प्रस, परवानीपुर, पर्सा, १३ असोज/
पर्सा जिल्ला साबिक लिपनीबिर्ता वडा नं. ७, ८, ९ का बासिन्दाको बसोबास बाराको लिपनीमालवडा नं. ७, ८ र ९ मा सरेको छ ।
लिपनीमालको चैनपुरमा एउटा छुट्टै बिर्ताटोल छ । तिनका नागरिकता, जग्गा जमिनको पुर्जा, जग्गाको कारोबार पर्साबाट नै हुने गरेको छ । बसाइ र गाविसको सेवा सुविधा बाराको लिपनीमालबाट पाउँछन् । साबिक लिपनीबिर्ता–७, हाल लिपनीमाल–८ बस्ने ७० वर्षीय शङ्कर राउत भेडिहरले ती वडाको १३२ बिघा जग्गाको लगत मालपोत कार्यालय, पर्साद्वारा कट्टा नगरिएकोले निकै लामो समयदेखि कार्यालयको कामकाजमा झन्झट हुने गरेको बताए ।
जग्गा कर वीरगंज उपमहानगरपालिकालाई तिर्नुपर्छ भने मालपोत कार्यालय, पर्साबाट जग्गा पास, नामसारी, अंशबन्डालगायत काममा विभिन्न कार्यालयको दुःख भोग्नु परेको अर्का पीडित जवाहिर भगत रामले गुनासो गरे । साबिक लिपनीबिर्ता गाविस हाल नगरपालिकामा गाभिएकोले करको दायरा पनि बढेको छ । यसले पीडामाथि पीडा थपेको बिर्ताका गाउँले बताउँछन् ।
जग्गाको राजस्व नगरपालिकाले उठाउँछ तर नगरपालिकाबाट हामीले केही सुविधा नपाएकोले यस्तो गलती धेरै समयसम्म सहन नसक्ने उनीहरू बताउँछन् ।
मालपोत कार्यालय र स्थानीय प्रशासनको कमजोरीको कारण जग्गा जमिनको लगत कट्टा गरी बारामा नपठाइएकोले यस्तो पीडा भोग्नुपरेको गाउँलेहरूले बताएका छन् ।
उनीहरूले बसोबास र गाविस परिवर्तन भएपछि कागजी काम कारबाई पनि जिल्लामा स्थानान्तरण गरिदिए सहज हुने बताएका छन् । यस विषयमा मालपोत कार्यालय बारामा गएर उनीहरूले आग्रहसमेत गरेको र मालपोत कार्यालय, बाराले जबसम्म मालपोत कार्यालय पर्साले लागत कट्टाको सिफारिससहितको कागजात पठाउँदैन कागजी प्रमाण मिलाउन नसकिने बताएको छ ।
यस विषयमा सम्बन्धित गाविसका अगुवाहरूले पहल गरे भने लगत कट्टा गर्न समस्या नहुने मालपोत कार्यालय, पर्साका कर्मचारीहरूले बताएका छन् । लिपनीमाल गाविसका पूर्व गाविस अध्यक्ष्F मुक्ति पटेलका अनुसार पञ्चायती व्यवस्था आएपछि गाविस परिवर्तन भयो, तर जग्गा लिपनीबिर्ता गाविसमैं छुट्यो । उनले अन्दाजी २०३६ सालतिर गाउँलेहरूको गाविस परिवर्तन भएको र त्यस बेलादेखि चैनपुरका जनताले दुःख भोग्दै आएको बताए ।