$type=ticker$count=12$cols=4$cate=0

राजमार्गहरू किन बनिरहेछन् मृत्युमार्ग

SHARE:

सञ्जय साह मित्र
    साँच्चीकै राजमार्गमा यात्रा गर्न सबै डराउन थालेका छन् । हरेक दिन कुनै न कुनै दुर्घटनाको खबर आइरहेको छ । साना दुर्घटनाका खबरहरू त स्थानीय सञ्चारमाध्यममा समेत स्थानीयले चासो देखाउन छाडिसके । सामाजिक सञ्जालहरूमा दुर्घटनाका फोटा तथा समाचारहरू भरिएका हुन्छन् । सबैतिरबाट निरन्तर दुर्घटनाका खबरहरू आइरहँदा समाजमा यात्राप्रति नै नकारात्मक दृष्टि बनिरहेको छ । यात्राबारे मानिसमा नकारात्मक दृष्टिकोण बन्दै जानु पक्कै पनि राम्रो होइन । समाजमा यात्रा भन्नु नै जोखिमपूर्ण काम हो भन्ने पर्न गएमा समाज विकासका अन्य क्षेत्रहरूमा समेत नकारात्मक प्रभाव पर्ने निश्चित छ । समाजलाई अहिलेको अवस्थाबाट अगाडि बढाएर अलिकति भए पनि नकारात्मक प्रभाव कम गर्नु आवश्यक छ ।
    देश–विदेश घुमिरहनेहरूले भन्ने गरेका छन् –नेपालको सडक यातायातको लायक नै छैन । गएको साउन महिनामा भारतको एकतर्फी करिब एक हजार एक सय किलोमिटर लामो यात्राको क्रममा दुर्घटना भएको पाइनँ । हामीले पूरै अव्यवस्था भन्ने गरेको बिहारमा पनि सडकको हाम्रोजस्तो अवस्था रहेको देखिंदैन । बरु धेरै लामो समयसम्म जाम भएको भने देखिन्छ तर जाममा समेत धेरै अव्यवस्था हुने गरेको पाइएन । बलमिच्याइ गर्नेहरू त धेरै निस्किने गरेको देखियो तर बलमिच्याइलाई रोक्नेहरू अझ बलियो भएर निस्केको पनि देखियो । बाटोमा पुलिसले धाक लगाएको देखिंदैन । पुलिसको सम्मान सबैले समानरूपमा गरेको देखिनु अनुकरणीय देखियो । अन्य देशमा घुमेकाहरूले भारतको सडक यातायातलाई त्यति राम्रो मानेको पाइन्न तर त्यो पनि हाम्रो सडक यातायातभन्दा कैयौं गुणा राम्रो छ ।
    नेपालको सडकको अवस्था साँच्चीकै कमजोर छ । नदीको किनारबाट सडकहरू निकालिएका छन् । एकातिर जति अग्लो पहाड हुन्छ अर्कोतिर त्यत्तिकै गहिरो नदी हुन्छ । एकातिर पहाडमा ठोकिने डर र अर्कोतिर नदीमा खस्ने डर हुन्छ । डरैडरमा चालकले गाडी चलाउनुपरेको हुन्छ । साँघुरो सडकको अवस्था त सबैले बुझेकै छन् । साँघुरो सडक हाम्रो नियति हो । सडकहरू फुटेका हुन्छन् । मरम्मत गर्दै अगाडि बढ्दै जाने तथा पछाडिबाट सडक फुट्दै जाने देखिएको छ । सडकमा महिनौं खाल्टो हुन्छ, मरम्मत गर्न कोही अघि  सर्दैन । हाम्रो राष्ट्रिय सडकको स्वास्थ्य जहिले पनि कमजोर रहन्छ । सडकको अवस्था जहिले पनि डरलाग्दो हुन्छ । बेला कुबेला सडकमा यात्रा गर्न निकै डर हुने गरेको छ । अझ पहाडको यात्रा गर्नुपरेको छ भने जानुभन्दा पहिले सबैले कैयौंपल्ट सोच्नुपर्छ ।
    चालकको लापरवाहीलाई पनि दुर्घटनाको कारक मान्ने गरिएको छ । चालकलाई दुर्घटनाको कारण मानिनु स्वाभाविकै हो । कतिपय चालकहरूको लापरवाहीकै कारण सडक दुर्घटना हुने गरेको कुरोमा शङ्का छैन । मोबाइल फोनमा कुरा गर्दै गाडी चलाइरहनु तथा मोबाइलमा गीत सुन्दै गाडीमा ध्यान दिनुको साटो गीतमा झुम्मिन थाल्नुले पनि दुर्घटना निम्त्याउने गरेको छ । सधैं हिंडिरहेको बाटो त हो, यो बाटोमा यतिका वर्षदेखि लगातार गाडी चलाइरहेको छु, कुनै सानोतिनो दुर्घटना भएको छैन भन्ने अनावश्यक आत्मविश्वासले दुर्घटना हुने गरेको छ । कतिपय चालक त मदिरा सेवन गर्ने गरेको पनि नदेखिएका होइनन् । धेरै गाडीका चालकका लागि राजमार्गमा निश्चित होटल छ । होटलमा पस्नासाथ चालकको रुचि अनुसार भोजन र खाजा दिइन्छ । खाजासँगै पहिले नै ठीक्क पारिएका गिलास ल्याएर दिइन्छ । द्विविधाको कुनै कुरा छैन, पहिलेदेखि ठीक्क पारिएका गिलासमा मदिरा हुन्छ । हल्का मदिरा पिएर गाडी चलाउँदा आनन्द आउने गरेको त सामान्य मोटरसाइल चलाउनेहरूले पनि बताउने गरेका छन् । अलिकति बियर वा थोरै मदिरा पिएर गाडी चलाउँदा दिमागले एकदम राम्रो काम गर्ने गरेको भ्रमपूर्ण भनाइ धेरै चालकहरूको सुन्न पाइन्छ ।
एकथरिले अस्थिर सरकारलाई पनि दुर्घटनाको कारण मान्न थालेका छन् । बौद्धिक समुदायमा मुख्यगरी यस किसिमको भनाइ सुन्न पाइन्छ । वास्तवमा सोझोरूपमा हेर्दा सडक दुर्घटनासँग अस्थिर सरकारको कुनै सम्बन्ध हुन नपर्ने हो तर गहिरिएर हेर्ने हो भने केही हदसम्म हो पनि । सरकारहरू निरन्तर परिवर्तन भइरहने र सरकार परिवर्तन भएसँगै सडकलाई हेर्ने सरकारी कर्मचारीहरू पनि परिवर्तन हुने गरेको सुनिन्छ । सडकसँग सम्बन्धित धेरै क्षेत्रका कर्मचारीको मानसिकतामा सरकार परिवर्तनसँगै परिवर्तन आउने गरेको स्वाभाविक पनि हो । अस्थिर सरकारको कारणले ट्राफिक व्यवस्थामा समेत परिवर्तन आउने गरेको सुनिएको छ । सबैले राम्ररी बुझेका छन्, सडक यातायातमा ट्राफिक व्यवस्थापनको निकै महŒवपूर्ण भूमिका हुन्छ । यसबाहेक पनि सडक यातायातलाई व्यवस्थित गर्न सरकारको भूमिका हुने कुरालाई बुद्धिजीवीहरूले औल्याएका छन् ।
    केही साताको अन्तरालमा ठूला सडकमा दुर्घटनाहरू भइरहेका छन् । एकजनाले व्यङ्ग्यको रूपमा सडक यातायातलाई साह्रै नराम्रो भन्दै राजमार्गलाई मृत्युमार्ग भनेका छन् । मृत्युमार्गमा यात्रीहरू निरन्तर हिंडिरहँदा उसलाई कतिखेर आप्mनो लक्ष्यमा पुग्ने भन्ने कुनै निश्चित हुँदैन । यात्रामा निस्केका कोही पनि सकेको जति छिटो र पूर्णतः सकुशल गन्तव्यसम्म पुग्न चाहेको हुन्छ । अहिलेको समयमा यात्रालाई सिध्याएर कोही यदि सजिलै र सरलतासित आरामले गन्तव्य पुग्न सफल भएमा निकै खुशी हुन्छन् । गन्तव्यमा पुगेर ईश्वरलाई धन्यवाद दिन्छन् । ईश्वरलाई सम्झेर यात्रा गरिरहनुपर्ने अवस्थामा यात्राको आनन्द आउँदैन । जब यात्रामा आनन्द हुँदैन, यात्रा मानिसको बाध्यता हो भन्ने मात्र निश्चित हुन्छ । बाध्यतामा यात्रा गर्नुपर्दा साँच्चीकै यात्राको क्षेत्रलाई व्यवसाय बनाएकाहरूको हकमा भने सकारात्मक प्रभाव दिने आशा घट्न जान्छ ।
    सडक यातायात निरन्तर असुरक्षित बन्दै गइरहेको अनुभव भइरहेको सन्दर्भमा यसलाई सुरक्षित बनाउने उपायको खोजी गर्नु अत्यन्त आवश्यक भइसकेको छ । सरकारले सवारी चालकहरूको योग्यता तोकिरहेको, सवारी चालक अनुमतिपत्रमा कडाइ गरिरहेको, यात्रामा टाइम कार्ड लागू गरिरहेको, ट्राफिक प्रहरीलाई सक्रिय बनाइरहेको र अन्य उपाय पनि अवलम्बन गरिरहेको छ । सरकारले सडकको अवस्थामा पनि निरन्तर सुधारको कार्य गरिरहेको छ । साँघुरा सडकहरूलाई पनि चौडा बनाउने काम निरन्तर गरिरहेको छ । तर पर्याप्त हुन नसकेको र सुधारको गति पनि पर्याप्त हुन नसकेको गुनासो भने छ । अझ एउटा कुरोमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक भइसकेको यात्रुहरूको ठम्याइ छ ।
    सडक यातायात चल्ने सम्पूर्ण मार्गहरूमा होटलहरू रातभर खुला हुन्छन् । होटलहरू खाजा, चिया र मदिरापान आदिका लागि खुला हुन्छन् । होटलहरू सधैंभरि वा रातभरि खुल्ने हुन्छन् । यस प्रकारका होटेलहरूले यात्रुलाई निस्सन्देह सुविधा प्रदन गरेका हुन्छन् । तर यात्रुहरूका मतमा भने सबै किसिमका होटलहरूलाई खुला छोडे पनि कम्तीमा राजमार्गका होटलहरूमा मदिरा पूर्णतः निषेधित गर्नुपर्छ । राजमार्गका कुनै पनि होटेलमा यदि कुनै पनि समयमा मदिरा बेच्न तथा पिउन प्रतिबन्धित गरियो भने सडक दुर्घटना निकै हदसम्म कम गर्न सकिन्छ । सडक मार्गमा हुने साना तथा ठूला दुर्घटना रोक्न अन्य उपाय पनि हुुनु आवश्यक छ, साथमा मदिराको खुल्लमखुला बिक्रीलाई भने तत्काल नियन्त्रित गर्नु जरुरी भएको धेरै यात्रीको भनाइ छ । र यो भनाइ अनुचित पनि होइन ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राजमार्गहरू किन बनिरहेछन् मृत्युमार्ग
राजमार्गहरू किन बनिरहेछन् मृत्युमार्ग
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgKdbr6Sbq5vjys7P9tStSsOSXcDWBmb8K4vywu3sdytCgzPYWJ7xjzMgN6sgicqnOJBjqwM8BlR9z1MehcYCVP0BEb18E7swlRsgcdsX6ZKzIbag0-28E5ks0vcDvsMVeIcbEtfjYBquY/s200/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgKdbr6Sbq5vjys7P9tStSsOSXcDWBmb8K4vywu3sdytCgzPYWJ7xjzMgN6sgicqnOJBjqwM8BlR9z1MehcYCVP0BEb18E7swlRsgcdsX6ZKzIbag0-28E5ks0vcDvsMVeIcbEtfjYBquY/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/09/post431.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/09/post431.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy