प्रस, ठोरी, ४ असोज/
पिठ्यूँमा झन्डै आधा दर्जन जति डोको । डोको माथि सोलारको प्यानल । हातमा सानो मोबाइल । मोबाइलको ब्याट्री लो हुने बित्तिकै प्यानलबाट आएको तारले मोबाइल चार्ज गर्छन् उनी । यो उनको दैनिकी हो । मोबाइलबाट गीत सुन्नका लागि र ग्राहकको फोन आउँछ कि भनेर मोबाइलको ब्याट्री डाउन हुन नदिन डोकोमा नै सोलारको प्यानल बोकेर हिंड्छन् निर्मलबस्ती–१ रामनगर बस्ने ६० वर्षीय बृद्ध जीतबहादुर दंगाली।
अर्धाङ्गिनी मैनमायालाई पनि डोको बोकाएर दंगाली सँगै हिंड्छन् । ठट्यौली पाराका देखिने दंगाली डोको बेच्न हिंड्ने क्रममै्र पङ्क्तिकारसँग जम्काभेट भयो ठोरी, चोकबजारमा । मेरो समाचार लेख्ने हो र हजूर ? उनले प्रतिप्रश्न तेर्साए । डोको बेचेर हिंड्ने डोकेको पनि के समाचार हुन्छ र हजूर भन्दै पन्छिन खोजे । मैले उनलाई डोकोको भारी बिसाएर केही बोल्न बाध्य पारें ।
दंगालीले मेरो जिज्ञासाको उत्तर ठट्यौली पारामा दिंदै गए । ८ छोरा र ४ छोरीका धनी दंगालीले डोको बेचेरै मासिक रु १५ देखि २० हजार आम्दानी गर्छन् । ८ छोरामध्ये दंगालीका ६ छोरा भारतमा मजदुरी गर्न गएका छन् । उनीहरू आफै कमाउFछन् आफै खर्च गर्छन उनी सुनाउFछन् । बाFस किनेर, चोया काट्ने देखि लिएर डोको बुनी बेच्ने दंगालीले यही पेशाबाट जीवन गुजारा गर्दै आएका छन् । जीवनभर सँगै बाँच्ने मर्ने बाचा गरेकी मैनमाया बाँसको चोया काट्नेदेखि डोको बेच्ने पेशामा सघाइरहेकी छन् । ‘१२ छोरा १३ नाति बुढा धोक्रा काँधै माथि’ भनेझैं अहिले दंगालीको पिठ्यूँमा डोकोको भारी छ । तर पनि उनी आप्mनो पेशाप्रति सन्तुष्ट देखिन्छन् । उनको डोको ३/४ वर्ष टिकाउ हुने गरेकोले फोन गरेरै डोको मगाउने गरेको दंगाली बताउँछन् ।
दंगालीले डोको बेचेरै घर बनाएका छन् । डोको बेचेको आम्दानीले नातानातिनीलाई पढाइ पनि रहेको उनले सुनाए । दैनिक पाँचभन्दा बढी डोको बेच्ने दंगाली प्रतिडोको रु २ सयमा बेच्छन् । आप्mनो श्रमबाहेक एउटा डोकोमा झन्डै ८० रुपियाँ लाग्ने उनले बताए । कामलाई सानो नमान्ने दंगाली डोको बेच्न निर्मलबस्ती र ठोरीसम्म पुग्छन् ।
डोकोमा सोलार र हातमा माबाइल लिएर डोको बेच्न हिंड्दा सबैले अचम्म मान्ने गरेको अनुभव उनी सुनाउँछन् । “मोबाइलबाट गीत सुन्दै गाउँ चहार्दा छुट्टै आनन्द आउँछ । थकान महसुस हुँदैन । ग्राहकले फोन गरेरै डोको मगाउँछन् । अनि साथमा सोलार लिएर नहिंडी भयो १ यो मेरो रहर होइन–दंगालीले भने, कहिले काहीं त सोलार बेच्न हिंड्या हो पनि सोध्छन् ।”
मानिसको आआप्mनै इच्छा–आकाङ्क्षा हुन्छ । डोको बेचेरै भए पनि उनले २१ औं शताब्दीले ल्याएको सुविधा उपभोग गरेका छन् । अहिलेको नयाँ पुस्ताले पनि नयाँ प्रविधिको प्रयोग गर्न पछि पर्न हुँदैन भन्ने सन्देश उनको यो कार्यले दिएको स्थानीय बताउँछन् ।
वृद्ध अवस्थामा डोको बेचेर हिंड्ने दंगालीको कार्यलाई सबैले अनुसरण गर्न सके रोजगारका लागि थुप्रै युवा विदेशिनु पर्दैन भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् । बाँसको चोयाबाट डोको बुन्ने राम्रो सीप भएका दंगालीलाई बाँसबाट बन्ने अन्य घरायसी सामग्रीहरू बनाउने तालिमको व्यवस्था हुन सके उनले अझ बढी कमाइ गर्न सक्ने देखिन्छ । उनको सीप नयाँ पुस्ताले पनि अँगाल्न सके स्वदेशमैं केही गर्न सकिन्छ भन्ने कुरामा दुईमत छैन ।