–कुमार रुपाखेती
राणाशासनकालमा राजाहरूको स्थान खोपीका देवतासरह हुने भएकोले त्यतिखेर श्री ३ मोहन शम्शेरहरूले प्रधानमन्त्रीको हैसियतमा भारतसँग डिल गर्थे । सक्रिय राजतन्त्रका बखत स्वयम् श्री ५ हरूले नै भारतसँगको सम्बन्ध निर्धारण गर्थे । २०४७ सालपछि नेपालका प्रधानमन्त्रीहरू भारतका निम्ति सर्वेसर्वा बनेका छन् । हाम्रा प्रधानमन्त्रीहरू दुई मुलुकबीचको सम्बन्ध विस्तार र सुधारभन्दा आप्mनालागि भारतको आशीर्वाद अपरिहार्य ठान्छन् । यो कुरा बेग्लै हो कि कतिपय बेला यस्ता आशीर्वादहरू महादेवले भस्मासुरलाई दिएको आशीर्वाद साबित भएको छ । आप्mनो प्रथम प्रधानमन्त्रीत्वकालमा पहिलो विदेश भ्रमणमा चीन गएका प्रचण्ड अहिले राजीखुशीले भारत हानिएका छन् ।
केही अपवादबाहेक नेपालका सबै प्रधानमन्त्रीहरूको विदेश भ्रमणको पहिलो रोजाइ भारत नै हो । अनि यो सिलसिला श्री ३ मोहन शम्शेरहरूको पालादेखि अहिलेसम्म कायम छ । सबै प्रधानमन्त्रीहरू सधैं भारत जान रुचाउने अनि झन्डै सात दशकदेखि चलिरहेको यो परम्पराकाविपरीत नेपाल–भारतको सम्बन्ध जहाँको तहीं मात्र होइन, झन्झन् चिसिंदै गएको छ । मधेस आन्दोलनलाई अघोषित सहयोग गर्न भारतले गरेको लामो नाकाबन्दी, नेपालमा भारतीय नीतिको विरोधमा त्यतिखेर बुलन्द भएको आवाज, भारतीय राजनेताहरूको नाकाबन्दीताका नेपालप्रतिको रोष हाम्रो मानसपटलमा ताजै छ । पूर्वप्रधानमन्त्री ओलीले त पटकपटक भारतको नामै किटान गरेर हिन्दुस्तानले नेपाललाई हेप्ने गरेको, सन्धि सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका थिए । आज पनि सिङ्गो एमालेले प्रचण्ड र भारतको दोस्तीलाई शङ्काको नजरले हेर्दैछ । प्रधानमन्त्री बन्ने बित्तिकै पहिलो खेप भारी भारतमा बिसाउने यत्रो लामो अवधि बित्दासमेत किन नेपाल–भारतको सम्बन्ध सुमधुर हुन सकेन भनी बुभ्mन हामीले इतिहास केलाउनुपर्ने हुन्छ । भारत स्वतन्त्र भएपछि भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले कैयन्पटक नेपाललाई समान मुलुकको दर्जा नदिई हेपाहा पाराले भाषण गरे । एकपटक त राजा त्रिभुवनले आप्mनो किचेन क्याबिनेटमा भारत जाँदा जवाहरले राजाभैंm व्यवहार नगर्ने, कारिन्दालाई भैंm नीति निर्देशन दिने गरेकोले आपूmलाई उनको व्यवहारले चित्त दुख्ने गरेको बताएका थिए । भनिन्छ, इन्दिरा गाँधीको बेफजुल हर्कतले राजा महेन्द्रलाई दियालो बङ्गला चितवनमा हृदयघात भयो ।
चैते प्रधानमन्त्री चन्द्रशेखरले नेपाललाई किन अर्को मुलुक भन्ने भन्दै चुट्किला सुनाउँथे रे । राजीव गाँधीले समेत नेपालप्रति पेलाहा नीति लिए र मरिचमानको पालामा ४५ दिन नाकाबन्दी गरे । राजीवको नाकाबन्दी पनि टिकाउ भएन, मोदीभैंm टायटाय फिस्स भयो । मुराजी देसाई हुन् वा देवगौडा सबैले नेपाललाई गिद्धे आँखाले हेरेको इतिहास छ । टाढा नजाऔं हाम्रFे मुलुकमा बस्ने भारतीय राजदूतहरूको रवैयासमेत दिनको घामभैंm छर्लङ्ग छ । अरू त अरू नेपाल डेस्क हेर्ने भारतीय कर्मचारी, वीरगंजमा रहेको भारतीय महावाणिज्य दूतावास सबै नै नेपाल र नेपालीलाई ब्रिटिश साम्राज्यको आँखाले हेर्छन् । यति तीतो सत्यलाई पचाउँदै नेपालका प्रधानमन्त्रीहरू भारत जान्छन्, सुदामाले कृष्णलाई कनिका खुवाएभैंm आप्mनो झोली खाली र भारतको झोली भरेर आउँछन् । देख्नका लागि डाल, खानका काल हाम्रा नेताहरू कामभन्दा प्रचारमा रमाउने प्रथा छ ।
अब त नेपालीहरूलाई आप्mना प्रधानमन्त्रीमा विश्वास नै छैन, त्यसैले त भारत जानुअघि ऐरेगैरे नत्थूखैरेहरूले समेत यिनलाई नसिहत दिएर भारत पठाउने चलन चलेको छ ।
दर्जनौं प्रधानमन्त्रीहरूको गन्तव्य भारत हुने र भारतसँग हाम्रो सम्बन्ध सुध्रिनुको सट्टा बिग्रिंदै जानु कसको कमजोरी हो ? ‘अबरा के मौगी गाउँभर के भौजी’भैंm किन सधैं भारतसँग लहसिने ?
भनिन्छ, अहिले भारतीय नेतृत्वले ‘संविधान कब संशोधन होगा, मधेसी दलका क्या होगा, अङ्गीकृत नागरिकको विभेद क्यो ?’ भन्ने जस्ता अनर्गल कुरा मात्र उठाउने र प्रचण्डलाई बेइज्जत फिर्ता पठाउने पक्कापक्की छ ।
यसरी भारतमा चाकरी नै बजाउन जानुभन्दा ओली बनेर बस्नु नै बेस भन्नेहरू पनि छन् । अब त नेपालका प्रधानमन्त्री र भारत यस्तो किस्सा भइसक्यो कि जसको न छोर छ, न ओर ।
अब भारतसँग यस्तो ढकोसलापूर्ण सम्बन्ध राख्नुभन्दा छाइफाइ गर्नु नै बेस भन्नेहरू पनि थुप्रै छन् । अबको पुस्ताले पर्ख र हेर होइन कि तुरुन्त परिणाम खोज्ने गर्छन् । यो प्रचण्ड पुस्ताको जमाना होइन भनी स्वयम् प्रचण्डले बुभ्mनु जरुरी छ । साँच्चै अब प्रचण्ड फेरि प्रधानमन्त्री बन्ने कम चान्स छ ।