प्रस, वीरगंज, १२ असोज/
विन्दवासिनी कोइलाभार साझेदारी वन व्यवस्थापनको समितिको असोज १२–१३ गते हुने निर्वाचन रोकिएको छ ।
सुरक्ष्Fा दिन नसकेको भन्दै गृह मन्त्रालयले पठाएको पत्रलाई आधार मानी निर्वाचन प्रक्रिया रोकिएको हो । १२ गतेदेखि शुरु हुने निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र अधिकांश मतदाता निर्वाचनस्थलमा पुगिसकेको क्रममा अचानक निर्वाचन स्थगित भएको भन्दै त्यहाँ लगाइएको टेन्टमा आगजनी गरी नष्ट गरिएको जिल्ला वन कार्यालय, पर्साले जनाएको छ ।
आज दिनभरि सशस्त्र र नेपाल प्रहरीले जिल्ला वन कार्यालयलाई सुरक्ष्Fा गरेको थियो । नेकपा एमाले समयमा चुनाव हुनुपर्ने माग गर्दै चुनावी रणनीतिमा उत्रेको थियो । नेका चाहिं चुनाव रोक्न सफल भएको देखिन्छ । २०६९ असार १८ गते हुने चुनाव १७ गते राति नै स्थगित भएको र त्यसपछि चार वर्षपछि असोज १२–१३ गते चुनाव हुने सर्वदलीय समितिले निर्णय गरेको थियो । सोही विषयलाई लिएर जिल्ला वन कार्यालयका प्रमुख वन अधिकृत चन्द्रदेवलाल कर्णलाई विभागले फिर्ता बोलाएको थियो । कर्णले चुनाव नगर्दा उपभोक्ताले पाउनुपर्ने करोडौं मूल्य बराबरको १५ हजार क्युफिट काठ नष्ट हुने अवस्थामा रहेकोले चुनाव गराई छाड्ने जनाएपछि सुरक्ष्Fाको कारण देखाउँदै निर्वाचन रोकिएको हो ।
यस विषयमा चुनावमा अगुवाइ गरेका एमाले सभासद् राजकुमार गुप्तासँग बुझ्दा काङ्ग्रेसको कारण चुनाव भाँडिएको आरोप लगाए । विगत चार वर्षदेखि चुनाव हुन नदिनु ठूलो खेल रहेको उनले प्रतिक्रिया दिए । तर एमाले चुप लागेर बस्दैन उनले बताए । चुनावको सम्पूर्ण तयारी भएपछि टेन्ट, खाना, खाजालगायत सामग्रीहरू खेर भएको हुनाले रु ५ लाख घाटा लागेको आयोजक समितिले जनाएको छ ।
सहायक वन अधिकृत वशिष्ठनारायण प्रसाद कुर्मीका अनुसार सम्पूर्ण सामग्री खरिद भइसकेको अवस्थामा अचानक चुनाव स्थगित भएपछि रकम घाटा लागेको बताए । जिल्ला वन कार्यालयको क्वार्टरमा सामानहरू खरिद भएको र धेरै सामान कुहिरहेको देखिन्छ ।