प्रस, ठोरी, पर्सा, १३ असोज/
ठोरीमा यस वर्ष धानको उत्पादनमा २८ प्रतिशतले ¥हास आउने सम्भावना देखिएको छ । यसपटक समयमा पर्याप्त वर्षा भए पनि जङ्गली जनावरले थुप्रै क्षति पु¥याएको कारण झन्डै २ हजार मेट्रिक टन धान कम उत्पादन हुन सक्ने अनुमान गरिएको छ ।
धान रोपेदेखि नै बेलाबेलामा पानी परिरहे पनि जङ्गली जनावर हात्ती, बँदेल, चित्तल, घोडगधा, गैंडा आदिले क्षति पु¥याएको कारण धान उत्पादनमा कमी आउन सक्ने स्थानीय शिक्षक केशवप्रसाद रेग्मीले बताए ।
दक्ष कृषि प्राविधिक, रासायनिक मल, सिंचाइको अभाव, उन्नतजातको बीउ, विभिन्न खालका रोग आदिले धान उत्पादनमा कमी आउने देखिए पनि सबै भन्दा बढी असर जङ्गली जनावरले पारेको उनको भनाइ छ । रेग्मीले भने–“हात्तीले एकै रातमा थुप्रै धानबाली खानुका साथै माडेर नोक्सान गर्दै आइरहेको छ । बँदेलले पनि त्यस्तै क्षति पु¥याएको छ । बँदेलले खेतको आली भत्काइदिनुका साथै धानबाली माडिदिन्छ ।
खेतमा पानी जम्न नसकेपछि उत्पादन कम हुने नै भयो । चित्तलको बथान नै आउने भएकोले त्यसले पनि ठूलो क्षति गरेको छ । धानखेत ती जनावरको चरनस्थलजस्तै बनेको छ ।” जङ्गली जनावरले लगाएको खेतीसमेत उठाउन नदिएपछि यो वर्ष धेरै किसानले खेत त्यसै बाँझो छाडेकाले धान उत्पादनमा कमी आउने अर्को कारण रहेको उनले बताए ।
धान उत्पादनका लागि ठोरीको इच्छानगर, सुन्दरवस्ती, बाँडागाउँ, टाउनप्लान, तीनघरे, भगवाननगर, गौतमनगर, हनुमाननगरको तल्लो भेग, दिपकनगर, सरस्वतीनगर, रोजिनगर पकेट क्षेत्र भए पनि यसै क्षेत्रमा जङ्गली जनावरले बढी क्षति पु¥याएको उनले बताए ।
झन्डै २१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ठोरीमा २१ सय हेक्टर जमिन खेतीयोग्य रहेको अनुमान गरिएको छ । जसमध्ये झन्डै १४ सय हेक्टरमा यस वर्ष धानी खेती गरिएको छ । अन्य जमिन बाढीको कटान, बाँझो तथा वनक्षेत्र रहेकोले खेती गरिएको छैन । समग्रमा हेर्दा ठोरीमा प्रतिहेक्टर ५ मेट्रिन टन धान फल्ने अनुमान छ । यसरी हेर्दा ७ हजार मेट्रिकटन धान उत्पादन हुनुपर्ने हो । तर यो वर्ष झन्डै ५ हजार मेट्रिकटन मात्र धान उत्पादन हुने अवस्था रहेको रेग्मीले बताए ।
२०७१ सालमा गरिएको घरधुरी सर्वेक्षण अनुसार ठोरीमा १३ सय ८९ घरधुरी र ८ हजार १ सय १० जनसङ्ख्या छ । धान उत्पादनमा कमी आए पनि ठोरीको जनसङ्ख्यालाई पुग्ने धान कटौती गरी झन्डै ३ हजार मेट्रिक टन धान ठोरीबाट बाहिरिएर वीरगंज तथा चितवन जाने उनको अनुमान छ ।
यसरी किसानहरूको पाखुराको भरमा उत्पादन गरिएको धानबाट यो वर्ष किसानले ६ करोड रुपियाँ आर्जन गर्ने देखिन्छ । ठोरीको उत्पादन क्षमता प्रतिहेक्टर ५ मेट्रिक टन हुँदा ४ हजार ६ सय मेट्रिकटन धान बाहिरिने थियो । जसबाट किसानलाई झन्डै ९ करोड २० लाख आम्दानी हुने थियो । तर उत्पादनमा ¥हास आउने देखिन्छ । धानखेतीमा प्रयोग गरिने डिएपी, युरियालगायत मल समयमा नपाएपछि भारतबाट महँगो खरिद गर्नुपर्ने बाध्यता, ट्याक्टरको जोताइ, लाठे रोपारलाई समेत बढी ज्याला तिर्नुपर्ने तर धान बेच्दा उचित मूल्य नपाउँदा किसानहरूलाई खासै फाइदा नहुने गुनासो किसानहरूको छ ।
बाली लाउने तौरतरिका, उन्नत जातको बीउको व्यवस्था, वैज्ञानिक सिंचाइ प्रणाली, जङ्गली जनावर नियन्त्रण गर्न सम्बन्धित पक्ष गम्भीर हुने हो भने ठोरीको धान उत्पादनमा वृद्धि हुने देखिन्छ ।