–कुमार रुपाखेती
लोग्नेको सुस्वास्थ्य र दीर्घायुका खातिर नेपाली महिलाहरूले निराहार व्रत बस्ने, तीज पर्व मनाउने परम्परा पुरानै हो । भनिन्छ पार्वतीले समेत आप्mनो लोग्ने महादेवका खातिर यस्तो व्रत वर्षमा एकपल्ट गर्ने गर्थिन् ।
अचेल तीजको सुरताल र मर्म सबै बदलिएको छ, आधुनिकताको नाममा खर्चिलो, बोझिलो बनेको छ । महिना दिन अघिदेखि टिभी, रेडियोमा तीजका गीत गजल छाएका छन् । राजधानीका ठूल्ठूला होटल र रिसोर्टहरू महिनौ अघिदेखि तीजको नाममा बुकिङ भएको छ । तीजको रौनक र सनकले प्रभावित भई राजधानीका होटलहरूले नै शुल्क लिएर तीज कार्यक्रम आयोजना गर्न थालेका छन् । तीजको एक दिन अगाडि दर खाने प्रचलन अब महिनौं, हप्तौ चल्न थालेको छ ।
तीज अचेल महिलाको तडकभडक देखाउने, सजिने, सजाउने, महँगो खाने, लगाउने खर्चिलो चाड बनेको छ । एउटा पीडित मध्यमवर्गीय लोग्नेका अनुसार तीज व्रतको नाममा गरिने खर्चिलो तडकभडकले दीर्घायुको सट्टा अल्पायुमैं मर्ने सम्भावना बढेको छ रे । पत्नीको सधैं नयाँनयाँ र खल्ती नै रित्तिने डिमान्डले गर्दा बरु बडादशैं नै कम खर्चिलो चाड लाग्न थालेको छ रे । तीजको नाममा हुनेखानेका छोरीबुहारीहरूको छाक महिनौं बाहिर चल्न थालेको छ । पत्नी तीजको निम्ता मान्न र पति होटलको खाना खान बाध्य छन् । केटाकेटी लावारिस बनेका छन् । महान् तीज पर्वको महिला जमघट र भोजहरूमा अचेल चुरापोते र गहनाको छन्छ आवाजमा वाइन, शैम्पेन र बियरका बोतलहरूको खनखनाहट सुनिन थालेको छ । तीजका लागि लुगा, गहना, जुत्ता, चप्पल किन्ने र एउटा पार्टी, भोजमा लगाएको लुगा अर्को भोजमा दोहोरिन नदिन पनि तीज व्रतालुहरू सचेत देखिन्छन् । महिना दिन लामो चल्ने तीजले गर्दा केटाकेटीहरूको पढाइ, घरको माहौलमा नै प्रत्यक्ष असर पर्दासमेत महिलाहरू निस्फिक्री एक महिने तीजमा व्यस्त देखिन्छन् ।
पहिले–पहिले तीजमा छमछमी नाच्ने मात्र, अचेल त अनेकथरिका बाजागाजा, नाचगान, गीत गजल र अश्लीलता आम कुरो भएको छ । अवस्था यस्तै रहने हो भने सरकारले बडादशैं मनाउन मात्र होइन, दशैं खर्चभैm कर्मचारीहरूलाई तीज खर्चको समेत सुविधा उपलब्ध गराउनुपर्ने देखिन्छ । सरकारको महिलामैत्री नीति भने यस पर्वमा साकार भएको देखिन्छ, चारैतिर महिलामैत्री वातावरण, महिला एकता, महिला जागरण आदि तीजको नाममा तीजभर धडल्लेले चल्दछ । पहिले पहिले दर खाने नाममा राति घर परिवारले मीठो मसिनो खुवाएर घरायसीरूपमा दर कार्यक्रम गर्थे । अचेल त हुलका लागि दरको व्यवस्था गर्नुपर्छ र दर होइन डर लाग्छ ।
लोग्नेको दीर्घायुको नाममा यसरी अनापशनाप खर्च गर्नु अचेल आन, बान र शानको कुरा भएको छ । तीज अब हाय रे १ महान् तीज बनेको छ । दर अब दर होइन, भोजमा परिणत भएको छ ।