प्रस, निजगढ, १३ असोज/
नजिकिंदो बडादशैं, दिपावली र छठको अवसरमा बिहीवारदेखि निजगढमा पूmटबल प्रतियोगिता शुरू भएको छ । आज दुई चरणको खेल सम्पन्न भएको छ ।
चपुर युवा क्लब, चन्द्रनिगाहपुर र नव जनजागृति युवा क्लब निजगढबीच भएको पहिलो चरणको खेलमा ० का विरुद्ध १ गोल गरी चपुर विजयी भएको छ । त्यसैगरी दोस्रो चरणको खेल द गड्डाज युवा टिम निजगढ र बागभैरव युवा क्लब निजगढबीच भएको थियो । सो खेलमा ० का विरुद्ध ४ गोल गरी बागभैरव युवा क्लब विजयी भएको छ ।
सो प्रतियोगितालाई एक समारोहबीच प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव, निजगढ निवासी युवराज लामाले उद्घाटन गरेका थिए । खेल जीवनका लागि अपरिहार्य रहेको बताउँदै स्वस्थ रहन खेल खेल्न उनले सबैलाई आग्रह गरे ।
स्वस्थ रहन उमेर, शरीर अनुसार खेल छनोट गरी निरन्तर खेल्दा स्वस्थ हुनाका साथै तनावमुक्त हुने, जसले सकारात्मक सोचमा सघाउ पुग्ने प्रमुख अतिथि लामाले बताए । आपूm सचिव पदमा रहे वा नरहे पनि खेल र खेलाडीका लागि जहिले पनि सहयोग गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे । कुनै पनि खेलको आयोजना गर्नु चुनौतीपूर्ण कार्य हो भन्दै सफलताका साथ प्रतियोगिता सम्पन्न हुने शुभकामना दिंदै सहयोगी हातहरूलाई उनले धन्दवाद दिए ।
समारोहमा निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनाल, इप्रका निजगढका प्रहरी निरीक्षक सुभाषकुमार गैरेलगायतले मन्तव्य राखेका थिए । द मङ्गोलियन हार्ट युथ क्लब निजगढको आयोजनामा शुरु भएको यो जिल्लास्तरीय नकाउट पूmटबल प्रतियोगिता दोस्रो हो । आयोजक क्लबका अध्यक्ष पूर्णबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भाइकाजी श्रेष्ठले गरेका थिए । खेल निजगढ, बकैयाखोला किनारको खेल मैदानमा भएको हो । भोलिको पहिलो चरणको खेल पुरानो निजगढ/सिम्री युवा क्लब र दोस्रो चरणको खेल हिमाल युवा क्लब निजगढ/ओझेल युवा क्लब टाँगियाबस्ती बीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १४ टिम सहभागी छन् ।
खेलमा रेफ्री धनबहादुर लामा थिए भने लायन्समैन शक्ति लामा, लक्षु लामा र राज गुरुङ थिए । प्रतियोगिताका विजेता टिमलाई ट्रफीसहित नगद रु १५ हजार र उपविजेता टिमलाई ट्रफीसहित नगद रु १० हजार, प्रमाणपत्र, मेडल लगायत पुरस्कार दिइने जनाइएको छ ।