यस्तो सङ्गीन सत्यप्रति नेतृत्वको बेप्रवाहले राजनीतिक उपलब्धिहरूको विघटनलाई आमन्त्रण गरिराखेको भान हुन्छ ।     संविधान जारी भएयताको राजनीतिक, आर्थिक र सामा

सत्य बोल्न नडराऔं

    हामीमध्ये धेरैजनाले सधैं असत्य बोल्छन्स यसको मूल कारण एक प्रकारको भय हो, जुन हाम्रो मनमा घर बनाएर बसेको छ । सत्य बोल्न हामी डराउ“छौं, घर, कार्यालय, बाटोमा, चिकित्सकस“ग हामी प्रायः भूmटो बोल्छौं र यस्तो गर्दा मनमनै प्रसन्न पनि रहन्छौं । यस्तो लाग्छ भूmटो बोलेर मैले आप्mनो भारी बोझ हलुका गरेको छु । प्रायः भूmटो बोल्नमैं मजा आउ“छ र कहिलेकाहीं हामीलाई लाग्छ भूmटो बोलेर मैले धेरै ठूलो तीर मारेको छु । तर यो हाम्रँे ठूलो भ्रम हो । प्रायः हामी भ्रममा बा“च्छौं । सत्य के हो ? भूmटो के हो ? धर्म के हो ? अधर्म के हो ? कर्म के हो ? अकर्म के हो ? यो सबै बुभ्mदैनौं । जीवन बोझ बनिसकेको छ, जसलाई बोक्न हामी बाध्य भएका छौं ।     जीवनमा सुख–शान्तिको सोपान कहा“ छ ? यसको जानकारी हामीलाई छैन । आज हाम्रँे जीवन पाश्चात्य संस्कृतिले पूर्णरूपमा प्रभावित छ, हामी येनकेन प्रकारेण बढीभन्दा बढी पद–प्रतिष्ठा, धन–सम्पत्ति पाउने प्रत्याशामा बा“चिरहेका छौं, सुख–शान्तिको मार्ग कहा“ छ तथा के हो ? यो बुझ्ने फुर्सद पनि छैन, केवल भूmटको सहारा लिएर मिथ्या आडम्बरका साथ बा“चिरहेका छौं । हामीले पुण्य–पापको पनि जानकारी पनि राख

२०७३ कात्तिक १३ गते शनिवार

२०७३ कात्तिक १३ गते शनिवारको प्रतीक दैनिक पढ्न यहाँ क्लिक गर्नुहोस्

हुन्डी कारोबारी सन्तोष र अङ्कुर पुर्पक्षको लागि जेल चलान, १ करोड ६० लाख धरौटी तिर्न नसक्दा अन्य तीनजना कारागारमा

Image
प्रस, वीरगंज, १२ कात्तिक÷     अवैधरूपमा बैंकिङ कारोबार (हुन्डी) गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको सन्तोष जैन र निजको छोरा विक्की भन्ने अङ्कुर जैनलाई आज पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । सोही मुद्दाका अन्य तीनजना कसूरवारलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । पर्सा जिल्ला अदालतको आठ नम्बर बेन्चका न्यायाधीश राजेन्द्र नेपालको इजलासले सन्तोष जैन र निजका छोरा अङ्कुर जैनलाई पुर्पक्षका लागि जेल चलानको आदेश गरेको र सन्तोष जैनकी पत्नी उषा गोयन्कास“ग डेढ करोड, दुई कर्मचारी सुनील पटेल र जीवन ठाकुरस“ग ५÷५ लाख रुपैया“ धरौटी माग गरेको अधिवक्ता सुधीर कर्णले प्रतीकलाई बताए । धरौटी रकम अदालतमा दाखिला गर्न नसकेपछि गोयन्का, पटेल तथा ठाकुरलाई पनि वीरगंज कारागार चलान गरिएको प्रहरी उपरीक्ष्ँक राजुबाबू श्रेष्ठले बताए ।     असोज १६ गते पर्सा प्रहरीले वीउमनपा–७ कन्या माविदेखि उत्तर जैनको घरमा प्रहरीले छापा मारी ८१ लाख नगद, १ करोड ३२ लाखको चेक, ल्यापटप, प्mयाक्स मेसिन, नोट गन्ने मेसिन, मोबाइललगायत विभिन्न बैंकका चेक, भौचर बरामद गरेको थियो । जैनले नेहा इन्टरप्राइ

दशगजालाई डम्पिङ साइट बनाएपछि समितिद्वारा विरोध

प्रस, वीरगंज, १२ कात्तिक÷     श्रीसिया नदी बचाऊ अभियान सङ्घर्ष समिति रक्सौलले आज नेपाल–भारत मितेरीपुलमा २ घण्टा बाटो अवरुद्ध गरेको छ ।     बिहान १० देखि १२ बजेसम्म बाटो अवरुद्ध भएको कारण आवागमन पूर्णरूपमा ठप्प भएको थियो । सङ्घर्ष समितिले वीरगंज उपमहानगरपालिका कार्यालयले मितेरी पुल छेउमा फोहर प्mया“क्ने काम नरोके अब पूर्णरूपमा बाटो अवरुद्ध गर्ने बताएको छ ।     वीरगंजभरिको फोहर मितेरी पुल वरपर प्mया“केको कारण आवागमन गर्ने मानिसलाई असर पर्ने गरेको र वरिपरिका बासिन्दाहरू बिरामी पर्ने गरेको समितिका अभियन्ता प्रा. अनिलकुमार सिन्हाले बताए । अहिले साड्ढेतिकरूपमा आन्दोलन गरेको र तत्काल सो कार्य नरोके चरणबद्ध आन्दोलन घोषणा गर्ने उनले बताए ।     वीरगंजमा रहेका उद्योगहरूले श्रीसिया नदीमा प्रदूषित पानी फालेको कारण छठमा श्रद्धालुहरू समस्यामा पर्ने गरेका छन् । बाटो अवरुद्ध हु“दा तिहार र छठको लागि सामान खरिद गर्न आउने सर्वसाधारणहरू समस्यामा परेका थिए । समितिका अभियन्ताहरूले नेपाली भूमिमा प्रवेश गरी बाटो अवरुद्ध गरेका थिए ।     कार्यक्रममा सांसद राजकिशोर भगत, वडा पार्षद् सुरेश कुमार, जनता दल युनाइटेडका

परवानीपुरमा लाखौंको सार्वजनिक जग्गा अतिक्रमण हुँदै, नगरपालिकाले काम रोक्न पत्र पठायो

Image
प्रस, परवानीपुर, १२ कात्तिक÷     वीरगंज–पथलैया सडकखण्ड अन्तर्गत पर्साको परवानीपुरमा स्थानीय एक व्यापारीले लाखौं मूल्यको एक कट्ठा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण कार्य गरेकोमा वीरगंज उपमहानगरपालिका कार्यालयले चासो देखाएको छ । वीउमनपा कार्यालयमा उजुरी परेपछि अतिक्रमणको काम रोक्का राख्न आदेशसहित सार्वजनिक जग्गा अतिक्रमणकर्ता वीरगंज–२४ लिपनीबिर्ताका व्यापारी अनिलप्रसाद कलवारलाई सप्रमाण उपस्थिति हुन पत्र काटिएको छ । कलवारले भोजभगत उमावि र राजमार्गभन्दा पश्चिमतर्पm रहेको आप्mनो दश धुर जग्गास“गैको करिब एक कट्ठा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयासले पक्की पर्खालको निर्माण शुरू गरेका थिए । विगत एक सातादेखि पर्खाल लगाइरहेका व्यापारी कलवारविरुद्ध स्थानीय राजाबाबू कुशवाहाले वीउनमपा कार्यालयमा कात्तिक ५ गते उजुरी दर्ता गराएका थिए । उजुरीको आधारमा नगरपालिकाको प्राविधिक टोलीले  कार्तिक ८ गते स्थलगत नापजाच गरी बीउमनपाकामा दिएको प्रतिवेदनपछि निर्माण कार्य रोक्का गर्न कलवारलाई पत्र काटेको छ भने सो पत्र कार्यान्वयनका लागि वडा सचिवको कार्यालय–२४ लिपनीविर्ता र नगर प्रहरीलाई पनि पत्र काटेको छ ।

उद्योगहरूले श्रीसिया खोला प्रदूषण गर्ने काम रोकेन

Image
प्रस, जीतपुर, १२ कात्तिक÷     वीरगंज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगहरूबाट श्रीसिया खोलामा विसर्जन हु“दै आएको रसायनयुक्त पानी फाल्ने काम हिन्दूहरूको महान् पर्व छठ नजिकिंदै गर्दा पनि रोकिएको छैन ।     पटकपटक स्थानीय वासिन्दाले उद्योग प्रशासनलाई चेतावनी दिंदासमेत उद्योगहरूले अटेर गरी प्रदूषित पानी खोलामा फाल्दै आएको स्थानीयले बताए । स्थानीय उपेन्द्र साहले लगाएको धानबालीमा विनायक एग्रो प्रालिबाट विसर्जित रसायनयुक्त पानीका कारण उनको धानबाली नष्ट भएको छ । उद्योगका प्रबन्धकलाई यस घटनाबारे जानकारी गराउ“दा पनि कुनै सुनुवाइ नभएको साहले बताए ।     खोलाछेउमा सञ्चालित जीतपुरको शिवशक्ति घ्यू, राजेश मेटल क्राप्mट प्रालि, केबी साम आल्मुनियम तथा रिलायन्स सिमेन्टबाट निष्कासित प्रदूषित पानीको कारण खोला आसपासका बस्तीहरूमा नकारात्मक असर परिरहेको छ ।   उद्योगीहरूले उद्योगभित्र प्रदूषण नियन्त्रणको लागि पहल गरेको दाबी गर्दैै आए तापनि स्थलगत अनुगमन गर्दा वास्तविकता त्यस्तो देखिएन । एक साताअघि ती उद्योगहरूलाई घेराउ गर्दै कृषकहरूले दूषित पानी बगाउन पाइ“दैन, जग्गा मास्न पाइ“दैन, औद्योगिक दलाल मुर्दाब

हाकिमलाई अपशब्द प्रयोग गर्ने सर्वेक्षक धरौटीमा रिहा

शिवशड्ढर मिश्र, कलैया, १२ कात्तिक÷     सेवाग्रहीसमेत हाकिमलाई अपशब्द प्रयोग गर्ने नापी कार्यालय बारा, कलैयाका सर्वेक्षक तारिखमा रिहा भएका छन् ।     नापी कार्यालय कलैयाका सर्वेक्षक राधेश्याम साहले सेवाग्राहीस“ग नक्शापास गराउन घूस मागेपछि सेवाग्राहीले विरोध गरेका थिए । सर्वेक्षक साहले सेवाग्राहीलाई  प्रजिअ, प्रउ सबैले घूस खान्छन्, कसैले केही गर्दैनन् भनेको भिडियो सार्वजनिक भएपछि सर्वेक्षक साहलाई आवश्यक कारबाईका लागि प्रशासनले पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।     दक्षिण झिटकैया गाविसका रामकिशोर साहस“ग नक्शाको बारेमा वादविवाद हु“दा सोधपुछका लागि प्रशासनमा प्रहरीले सर्वेक्षक साहलाई लगेको नापी प्रमुख रामविनय सिंहले बताए । उता आपूmभन्दा वरिष्ठ हाकिमलाई अपशब्द प्रयोग गरेकाले अनुसन्धानका लागि साधारण तारिखमा छोडिएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए । तर सर्वेक्षक साह १० हजार घरौटी बुझाएर रिहा भएका स्रोतले जनाएको छ ।

मुनामदनको बज्जिका भाषामा अनुवाद गर्दा

Image
सञ्जय साह ‘मित्र’     नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वोत्तम कृति मुनामदन खण्डकाव्यको लोकप्रियता देशविदेशमा व्याप्त छ । अन्यान्य विकसित भाषाका कवि तथा समालोचकको बीचमा पनि महाकविको अमर कृतिको सुनाम पैmलिएको छ । स्वच्छन्दतावादी धाराको अनमोल कृतिको रूपमा रहेको मुनामदन खण्डकाव्य नेपाली मातृभाषीका साथै नेपालका अन्य मातृभाषीमा पनि त्यतिकै प्रिय रहेको छ । मुनामदनको प्रियतालाई उच्चतम रूप विभिन्न भाषामा अनुवाद हुनुले पनि स्पष्ट गर्दछ । नेपालीमा एमए गर्दा मैले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्व विशिष्ट विषय बनाएको थिए“ । देवकोटाको विषयमा सामान्य नेपालीले पनि निकै कुरा बुझेका छन् तर उनलाई विषय बनाएर पढ्दा उनको विषयमा आधिकारिकरूपले जान्ने मौका प्राप्त भएको थियो । मेरो लागि निकै ठूलो अवसर थियो । देवकोटाप्रति हरेक नेपालीको उत्तिकै अनुराग रहेको र सम्भवतः सम्पूर्ण नेपालीको बीचमा सम्पूर्ण क्षेत्रभन्दा लोकप्रिय व्यक्तित्वको रूपमा देवकोटाको पहिचान स्थापित छ ।     देवकोटा मेरा प्रिय साहित्यकार हुन् । उनको जीवनी र काव्यिकताबाट म निकै प्रभावित छु । देवकोटाको काव्य बाल्यावस्थादेखि नै

हाय लोकमान ! बाय लोकमान !

Image
–कुमार रुपाखेती     अचेल लोकमानको चर्चाको अगाडि तिहारसमेत फेल भएको छ । हिजो रातो कार्पेट बिछ्याएर लोकमानलाई बाइज्जत नियुक्त गर्नेहरू आज उनलाई बेइज्जत गरेर बर्खास्त गर्न तन, मन र धनले लागेका छन् । भनिन्छ, नेपालका शक्तिशाली राजनीतिक दल र तिनका नेताहरूलाई समेत लोकमानले ठे·ा देखाउन थालेपछि उनीहरू असिनपसिन भई लोकमानको पछि परेका छन् । विषालु सर्पलाई दूध खुवाइ पाल्यो भने यस्तै अवस्था निम्तिन्छ भन्नेहरू पनि छन् ।     लोकमान अख्तियारको नाइके नियुक्त भएपछि उनले यो संस्थालाई मनमौजी किसिमले चलाउन थालेको सबैलाई थाहै छ । ठूलो माछा खोज्ने भन्दै उनले तथानाम गरुन्जेल राजनीतिक दलहरू मौन बसे, रमिते बने ।     जब लोकमानको हात केही इना, चुना र गिनाहरूको गर्दनसम्म पुग्न थाल्यो, जब उनले राजनीतिक दल र तिनका शिखर पुरुषहरूलाई ‘त“भन्दा म के कम’ भन्ने सन्देश दिन थाले, तब नेताहरूले यसलाई चुनौतीको रूपमा लिन बाध्य भए । हाम्रा नेताहरूमा चुनौती स्वीकार गर्ने साहस नै छैन किनकि हाम र भ्mवाम गर्ने मामिलामा लोकमान र नेताहरू ‘तु डाल डाल मैं पात पात’ हुन् । लोकमानको नाम सुनेर चिटचिट पसिना आउने नेताहरू पनि तपाईं हामीले देखे

गाउँ, खै के भो ?

Image
चन्द्रकिशोर chandrakishore_jha@yahoo.com     शहरबाट आफन्तहरू आएर अलि दिन रित्तो गाउँमा चहलपहल छ । गाउ“कै अनुहारहरूलाई गाउ“मा भेटिन यस्तै पर्व तिहार पर्खिनुपर्ने हुन्छ । तर गाउ“ फर्किनुपर्दाका कथा अहिलेसम्म पनि रित्तिएको छैन, नेपालकै कुनै अर्को भूगोलबाट आउ“दा परेको होस् वा पारि भारतबाट कम सास्ती छैन । झन् दूर देशबाट आउनेहरूको व्यथा कम कारुणिक छैन । गाउ“ यस्तै कथाहरू गम्दैछ र सोच्दैछ गाउ“ आउन कतिको दुरुह छ ।     गाउ“मा मान्छे थपिन थालेपछि त्यसको कारोबार गर्न कैयौं लोभी नजर पल्किएका छन् । म्यानपावर कम्पनीका दलाल, ऋण उठाइदिने कारोबारीस“गै मधेसमा आन्दोलनपछि काठमाडौं उक्लिएका वा चुनाव जितेर काठमाडौंवासी हुन पुगेका नेताहरू राजनीतिको बजार खोज्न फेरि गाउ“बस्ती छिरेका छन् । शुभकामना साटासाटका नाममा राजनीतिक दुकानदारीको फेसन नै भएको छ । नेताका बिचौलियाहरू आम कार्यकर्तालाई तिनका समक्ष परेड खेलाएभैंm प्रस्तुत गर्ने÷गराउने होड नै चलेको छ । कतै सामूहिक पूजा त कतै रमाइलो मेला, त कतै कुस्ती प्रतियोगिता गराउन लागिपरेका छन्, तिनीहरू । जनताका प्रत्यक्ष सरोकार उपेक्षित छन् । प्रायः गाउ“हरू दशैंदेखि छठसम

सिकाइमा स्तरीयता ल्याउन सीसी क्यामराको प्रयोग स्वागतयोग्य

Image
वैद्यनाथ ठाकुर     स्थानीय माईस्थान विद्यापीठ माविले देशभरिका सामुदायिक शिक्ष्ाँमा स्तरीयता ल्याउन राम्रो पहल गरेको छ । समाजमा सामुदायिक विद्यालयभित्र पठनपाठनको अवस्था चिन्ताजनक रहेको यो बेलामा प्रधानाध्यापक विनोद मेहता धन्यवादका पात्र बनेका छन् । शैक्ष्ँिकस्तर दिन प्रतिदिन खस्दै गइरहेको बेला प्रअ मेहताले सिकाइप्रक्रियामा सुधार ल्याउन तथा विद्यालयमा राम्रो शैक्षिक वातावरण कायम गर्न कक्ष्ाँ कोठाहरूमा सिसिटिभी जडान गरेका छन् ।     यति बेला सामुदायिक विद्यालयहरूमा विद्यार्थी तथा शिक्ष्ँकहरूमा अराजकताको वातावरण कायम रहेको छ । भर्खरै प्राप्त गणतन्त्र र सङ्घीयताको आडमा प्रायः शिक्ष्ँकहरू देशैभरि राजाको काम कहिले जाला घामको शैलीमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । घण्टी लाग्दा २० मिनेटसम्म स्टाफरूममैं गफ चुटेर बसिराख्ने तथा घण्टी लाग्नु ५÷७ मिनेट पहिले नै कक्ष्ाँबाट निस्किने रोगबाट सबै विद्यालय पीडित छन् । कक्ष्ाँ कोठामा मोबाइल चलाएर बस्ने, विद्यार्थीको डेक्समा बसेर केवल पुस्तक पढेर बाहुनले पुराण पढेजस्तो सुनाइदिने, चालीस मिनेटको घण्टीमा शिक्ष्ँकले कुनै प्रकारको शैक्ष्ँिक सामग्रीको प्रयोग न

२०७३ कात्तिक १२ गते शुक्रवार

२०७३ कात्तिक १२ गते शुक्रवारको प्रतीक दैनिक पढ्न यहाँ क्लिक गर्नुहोस्

थोत्रो र फोहर नोट नलिन–नदिन आग्रह

Image
प्रस, वीरगंज, ११ कात्तिक÷     नेपाल राष्ट्र बैंक वीरगंज शाखाको आयोजनामा राष्ट्र बैंकको सभाहलमा आज सफा नोट विषयक अन्तत्र्रिmया सम्पन्न भएको छ ।     अन्तत्र्रिmयामा बोल्दै वीरगंज शाखाका निर्देशक धनञ्जय शर्माले थोत्रो र फोहर नोट नलिन–नदिन आग्रह गरेका छन् । कार्यक्रममा सहभागी विभिन्न बैंकका प्रतिनिधिहरूलाई आग्रह गर्दै फोहर तथा कुहिएको नोटबाट नेपाल सरकारलाई घाटा भइरहेको कारण त्यस्ता नोट नलिन बैंकहरूलाई आग्रह गरेका थिए । दिने बेलामा पनि त्यस्ता नोट बैंकले नदिने शर्माले बताए । नोट छाप्न धेरै खर्च लाग्ने भएकोले नोट सावधानीपूर्वक चलाउन आग्रह गरे ।     नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन  अनुसार अब कुनै पनि नोटमा स्टीच नलगाउने र सीधै व्यक्तिलाई दिने बानी बसाल्न शर्माले आग्रह गरे । तर स्टीच नगर्दा रकम गडबड हुने गरेको धेरै गुनासो आएपश्चात् नेराबैंकले गडबड भएको बेला लिने र दिने मात्र दोषी हुने बताए ।रु ५ देखि १०० सम्मको नोटको आयु १ वर्ष र ५००–१००० नोटको आयु डेढ वर्ष रहे तापनि नोटहरू चल्ने आधारमा भर पर्ने भएकोले चा“डै थोत्रो हुने गरेको बताए । सकभर नोटको प्रयोग कम गरी इ–बैंकको सेवा सुविधा उपभोग

सशस्त्र प्रहरीको भूमिका सराहनीय– प्रजिअ

Image
प्रस, वीरगंज, ११ कात्तिक÷     सशस्त्र प्रहरी सीमा सुरक्ष्ाँ कार्यालय, पर्साले एक कार्यक्रमको आयोजना गरी १६ औं सशस्त्र प्रहरी दिवस मनाएको छ ।     कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले स्रोत, साधन अभावमा सशस्त्र प्रहरीले पाएको जिम्मेवारी कटिबद्ध भई निर्वाह गरिरहेको बताए । उनले छुट्टै कार्यक्षेत्र तोकिए पनि कार्य सम्पादन, शैली, उपलब्धिमूलक रहेको बताए । सशस्त्र प्रहरीले महाभूकम्पको क्रममा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए ।     प्रजिअ घिमिरेले सीमामा रहेका सशस्त्र प्रहरीस“ग भौतिक अवस्था तथा छिमेकी मुलुकको सीमामा रहेको भौतिक अवस्था हेर्दा धेरै फरक भए पनि हाम्रा सशस्त्र प्रहरीले जिम्मेवारी निर्वाह गरिरहेको बताए ।     सशस्त्र प्रहरीले चेलीबेटी बेचबिखन, राजस्व चुहावट नियन्त्रण, हातहतियार ओसारपसार, शान्ति सुरक्ष्ाँ स्थापना, तस्करी, काउन्टर पार्टस“ग समन्वय, सिमाना रेखदेख, सीमा क्ष्ँेत्रमा हुने अपराध नियन्त्रण, रोकथाम गर्दै आएकोप्रति प्रशंसा गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्ष्ँक रवीन्द्र ठाकुरले सशस्त्र प्रहरी महानिरीक्ष्ँक दुर्जकुमार राईको सन्

बारामा सुजुकीको नयाँ शोरुम

Image
प्रस, कलैया, ११ कात्तिक÷     कलैयामा आजदेखि सुजुकी शोरुम सञ्चालनमा आएको छ ।     कलैया नगरपालिका–५ स्थित गढीमाई जाने बाटोमा गढीमाई इम्पोरियमले सुजुकी शोरुमको आज पहिलो दिन ३ वटा मोटरसाइकल बिक्री गरेको सञ्चालक सन्तोषकुमार स्वर्णकारले बताए ।     कम्पनीका एरिया इन्चार्ज रामचन्द्र कन्डोल र एक्सचेन्ज म्यानेजर राजन प्रसादलगायतको सहभागितामा आज शोरुमको समुद्घाटन गरिएको हो ।     कम्पनीले बजार व्यवस्थापन गर्दै अहिले विभिन्न ठाउ“मा शोरुम सञ्चालनमा ल्याइरहेको छ । कम्पनीले ग्राहकको मागबमोजिम विभिन्न आकर्षक मोडेलका मोटरसाइकलहरू बजारमा ल्याएको छ ।     कम्पनीले ग्राहकहरूलाई चाडपर्वको अवसरमा विभिन्न किसिमका उपहारको व्यवस्था पनि गरेको छ ।

छठ अघि संविधान संशोधन प्रस्ताव दर्ता नभए चुप लागेर नबस्ने– महतो

Image
प्रस, वीरगंज, ११ कात्तिक÷     छठ अघि संविधान संशोधन प्रस्ताव दर्ता नभए मधेसी मोर्चा चुप लागेर नबस्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चेतावनी दिएका छन् ।     प्रेस मञ्च, पर्साको पत्रकार सम्मेलनमा बोल्दै महतोले वर्तमान सरकारले मधेसीको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि समर्थन गरेको तर अहिले विभिन्न जालझेल गरी मधेसीलाई हक अधिकार नदिन खोजेको आरोप लगाए ।     देशले इतिहासमा अधिकार प्राप्त गरेको र सो अधिकार अहिले गुम्ने अवस्था आएको उनले प्रतिक्रिया दिए । मधेसको माग पूरा भएपछि मात्र अधिकार स्थायी हुने महतोले बताए । मधेसको माग पूरा गर्न नदिन दलीय स्वार्थमा लागेका अन्य दलहरूले देशलाई नै लोकमानमय बनाएको आरोप लगाए । अध्यक्ष्ँ महतोले जारी आन्दोलनको माग पूरा गर्नुको साटो विभिन्न जालझेल गरी आपैmमा लडेर मधेसीहरूलाई झुक्याउन खोजेको बताए । संविधान संशोधनमा नेका र एमालेले तदारुकता नदेखाएको उनले सो अवसरमा बताएका थिए । अबको आन्दोलन जुन दलले मधेसको माग पूरा गर्न अडकाय पु¥याउ“छ त्यसेविरुद्ध पनि गरिने उनले बताए ।     प्रेस मञ्च, पर्साका उपाध्यक्ष नन्दकिशोर गिरीको सभापतित्वमा शुरु भएको कार्यक्रमको

विधानमा व्यापक संशोधन– अध्यक्ष डा. विष्ट

Image
प्रस, वीरगंज, ११ कात्तिक÷     नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले महासङ्घको विधानमा व्यापक संशोधन भएको बताएका छन् ।     फ्रि मिडिया नेटवर्कको आयोजनामा वीरगंजमा सम्पन्न दुई दिने पत्रकार सुरक्षासम्बन्धी अन्तत्र्रिmयाको समापन कार्यक्रममा बोल्दै अध्यक्ष डा. विष्टले पत्रकार महासङ्घको विधान संशोधन भएको जानकारी गराएका थिए ।     उनले संशोधित विधानमा सम्भावित ७ प्रदेशसहित उपत्यका, एशोसिएटसमेत गरी १० वटा प्रादेशिक शाखा बनाइएको  र हाल जिल्ला स्तरमा रहेको शाखालाई यथावत् राखिए पनि सङ्घीयतामा प्रवेश भएपछि गाउ“पालिका अथवा जिल्ला शाखाकै रूपमा राख्ने सन्दर्भमा पछि थपघट गरिने व्यवस्था गरिएको बताए ।     उनले ०६५ सालमा सरकारले ज्येष्ठ नागरिकहरूको लागि सामाजिक सुरक्षा भक्ताको व्यवस्था गरेको हुनाले पत्रकार महासङ्घले सोही वर्षलाई आधार बनाई ३० वर्ष पत्रकारिता गरी ६५ वर्ष पूरा गरेकाहरूलाई ज्येष्ठ पत्रकार भत्तँको व्यवस्था गरिएको बताएका थिए ।     अध्यक्ष डा. विष्टले पत्रकार महासङ्घको वर्तमान केन्द्रीय संरचनामा पनि व्यापक परिवर्तन गरिएको र महिलालगायत सबै वर्गलाई समेट्ने विधान तयार गरेको दाबी गर

मोहित पुर्पक्षको लागि जेल चलान, रतन धरौटीमा रिहा

प्रस, कलैया, ११ कात्तिक÷     सुडोइफिडिन रसायनको दुरुपयोग गरेको अभियोगमा सिआइबीद्वारा पक्राउ गरी बारा जिल्ला अदालतमा मुद्दा चलाइएको आर्य फर्माका सञ्चालक मोहित हालनलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ । औषधिमा प्रयोग हुने सुडोइफिडिन रसायन खपतभन्दा बढी आयात गरी लागू औषध कारोबारीलाई बिक्री गरेको अभियोगमा सिआइबीले आर्य फर्माका हालनलाई पक्राउ गरेको थियो ।     र·ेहात पक्राउ परेका हालनलाई बारा जिल्ला अदालतले पुर्पक्षको लागि जेल चलानको आदेश गरेको छ ।     सोही मुद्दामा अभियुक्त अर्का सञ्चालक रतन सङ्घईलाई १० लाख धरौटी माग गरिएको छ ।     यस अघि सङ्घईलाई यही मुद्दामा ललितपुर अदालतले १४ लाख धरौटीमा रिहा गरेको थियो । ललितपुरपछि बारा जिल्ला अदालतमा सुडोइफिडिन रसायनको दुरुपयोग सन्दर्भमा सिआइबीले आर्य फर्माका सञ्चालन शड्ढर हालन, निजका छोरा रोहित हालन, सञ्चालक कमल अग्रवालसहित ७ जनाविरुद्ध जिल्ला न्यायाधिवक्ताको कार्यालय बारामार्पmत् जिल्ला अदालत बारामा मुद्दा दायर गरेको थियो ।     आर्य फर्माका सञ्चालक शड्ढर हालन, निजका छोरा रोहित हालन हाल फरार छन् । पक्राउ परी पुर्पक्षका लागि थुना आदेश भएका मोहित हालन,

मङ्सिर १ गतेदेखि राष्ट्रियस्तरको कुश्ती प्रतियोगिता

प्रस, वीरगंज, ११ कात्तिक÷     खेलकुद विकासको लागि नेपाल खेलकुद महासङ्घले राष्ट्रियस्तरको कुश्ती प्रतियोगिता वीरगंजमा गर्ने जानकारी गराएको छ ।     आज नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा बोल्दै राष्ट्रिय कुश्ती सङ्घका पर्सा अध्यक्ष अरुण यादवले नेपालमा राष्ट्रियस्तरको कुश्ती प्रतियोगिता मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा हुने जानकारी गराए । उनले खेलमा खुला पुरुष राष्ट्रिय कुश्ती प्रतियोगितामा ८ वटा तौल समूहमा खेलाइने बताए ।     कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रह्लाद गिरीले खेलको विकास नभएसम्म मानिसले स्वस्थ जीवनशैली अपनाउन नसक्ने बताए ।

वीरगंज युथ ऐकेडेमी फाइनलमा प्रवेश

प्रस, निजगढ, ११ कात्तिक÷     रतनपुरमा जारी तेस्रो रतनपुर गोल्डकप नकाउट पूmटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको सेमिफाइनल खेलमा ४ का विरुद्ध ५ गोल गरी वीरगंज युथ ऐकेडेमी फाइनलमा प्रवेश गरेको छ ।     खेलको निर्धारित समयमा १÷१ गोल भएपछि पेनाल्टी प्रहार गरिएको हो । पेनाल्टीमा छातापिपरा बारालाई ४ गोलमा सीमित राख्दै ५ गोल गरी वीरगंज युथ ऐकेडेमी विजयी भएको हो ।     २६ औं मिनेटमा छाता पिपराका जर्सी नं. २३ का रिपु भ्लोनले गोल गरेका थिए । ८० औ मिनेटमा पाएको पेनाल्टी प्रहारलाई वीरगंजका जर्सी नं. २३ का आदित्य शाक्यले गोल गरी खेल बराबरीका पु¥याएका थिए ।     उत्कृष्ट खेल प्रर्दशन गरेबापत वीरगंजका जर्सी नं. २३ का आदित्य शाक्य म्यान अफदि म्याच घोषित भए । उनलाई प्रतियोगिता आयोजक समिति सदस्य रामकृष्णप्रसाद गुरोले ट्रफी प्रदान गरे ।     भोलि हुने अन्तिम सेमिफाइनल खेल चौधरी ११ बारा र रतनपुर ११ बारा बीच हुने प्रतियोगिता व्यवस्थापन संयोजक सियाराम कुमरले जानकारी दिए ।

जयस्मृति गोल्डकपमा उपाधिका लागि वनशक्ति र अमृत भिड्ने

प्रस, ठोरी, ११ कात्तिक÷     जयस्मृति गोल्डकपमा उपाधिका लागि वनशक्ति युवा क्लब ठोरी–७ र अमृत युवा क्लब ठोरी–६ बीच प्रतिस्पर्धा हुने भएको छ ।     दिपावलीको अवसरमा निर्मलबस्ती,गोकर्णेश्वर खेल मैदानमा बिहीवार भएको सेमिफाइनल खेल जित्दै दुवै टीमले उपाधि भिडन्तमा भेट पक्का गरेका हुन् ।     सनराइज युवा क्लब ‘बी’ निर्मलबस्ती–१ लाई २–० ले पराजित गर्दै वनशक्ति उपाधि नजिक पुगेको हो । घरेलु टीमलाई पाखा लगाउन वनशक्तिका आशिष थापा र राज तामाङले एकएक गोल गरेका थिए ।     यस्तै दोस्रो सेमिफाइनल खेलमा चौतारी युवा क्लब सुवर्णपुर–१ लाई २–१ गोल अन्तरले पराजित गर्दै अमृत युवा क्लब फाइनलमा पुगेको हो ।     उपाधिका लागि वनशक्ति र अमृतबीचको भिडन्त कात्तिक १३ गते हुने आयोजक माइकल बस्नेतले जानकारी दिए ।     प्रतियोगिताको विजेता टीमले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र हात पार्ने छ । प्रतियोगितामा दोस्रो हुने टीमले रु १५ हजार, ट्रफी र प्रमाणपत्र हात पार्नेछ ।     प्रतियोगितामा सुवर्णपुर, निर्मलबस्ती र ठोरीका गरी १२ टीमको सहभागिता रहेको थियो ।

० का विरुद्ध २ गोलले चौधरी ११ बारा विजयी

प्रस, निजगढ, ११ कात्तिक÷     रतनपुरमा भइरहेको तेस्रो रतनपुर गोल्डकप नकाउट पूmटवल प्रतियोगिताको म·लवार भएको पहिलो क्वार्टर फाइनल खेलमा ० का विरुद्ध २ गोल गरी चौधरी ११ बारा विजयी भएको छ ।      खेलको १९ औं मिनेटमा चौधरी ११ का जर्सी नं. १० का विजय चौधरीले पहिलो गोल गरे । सोही टिमका जर्सी नंंं. ५ का सागर चौधरीले ७८ औं मिनेटमा दोस्रो गोल गरे । विपक्षी टिम एपिएफ भद्रकाली पिलुवाका खेलाडीले पटकपटक गरेको बल गोल हुन नसक्दा ० का विरुद्ध २ गोल अन्तरले चौधरी ११ बारा विजयी भएको हो ।     उत्कृष्ट खेल प्रर्दशन गरेबापत चौधरी ११ का जर्सी नं. ५ का सागर चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई प्रतियोगिता आयोजक समिति सदस्य जगजीवन कुमरले ट्रफी प्रदान गरे ।     फिफा रेफ्री विक्रम चौधरी, लायन्सम्यान मनोज यादव, बुद्धिमान लामा रहेका छन् । भोलि हुने पहिलो सेमिफाइनल खेल वीरगंज युथ एकेडेमी र छाता पिपरा बाराबीच हुने प्रतियोगिता व्यवस्थापन संयोजक सियाराम कुमरले जानकारी दिए ।

माटोको भांडा बनाउने कुम्हाललाई चटारो, पर्वमा कमाइ गर्दै कुम्हाललाई भ्याइ–नभ्याई

Image
प्रस, परवानीपुर, पर्सा, १० कात्तिक÷     वीरगंज, घण्टाघर चोकमा तिहारको लागि बेच्न राखिएको र·ीच·ी माटाका भा“डाकु“डा बडो मनमोहक देखिन्छ ।     वर्षमा दिपावलीकै अवसर पारी यस्तै भा“डाकु“डाहरू बर्सेनि घण्टाघरमा ठूलो सङ्ख्यामा थुपारिने गरिन्छ । तर त्यस्ता भा“डाकु“डा बनाउ“दा ठूलो श्रम लागेको हुन्छ भने शायद कमैले थाहा होला । माटोबाट कसरी भा“डाकु“डा बनाइन्छ, पोलिन्छ र विभिन्न बजारमा ल्याएर बिक्री हुन्छ भनी जान्नको लागि पर्साको कुम्हालहरूको गढ मानिने सुरजाहा“ पुग्यौं ।     सुरजाहा“ गाउ“मा माटोका भा“डा बनाउने सानो कारखाना नै सञ्चालनमा रहेको देखिन्छ । घण्टाघरमा आउने भा“डाकु“डाहरूमध्ये ७० प्रतिशत त्यही गाउ“को उत्पादन हुने गर्छ ।     ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा बिएड पढ्दै गरेका १९ वर्षीय मुकेश प्रजापति अहिले पढाइभन्दा माटोको भा“डा बनाउन व्यस्त देखिन्छन् । उनलाई कसैको कुरा सुन्ने र बताउने फुर्सत छैन । यसपालिको दिपावलीमा उनले ७० हजार कमाउने लक्ष्य राखेका छन् । उनको लक्ष्य ३० हजार दियो, १५० हात्ती, ५०० कलश, ३०० ढकना, २०० कढाइ तथा २०० खुत्रुरूके बैंक बनाउने छ । गाउ“बाट माटो ल्याई आवश्यकता अनुसार 

ग्लोबल हंगर इन्डेक्स

Image
ई. गोपाल श्रेष्ठ     ग्लोबल हंगर इन्डेक्स अर्थात् जिएचआईले विश्वव्यापी भोकमरीको अवस्था जनाउ“छ । राजनैतिक अस्थिरता र गृहयुद्ध चलिरहेका सिरिया, हैटी, यमनजस्ता देशहरूमा भोकमरीको अवस्था धेरै नै खतरापूर्ण छ । यी देशहरूको जिएचआई मापन अड्ढ ३५ भन्दा माथि नै छ । यो अड्ढ जति कम भयो उति नै भोकमरीको अवस्था नभएको अर्थात् कम भएको जनाउ“छ । उदाहरणको लागि चीनको जिएचआई ७.७ छ भने हाम्रो देशको २१.९ छ अनि भारत, पाकिस्तान, ब·लादेश, अफगानिस्तान, श्रीलड्ढा आदिको क्रमशः २८.५, ३३.४, २७.१, ३४.८, २५.५ छ । यी तथ्याड्ढले चीन भोकमरीको अवस्थाबाट झन्डै मुक्तजस्तो देखिन्छ भने दक्षिण एसियामा हाम्रो स्तर अन्य दक्षिण एसियाली देशहरूभन्दा राम्रो देखिन्छ ।     जिएचआई मापन अड्ढ १०.१ र सो भन्दा माथि १९.९ सम्मले भोकमरीको अवस्था खतरातर्फ उन्मुख रहेको जनाउ“छ । यो वर्गीकरणमा फिलिपिन्स, थाइल्यान्ड, भियतनाम, इजिप्ट, म·ोलिया, दक्षिण अफ्रिका, ओमान  आदि देशहरू पर्छन् । जिएचआई मापन अड्ढ ८.४ देखि ९.८ सम्मले भोकमरीको अवस्था सामान्य जनाउ“छ । यो वर्गीकरणमा चीन, मलेसिया, फिजी, लेबनान, रोमानिया, युक्रेन, टर्की, कुबेत, अर्जेन्टिना आदि पर्छन्

लोकमान प्रकरणका विभिन्न आयामहरू

Image
विश्वराज अधिकारी     अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाइएको छ । यो महाअभियोग प्रस्ताव संसद्बाट पारित भएमा कार्की पदच्युत हुनेछन् । साथै कार्यवाही (महाअभियोग) द्वारा आपूmलाई पदच्युत गरिएको इतिहास पनि उनले सदाका लागि आपूm साथ लिएर जानेछन् । संवैधानिक पदमा पुगेर पदच्युत भएपछि उनको पछिको सार्वजनिक जीवन कस्तो हुनेछ त्यो कार्कीले नै सोंच्ने कुरा हो । तर अहिलेको लागि भन्ने हो भने कार्कीमाथि केवल महाअभियोग लगाइएको छ, त्यसमाथि संसद्मा मतदान भइसकेको छैन । र मतदान उनको पक्ष वा विपक्ष, केमा हुन हो अहिले केवल अनुमान मात्र गर्न सकिन्छ ।     नेताहरूको विवेक र इमानदारी अनुरूप नेपालमा राजनैतिक र प्रशासनिक घटनाहरू प्रभावित हुने नभई उनीहरूको स्वार्थ अनुरूप प्रभावित हुने भएकोले महाअभियोग प्रस्तावले अन्तिम समयमा कुन कोल्टो फेर्न हो अहिले नै थाहा पाइहाल्ने स्थिति छैन । तर जनदबाब बढ्दै गएमा सो प्रस्तावको पक्षमा दलहरूले मतदान गर्नुको विकल्प रहने छैन, किनभने लोकमान प्रकरणले अत्यधिक (कु) चर्चा पाएकोले उनीमाथि कार्यवाहीको नाटक गरेर भए पनि भोलिको चुनावमा जनता

सुस्त रेमिट्यान्सले अर्थतन्त्रमा प्रतिकूलता

Image
शीतल महतो     यस वर्ष आर्थिक वृद्धिदर सन्तोषजनक हुने सड्ढेत देखिए पनि रेमिट्यान्सको वृद्धिदरमा आएको सुस्तताका कारण अर्थतन्त्रमा सुधार हुने सम्भावना देखिंदैन । गत आर्थिक वर्षको पहिलो दुई महिनामा साढे २७ प्रतिशतले बढेको रेमिट्यान्स अहिले जम्मा ६ दशमलव ६ प्रतिशतले मात्र बढेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारमा गएका नेपालीले रु एक खर्ब ७४ करोड मात्र रेमिट्यान्स नेपाल पठाएका छन् । गत वर्षको साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा रु एक अर्ब ३३ करोड रेमिट्यान्स घटेको छ भने गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा रेमिट्यान्समा थोरै वृद्धि भएको तथ्याड्ढ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याड्ढले जनाएको छ । हुनत नेपालमा प्रतिवर्ष साढे ६ खर्ब रुपिया“ रेमिट्यान्स आउने गरेको तथ्याड्ढ छ । यो कुल गार्हस्थ्य उत्पादनको ३२ प्रतिशत हो । मुलुकको राष्ट्रिय अर्थतन्त्रमा यत्रो योगदान गरेको क्षेत्रमा अलिकति पनि सुस्तता आउने हो भने त्यसको मार प्रत्यक्ष रूपले अर्थतन्त्रमा पर्नेमा कुनै शड्ढा छैन ।     अहिलेसम्म हाम्रो अर्थतन्त्रलाई रेमिट्यान्सले नै भरथेग गर्द

सङ्घीयता र आर्थिक विकासको पूर्वाधार

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     सङ्घीयता अपरिहार्य भए पनि सङ्घीय राज्यमा आर्थिक पूर्वाधार तयार हुनु त्यतिकै आवश्यक छ । एकात्मक शासन भएको व्यवस्थामा  राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई सड्ढटन्मोख बनाएको थियो, त्यस्तो दुरवस्था सङ्घीय नेपालमा नपरोस् भन्नेतर्फ पनि ध्यान दिनैपर्छ । एकात्मक शासनमा सम्पूर्ण आर्थिक परिसूचक नकारात्मकप्रायः रहन्थ्यो, शोधान्तर बचत एकदमै न्यून हुन्थ्यो । व्यापार घाटा त अद्यापि उच्च छ । विकास गतिविधि ठप्प छन् । गौरवका योजनाहरू निराशाजनक छन् । मह“गी मात्र बढेको छैन, ग्या“सलगायत आधारभूत आवश्यकताको परिपूर्तिमा राज्य कमजोर बन्ने गरेको छ । सरकारी सेवा प्राप्त गर्न समस्या छ ।कतै सेवा केन्द्र स्थापनाको माग थियो भने कतै विरोध । यसको प्रमुख कारण सरकारी सेवामा सहज पहु“चको अभाव हो । वैदेशिक सहायताका आयोजना प्रभावित छ । लगानीमैत्री वातावरण बिथोलिएको त छ भने भएको लगानी पनि पलायन हु“दैछ । २०१२–१३ लाई लगानी वर्ष घोषणा गरिए पनि २०१६ आइसक्दा पनि लक्ष्य पूरा हुन सकेको छैन । यी सबैको प्रमुख कारण राजनीतिक अस्थिरता र आर्थिक विकासप्रति दलहरूको असंवेदनशीलता हो । यस्तो दुरवस्था सङ्घीय

धन्वन्तरि जयन्ति

Image
डा. रमेश मिश्र     विश्वमा धेरै चिकित्सा पद्धतिहरू छन जसबाट विश्वमा देखापरेका रोगहरूको उपचार र रोग लाग्नबाट बच्ने देश, काल र परिस्थिति अनुसारको व्यवस्था गरिएको छ । तीमध्ये आयुर्वेद चिकित्सा पद्धति विश्वकै प्राचीन चिकित्सा पद्धति हो । आयुर्वेदको उत्पत्ति मानव उत्पत्तिभन्दा पहिले नै भएको मानिन्छ । आयुर्वेदको उत्पत्ति भगवान धन्वन्तरिबाट भएको मानिन्छ ।     कार्तिक कृष्णपक्ष त्रयोदशी आयुर्वेदका प्रवत्र्तक भगवान धन्वन्तरिको जयन्तीको अवसरमा आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घसंस्था, अस्पताल, चिकित्सालयमा भगवान धन्वन्तरिको पूजा गरिन्छ र आप्mनो र आप्mना सबै रोगी र अन्य व्यक्तिको दीर्घायु सुस्वास्थ्यको कामना गरिन्छ । धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाइन्छ । वास्तवमा विश्वमा नै यही दिनलाई आरोग्य दिवस मान्नुपर्छ किनकि प्रत्यक्ष वा अप्रत्यक्ष अधिकांश देशमा यस दिनलाई धनतेरसको रूपमा मनाइन्छ जुन धन्वन्तरि तेरसको अपभ्रंश  हो । यस दिन घर–घरमा सरसफाइ गरी नया“ भा“डा किन्ने प्रचलन छ । धन्वन्तरि अर्थात् आयुर्वेदका देवताको उत्पत्तिबारे विभिन्न मतहरू छन् ।