सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्गमा गुड्ने प्रायःजसो सवारीका साधनहरूको पछाडि अनि ट्राफिक नियम लेखिएका साइनबोर्डहरूमा लेखिएको हुन्छ ‘विस्तारै गए अवश्य पुगिन्छ, बेसरी गए कुन्नि ’ । सवारी चालकहरू त्यस्तो सन्देशमूलक सूचना पढ्छन तर व्यवहारमा उतार्दैनन् । परिणाम बेस्सरी गाडी कुदाउँछन् अनि बेला–बखत दुर्घटनाको शिकार हुन्छन् । सवारी चलाएसरह देश चलाउनेहरूले पनि यो सन्देशमूलक सूचना अनुसरण गर्न जरुरी छ । वैदेशिक अनुदान सहयोग पाउनका लागि हतारहतार बिनाआधार, पूर्वाधार नगरपालिका, उपमहानगरपालिकाहरूको घोषणा गरेको प्रतिफल अहिले नगरपालिका भएका स्थानमा उमावि तहको अध्ययन सुविधा छैन, राम्रो स्वास्थ्य चौकी, अस्पताल छैन, बैक वित्तीय संस्था छैन, सडक, नाला, बत्ती भद्रगोल अवस्थामा छ । सरसफाइको नियमितता छैन, फोहर व्यवस्थापनको कुरा छाडौं, वीरगंज उपमहानगरपालिका जस्तो पुरानो नगरपालिकामा अहिले बल्ल त्यस्तो व्यवस्थापन गर्नेतर्फ पहल भइरहेको छ ।
नेपाली उखान छ ‘हडबडको काम गडबड’ सरकारले करिब डेढ वर्ष पहिले घोषित नगरपालिकाको हाराहारीमा थप नपा घोषणा गरेर उखान चरितार्थ गरेको छ । बारा जिल्लामा कलैया नपा एउटा थियो, अहिले त्यहाँ ६ वटा नपा भएको छ तर कलैया नपाले लामो समयको बावजुद समग्र विकास गर्न सकेको छैन र आन्तरिक आयबाट तलब सुविधा दिने सामथ्र्य पनि भइ नसकेको अवस्थामा थप ५ वटा नपाको हविगत के होला सहज अनुमान लगाउन सकिन्छ । सरकार र विदेशीको अनुदान, ऋण सहयोगमा आन्तरिकरूपमा सामथ्र्यवान् हुन नसक्ने नपाहरू कतिन्जेल सञ्चालन हुने हो यो यक्ष प्रश्नको चित्तबुझ्दो जवाफ सरोकारवालासँग पाउन सकिन्न । ऐतिहासिक महŒव बोकेको सिम्रौनगढ नपा, धार्मिक महŒव बोकेको महागढीमाई नपा, जीतपुर, सिमरा, पथलैया जोडेर बनेको गढीमाई नपा, निजगढ नपा अनि कोल्भीले नगरपालिका बन्ने पूर्वाधार पूरा गरेका छैनन् । नगरवासी भएपछि कम्तिमा सडक, नाला, बत्ती जस्ता सामान्य सुविधा पाउने अधिकार हुनुपर्छ तर लहैलहैमा नपा माग गर्ने अनि लहैलहैमा घोषणा भएको अहिले आएर नपामा यो छैन, त्यो छैन भनेर समाचारहरू आउने त्यसै कमी कमजोरीको उपज हो । हतारमा निर्णय लिने अनि फुर्सतमा पछुताउने भनेको यस्तै हो ।
पर्साको सन्दर्भमा पनि वीरगंज उपमहानगरपालिकाबाहेक जिल्ल्लामा एउटा पनि नपा नहुनु दुःखको कुरा हो भनी स्थानीय नेता, अगुवाहरूले ‘पोखरियालाई नपा बनाउनैपर्छ’ भनी आवाज चर्काए । नजिकको छिमेकी बारामा ६ वटा नपा, पर्सामा एउटा पनि किन नथप्नेजस्ता कुरा गरेर राजनीतिक आन्दोलनबाट पोखरिया नपा घोषणा भयो । अहिले परिणाम हामी सबै सामु छर्लङ्ग छ । छोराछोरी जन्माउनु बहादुरी होइन, तिनको उचित पालन–पोषण, शिक्षादीक्षा जिम्मेदारी पनि पूरा गर्न सक्नुपर्छ । एउटा परिवारको सदस्यले ध्यान दिनुपर्ने यो कुरामा सरकार अनभिज्ञ हुन मिल्दैन । तर नपा घोषणामा सरकार जवाफदेह र जिम्मेवार देखिएन ? जिल्लाको दोस्रो सदरमुकामको रूपमा मात्र परिभाषित पोखरियामा सडक, नाला, बत्ती छैन । शिक्षा स्वास्थ्यको दृष्टिकोणले पनि निकै पछि छ । फोहर सङ्कलन, व्यवस्थापनको कुरा छाडौ । आन्तरिक आयस्रोतको विकास हुन सकेको छैन । नपा घोषित भएपछि के के न हुन्छ भनी देखाइएको सपना विपरीत गाविसै ठीक थियो भन्ने मानसिकताको विकास हुँदै गएको छ ।