नेपाल राष्ट्र बैंक वीरगंज शाखाले सञ्चारकर्मीसँग अन्तत्र्रिmया गरेको छ ।
होटल मकालुमा आयोजित अन्तत्र्रिmयामा सहभागी स्थानीय सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयका प्रवक्ता त्रिलोचन पंगेनीले नेपालको आर्थिक अवस्था ओरालो लाग्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
कुल गार्हस्थ्य उत्पादन दिन प्रतिदिन ओरालो लाग्दै जाँदा देशमा बेरोजगारी सङ्ख्या बढेको, व्यापार घाटा वृद्धि हुँदै गएको कारण मुलुक दिन प्रतिदिन कमजोर हुँदै गएको बताए ।
भूकम्प तथा राजीतिक अस्थिरताको कारण जिडिपी बर्सेनि घट्दै गएको प्रवक्ता पंगेनीले बताएका थिए । आर्थिक वर्ष २०७१–०७२ को तुलनामा २०७२–०७३ मा १.२ प्रतिशतले जिडिपी घटेको र कृषि, गैरकृषि क्षेत्र तथा निर्यात थोरै तथा आयातमा कमी आएको उनले बताए ।
जनताको आवश्यकताको वस्तुको उत्पादन नबढ्नु, आयात बढ्दै जानु देशको लागि घातक हुने उनले बताए । देशमा रेमिटेन्स बढ्नु गरिबीको सङ्केत हो । युवाहरू विदेशिएका कारण विदेशी मुद्रF नेपालमा आउने र सोहीबाट देश चल्ने गरेको बताए ।
कर्जामा वृद्धि, उत्पादन नबढ्नु र आयात बढ्नु नेपालको लागि खतराको विषय बनेको बताए । गत वर्षको तुलनामा यस वर्ष वाणिज्य बैंक, विकास बैंक, वित्तीय कम्पनी, लघु विकास बैंकहरूले शाखा विस्तार गरेपश्चात् नेपालका केही युवाले रोजगार पाएको उनले बताएका थिए ।
नेपाल सरकारले आप्mनो जनतालाई दिंदै आएको भारतीय रुपियाँ अमेरिकी डलरबाट साटेर ल्याएको उनले बताएका थिए । भारतबाट सो रकम नेपाल ल्याउने प्रक्रिया झन्झटिलो रहेको र खर्च पनि बढ्दै गएको कारण अब नेपाली जनताले इ–बैकिंग ड्राप्mट तथा डलरबाट काम गर्न सुझाएका थिए ।
आर्थिक वर्ष २०७२–०७३ मा ३३ अर्ब ४० करोड अमेरिकी डलर साटेर २ खर्ब २५ अर्ब भारतीय रुपियाँ खरिद गरी नेपाली जनतालाई आपूर्ति गरेको प्रवक्ता पंगेनीले जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक वीरगंज शाखाका उपनिर्देशक प्रदीप भट्टराईले बारा, पर्सा, रौतहट, चितवन, मकवानपुरमा वाणिज्य बैंक, विकास बैंक, वित्तीय कम्पनी, लघु विकास बैंकले ४६६ स्थानबाट सेवा दिइरहे तापनि एक पदार्थ बाहेक कृषि उत्पादन, औद्योगिक उत्पादन, घटेको बताए । खेतीयोग्य जग्गाको प्लटिङ्ग, युवाहरू विदेशिनु, देशमा भएका युवाहरू काम गर्न नसक्नुको कारण कृषि उत्पादन घटेको तथ्याङ्क प्रस्तुत गरेका थिए । पर्साको हकमा आर्थिक वर्ष २०७१–०७२ मा निक्षेप २४.४० अर्ब, कर्जा ६१.१६ अर्ब तथा आर्थिक वर्ष २०७२–०७३ मा निक्षेप ३६.६ अर्ब कर्जा ६०.१६ अर्ब विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेको बताए ।
राष्ट्र बैंक वीरगंज शाखाले दैनिक १० लाखभन्दा बढी भारतीय रुपियाँ वितरण गर्दै आएको उपनिर्देशक भट्टराईले जानकारी गराएका थिए । खुला अन्तत्र्रिmया कार्यक्रममा सञ्चारकर्मीहरूले उठाएका प्रश्नको जवाफ दिंदै नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले ग्रामीण क्षेत्रमा रहेका मुख्य ठाउँमा लघु वित्तीय संस्थाले सेवा दिइरहेको बताए । अन्य बैंकहरूलाई पनि ग्रामीण क्षेत्रमा पुगी सेवा दिन नेपाल राष्ट्र बैंकले दबाब दिंदै आएको उनले बताएका थिए । निजी बैंकहरूको सम्पत्ति पनि निजी भएको कारण लागतसँगै फाइदाको पनि कारोबार हुने गरेको कारण शाखा विस्तार नभएको हुन सक्ने उनले बताए ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल राष्ट्रबैंक वीरगंज शाखाका प्रमुख धनञ्जय शर्माले गरेका थिए ।