प्रस, वीरगंज, ११ असोज/
वीरगंजमा हरियो तरकारीको मूल्य आकाशिएको छ । छिमेकी जिल्ला बारा, मकवानपुर अनि भारतबाट आउने हरियो तरकारीको मूल्य एकसातादेखि वृद्धि भएको हो । कुनै बेला सबैभन्दा महँगो भएको प्याज अहिले बजारमा सबैभन्दा सस्तो छ । थोकमा प्रतिकिलो रु २५ छ भने खुद्रामा रु तीसमा बिक्री भइरहेको छ । प्याजको तुलनामा अहिले आलु महँगो भएको छ ।
पुरानो आलु प्रतिकिलो थोकमा रु ४० र नयाँ आलु रु ५० सम्म छ । वीरगंज बजारमा पाइने हरियो तरकारीमा सबैभन्दा बढी बोडी, कोभी, भेडे खुर्सानी, करैला, खुर्सानी प्रतिकिलो सयको हाराहारीमा छ । यसैगरी काँक्रो रु ८०, रामतोरइ रु ६०, भन्टा रु ६०, परवल रु ६०, स्कुस रु ३०, बन्दा रु ४०, गोलभेडा रु ५०, घिरौला रु ४०, लौका रु ५० मा बिक्री भइरहेको छ ।
लगातार वर्षा भएपछि हरियो तरकारीको आपुर्ति कम भएको र माग बढी भएको कारण तरकारीको मूल्य बढेको तरकारी व्यवसायीहरूले बताएका छन् । पर्सा जिल्लामा कुल खपतको ३० प्रतिशत मात्र हरियो तरकारी उत्पादन हुन्छ, बाँकी ७० प्रतिशत बारा, मकवानपुर र छिमेकी भारतबाट आपूर्ति हुन्छ । भारतबाट प्याज, आलु, परवल, खुर्सानी, आउँछ भने बोडी, भन्टा, लौका, घिरौला, पर्सा र बारा तथा बाँकी हरियो तरकारीहरू कोभी, करैला, बन्दा, स्कुस, रामतोरइ, भेडेखुर्सानी, काँक्रो आदि मकवानपुरबाट आपूर्ति गरिन्छ । मकवानपुरको हरियो तरकारीले अहिले छिमेकी भारतको सीमावर्ती बजार आगेटेको छ ।
वीरगंजमा दैनिक १५ ट्रक हरियो तरकारी मकवानपुरबाट आउने गरेको छ भने त्यसमध्ये ३ देखि ४ ट्रक वीरगंजमा खपत हुने र बाँकी भारत जाने गरेको छ । वीरगंजमा तरकारीको भाउ थोक तरकारी बिक्रेताले तय गर्छन् । माग अनुसार तरकारी बजारमा आएको बेला भाउ सस्तो हुने अन्यथा चर्काे हुने गर्छ ।
आलु र प्याजको भाउ भने भारतबाट हुने आपूर्तिको आधारमा गरिन्छ । आलु यता आएर मकवानपुरबाट पनि आउन थालेको छ । पालुड्ढो आलु झरेपछि वीरगंजमा त्यसको माग बढी हुने आलु व्यावसायीले बताए । अहिले थोरै मात्रामा पालुङबाट आलु आइरहेको छ ।