एउटा प्रसिद्ध उखान छ, गरीब भएर जन्मनु अभिशाप होइन, गरीब मर्नु चाहिं अभिशाप हो । यसको आशय गरीब भएर जन्मनु आप्mनो हातमा हुँदैन तर गरीब भएर मर्नु भनेको क्रियाहीनता हो । आजको विश्वमा कोही पनि मानिस यदि शिक्ष्Fित छ, सीप जानेको वा सिकेको छ, अध्यवसायी छ भने उसले गरीब भएर मर्नुपर्दैन । यो भनाइ जति व्यक्तिको लागि सटिक छ, त्यति नै देशको लागि पनि छ । त्यसैले नेपाल गरीब हुनुमा जेजति परिस्थिति जिम्मेवार भए पनि, त्यसैको अत्तो थापेर रोइरहनुको कुनै अर्थ छैन । अध्यवसाय गर्नुपर्छ, तर यो गर्ने जिम्मा पाएका राजनीतिक दलहरू भने काम गर्नु नपरोस् भनेर विभिन्न अडङ्गा थाप्दै हिंड्छन् । कुरा भौतिक विकासको मात्र होइन, वैचारिकता पनि क्रियाहीन भएको अवस्थाले देशलाई कहिले पनि उँभो लाग्न दिंदैन । पहिलो कुरा विचार हो, विचारले नै कर्मलाई अघि सार्ने हो । विचार कलुषित छ, व्यक्तिमा अन्तर्निहित छ, रचनात्मक छैन भने कर्म अघि सर्नै सक्दैन, स¥यो भने पनि विपरीत दिशा, प्रतिगमनतिर मात्र सर्छ । तर नेपालमा वैचारिक रूढतालाई त प्रतिगमन नै मानिंदैन । प्रतिगमन त राजनीतिमा मात्र हुन्छ भन्ने धारणा विद्यमान भएकोले हिजोको पञ्चायतकालपछि अग्रगामी भनिएको राजनीतिक व्यवस्था निरन्तर परिवर्तन भइरहँदा पनि देशले उँभो लाग्ने सुर कस्न सकेको छैन ।
आज दुई दशक हुन लाग्यो, देशमा स्थानीय निर्वाचन हुन सकेको छैन । स्थानीय मात्र किन, कुनै पनि तह वा संस्थाको निर्वाचन, जसमा सत्तामा बलियो ठाउँ ओगटेको दलको पराजयको लक्षण देखिन्छ, निर्वाचन हुन दिन जति बुद्धि, षड्यन्त्र खर्च गरिन्छ, त्यति चुनाव जित्न गर्ने हो भने जीत सम्भव हुन सक्छ । त्यसैले एउटा जाबो जिल्लाको एउटा मात्र साझेदारीको निर्वाचनमा सत्तासीन दल नेपाली काङ्ग्रेसको पराजयलाई रोक्न चुनाव नै हुन नदिने षड्यन्त्र हुन्छ । पञ्चायतकालपछि सर्वाधिक शासन सत्तामा बसेको नेपाली काङ्ग्रेसमा मतिभ्रम छ । ऊ सबै ठाउँमा आप्mनो वर्चस्व चाहन्छ, तर त्यसको प्राप्तिका लागि प्रजातान्त्रिक पद्धति अँगाल्नुको साटो षड्यन्त्र मात्र गर्छ । आप्mनै पार्टीमा एकताका भ्रातृ सङ्गठनमा मन नपरेको नेतृत्व छ भने समिति नै निलम्बन गरेर आपूmखुशी व्यक्ति थोपर्ने चलन नै चलाएको थियो । त्यसै कारण काङ्ग्रेसले विभाजन पनि बेहोरिसकेको छ । देशको पहिलो र सङ्घर्षशील प्रजातान्त्रिक विचार बोकेको पार्टी भएर पनि प्रजातान्त्रिक अभ्यासबाट जहिले पनि भागिहिंड्ने नेकाले गर्दा पनि हुन सक्छ देशले गति लिन सकिरहेको छैन ।
कहिले पनि कसैको पनि हमेशा जीत भइरहँदैन, विश्व इतिहास यसको साक्षी छ । हामीले हेर्दाहेर्दै सूर्य अस्त नहुने साम्राज्य आज सङ्कुचित भएर आफैं विखण्डित भइरहेको छ । सर्वशक्तिमान शासक, राजा–महाराजाहरू पराजित भइसकेको कुरा नेपालकै ताजा उदाहरण हो । पहिलो संविधानसभा निर्वाचनमा आपूmलाई एको›हम् ठान्ने नेका पराजित भएको होइन ? पहिलो संविधानसभा निर्वाचनमा त्यही एको›हम्को अहङ्कारले नेकपा माओवादीलाई धूल धुसरित पारेको होइन ? यद्यपि साझेदारीको कुरा अत्यन्त झिनो हो, यस स्तम्भमा उठाउने अयोग्य, तर प्रवृत्ति त नकारात्मक हो, जसले देशलाई नै बन्दी बनाइरहेको छ । नेका मात्रै किन, जिल्लामा आप्mनो दलको निर्वाचन गराउन नसक्ने एमाले पनि त आपूm जित्ने देखेर नै होला साझेदारीको निर्वाचन भएन भने ‘आन्दोलन गर्ने’ भनेर गर्जंदै छ । खोइ आप्mनै चुनाव गराउन सकेको ?