प्रस, पोखरिया, १२ असोज/
पोखरियामा कृषि विकास बैंक स्थापना भएको करिब एकवर्ष हुन लाग्दा पनि बैकिङ्ग सेवा सञ्चालन हुन सकेको छैन । माओवादी जनयुद्धमा विस्थापित कृषि विकास बैंक ११ महिना अघि पुनस्र्थापित भएको हो ।
बैंकले कर्जा असुली र ऋणका लागि कागजात तयार गर्नसम्मको मात्र काम गर्दै आएको छ । रकम जम्मा गर्न, चेक साट्न, रेमिटेन्सको रकम लिन र बैंक ग्यारेन्टीका लागि सेवाग्राहीलाई पोखरियाबाट लामो दूरी तय गरी वीरगंज आउनुपर्ने बाध्यात्मक अवस्था विद्यमान छ ।
कृषि विकास बैंक, पोखरिया शाखाका प्रबन्धक सुरेश चौधरीले सेवा विस्तारका लागि माथिल्लो निकायमा पत्राचार भइसकेको र केही महिनामैं थप सेवा प्रदान गरिने माथिल्लो निकायबाट आश्वासन आएको बताए । उनले हाल कर्जा असुली र कर्जा लिनेलाई आवश्यक कागजात तयार पार्नेसम्मको अधिकार भएको र आपूmहरूले सोही अनुरूपको काम गर्दै आएको जानकारी गराए । प्रबन्धक चौधरीले सेवा विस्तारका लागि दैनिक मानिस शाखामा आउने गरेको बताए ।
पोखरियामा कृषि विकास बैंकले सेवा प्रदान गर्नु अघि एचएनवी बैंकले सेवा शुरू गरेको थियो । हाल मर्जरपछि विभोर सोसाइटी विकास बैंकमा परिणत सो बैंकमा रेमिटेन्सका लागि आउनेहरूको घुइँचो लाग्ने गरेको छ । ‘ख’ वर्गको बैंक भएकोले कतिपय निर्माण ठेक्काको काममा बैंक ग्यारेन्टी दिनुपर्दा विभोर सोसाइटी विकास बैंकको ग्यारेन्टी मान्य नहुने हुँदा निर्माण व्यवसायीहरूलाई समस्या परिरहेको
छ ।
यसैगरी पोखरिया र आसपासका गाउँका विद्यार्थीहरू वीरगंज र वीरगंज बाहिर अध्ययन गर्दै आएकामा उनीहरूको खर्च पठाउने क्रममा पनि स्थानीय अभिभावकहरूलाई समस्या भइरहेको छ ।
बैंकिङ कारोबार सञ्चालन नहुँदा कृषि विकास बैंकमा बचत गरी आप्mना छोराछोरीको खातामा रकम पठाउन नसकिएको एकजना अभिभावकले गुनासो गरे । सानो कामको लागि पनि वीरगंज जानुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्त बनाउन सम्बन्धित कार्यालयले पहल गर्नुपर्ने उनको भनाइ छ ।