श्रीमन्नारायण
भाषा, संस्कृति, कला, साहित्य एवं विज्ञान कुनै एउटा भूगोलभित्र सीमित रहन सक्दैन । जुन देशमा जति धेरै भाषा बोलिन्छ, त्यो देश सांस्कृतिकरूपमा त्यति नै धनी र समृद्ध मानिन्छ । हाम्रFे देशमा त अहिले राष्ट्रको प्रमुख भाषा नेपालीकै अस्तित्व खतरामा पर्न सक्ने अवस्था उत्पन्न भएको छ । यस दिशामा देशका भाषाविद्हरू चनाखो भएका छन् तथा यसको मौलिकतामाथि कुनै पनि किसिमको प्रहार नहोस् भन्ने माग पनि गरिरहेका छन् । नेपालजस्तो बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक देशमा सबै भाषा एवं संस्कृतिले समानरूपमा राजकीय संरक्षण पाउनुपर्दछ । भाषिक विविधतालाई देशको अमूल्य निधि ठानी यसको विकासमा हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ तर देशमा अहिलेसम्म कायम रहिआएको एक भाषाको नीतिका कारण अन्य भाषाको विकास हुन सकिरहेको छैन । गत साता राजधानी काठमाडौंमा आयोजित एउटा कार्यक्रममा देशका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि हिन्दी भाषाको सन्दर्भमा अलिकति सकारात्मक कुरा गरेका थिए तर त्यसलाई अनावश्यकरूपमा विवादित बनाउने काम भयो । यस काममा प्रतिपक्षी राजनीतिक दलहरूभन्दा पनि बढी सक्रिय नेपाली काङ्ग्रेसकै नेताहरू देखिए । नेपाली काङ्ग्रेसजस्तो लोकतान्त्रिक पार्टीबाट सधैंं लोकतन्त्रको उच्च आदर्श प्रदर्शित हुने अपेक्ष्Fा गरिन्छ तर त्यस्तो हुन सकिरहेको छैन । हिन्दी भाषाको सवालमा निधिको विचारलाई विवादको विषय बनाउनु किमार्थ जायज होइन ।
नेपालमा राणा शासनकालमा खासगरी २००७ सम्म एउटा क्याम्पस र स्कूल मात्रै थियो र त्यसको परीक्ष्Fाको सञ्चालन पनि पटना विश्वविद्यालयबाट हुने गरेको थियो । स्वाभाविकरूपमा त्यति बेला हिन्दी भाषा नेपालीहरूको निम्ति अनिवार्य हुन गएको थियो । राणा शासकहरू पनि तराईवासीसँग हिन्दी भाषामैं कुराकानी गर्न रुचाउँथे । त्यसपछिका दिनहरूमा देशका अनेकौं प्रधानमन्त्रीहरूले तराई–मधेसको क्षेत्रमा हिन्दी भाषा प्रयोग गरेका छन् । हिन्दी नेपालीहरूको निम्ति पराई भाषा होइन यो हाम्रो निम्ति नेपालीपछि दोस्रो सम्पर्क भाषाको स्थान ग्रहण गर्ने अवस्थामा छ । प्रत्येक नेपाली दिनहुँ कुनै न कुनै रूपमा हिन्दी भाषाको प्रयोग गरिरहेका छन् । चाहे त्यो माध्यम भजन–कीर्तन, गीत–सङ्गीत, समाचारपत्र, साहित्यिक पत्रिका, धर्मशास्त्र, गजल अथवा हिन्दी भाषाका समाचार, कार्टून, सिनेमा एवं टिभी सिरियलहरू नै किन नहोस् ।
विसं. २००८ सालदेखि देशमा शिक्षा संस्कृतिको क्षेत्रमा पनि जागरण आउन थाल्यो । रेडियो आदि सञ्चार माध्यममा हिन्दी भाषाको प्रयोग हुन थाल्यो । हिन्दी भाषामा अनेकौं समाचारपत्र पनि प्रकाशित हुन थाले साथै यसविरुद्ध षड्यन्त्र पनि हुन थाले । यस षड्यन्त्रको जन्मदाताको रूपमा एकजना अमेरिकी शिक्ष्Fा सल्लाहकार (डा. एचवी वूड)ले नेपाल सरकारलाई बुझाएको आप्mनो प्रतिवेदनमा प्रस्टरूपमा लेखेका थिए– संस्कृत मातृभाषा हो जबकि हिन्दीलाई विदेशी भाषा बताएका थिए । त्यति बेला यसको चारैतिर उग्र विरोध भएको थियो । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले यस अनावश्यक विवादलाई समाप्त पार्ने काम गरे ।
एकपटक फेरि वि.सं. २०१० सालतिर हिन्दी भाषालाई विद्यालय र क्याम्पसको शिक्ष्Fाबाट हटाउने षड्यन्त्र भयो । सम्पूर्ण तराईमा यसको कडा विरोध भयो र यसको प्रतिक्रिया महेन्द्रनारायण निधिको अध्यक्ष्Fतामा ‘हिन्दी रक्षा समिति’ गठन भएको थियो । त्यस समितिले तराईवासीको अधिकार रक्ष्Fा सम्बन्धमा एउटा ज्ञापन पनि सरकारलाई बुझाएको थियो, जसमा विधिवत् एउटा प्रस्ताव पारित गरी हिन्दीलाई सम्पूर्ण तराईको प्रतिनिधि भाषा तथा तराई र पहाडबीचको सम्पर्क भाषाको रूपमा स्थान दिइएको थियो ।
देशमा नयाँ शिक्ष्Fा योजना लागू भएपछि प्राथमिक स्तरबाट नै हिन्दी भाषा हटाई नेपाली भाषालाई अनिवार्य मााध्यम बनाउने काम भयो । जब तल्लो कक्ष्Fाबाट हिन्दी भाषा हटाउने काम भयो अनि स्वाभाविकरूपमा निम्न माध्यमिक, माध्यमिक तथा क्याम्पसमा हिन्दी भाषा पढ्नेहरूको सङ्ख्या कम हुने नै भयो । विस्तारै–विस्तारै नेपालका क्याम्पसहरूमा हिन्दी भाषाको पढाइ कम हुँदै गयो । हुनत त्रिभुवन विश्वविद्यालयमा अहिले पनि हिन्दी भाषा पढाइ हुन्छ तर त्यसमा पढ्ने विद्यार्थीहरूको उत्साह भने कमजोर हुन्छ । हिन्दी भाषा नेपालमा प्राथमिक कक्ष्Fादेखि लिएर क्याम्पससम्म प्रचलनमा थियो र यसको पठनपाठनमा रोक नलगाइएको भए यो नेपालमा नेपालीपछिको दोस्रो राष्ट्रभाषाको स्थान पनि ग्रहण गरिसकेको हुने थियो । नेपालमा प्रायः सबैजसो ठूला साहित्यकार, कवि एवं पूर्व प्रधानमन्त्रीहरू स्व. विपी कोइराला र लोकेन्द्रबहादुर चन्दले पनि हिन्दी भाषामा उत्कृष्ट रचना गरेका छन् । हिन्दी भाषालाई विदेशी भाषाको रूपमा प्रचारप्रसार गर्ने तथा हिन्दीविरोधी जनमत बनाउने तथा भारतलाई विस्तारवादी आरोप लगाउने हाम्रो देशका कथित राष्ट्रवादीहरू भारतीय भूमिमा पाइला टेक्ने बित्तिकै आप्mनो राष्ट्रियता बिर्सन्छन् र अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजीमा बोल्नुको सट्टा हिन्दीमैं बोल्न थाल्दछन्, किनभने भारतीय सीमामा प्रवेश गर्ने बित्तिकै रिक्शाचालक, बस कन्डक्टर, रेलवे प्लेटफार्म तथा रेलवेका कर्मचारीहरू तथा रेलका सहयात्रीहरूसँग हिन्दी भाषामैं कुराकानी गर्दछन् । देशभित्र जुन भाषालाई घृणा गर्दछन्, भारतमा त्यही भाषालाई आत्मसात् गर्दछन् । हिन्दी भाषा कमोवेश उर्दू भाषासँग पनि मिल्दोजुल्दो हुन्छ । भारतमा पचास लाखभन्दा बढी नेपाली कुनै न कुनै रूपमा जागिर गरेर आप्mनो जीविकोपार्जन गरिरहेका छन् । त्यसैगरी अरब राष्ट्रहरूमा पनि लाखौको सङ्ख्यामा गएका छन् । अरब राष्ट्रहरूमा पनि नेपालीहरूले हिन्दी भाषा नै प्रयोग गरिरहेका हुन्छन् तसर्थ हिन्दी भाषाको मान्यताले नेपालीहरूलाई भारतसहित अरब राष्ट्र मात्रै होइन, विश्वका अधिकांश देशमा बस्न र जागिर गर्न अपेक्ष्Fाकृत सहजता हुनेछ ।
हिन्दी भाषालाई लिएर हाम्रFे देशमा आडम्बर देखाउने काम पनि अलि बढी नै भएको छ । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमणका दौरान भारतीय पत्रकारहरूले हिन्दीमा प्रश्न सोध्दा हिन्दीमैं जवाफ फर्काएका थिए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने अङ्ग्रेजीमा जवाफ फर्काएका थिए तर जब तिनै डा. भट्टराई रात्रिको विश्राम गर्न सिरहाको कुनै दलितको घरमा बस्दा हिन्दी भाषा प्रयोग गरेका थिए । नेपालमा हिन्दी बोल्दा हीनताबोध हुने तर भारतमा बोल्दा आपूmलाई बहुभाषी विद्वान् ठान्ने आडम्बरका कारण जनतासामु समस्यामा उत्पन्न हुने गरेको छ ।
विगत साढे दुई दशकदेखि नेपालको संसद्मा हिन्दी भाषा बोलिन्छ । रेडियो नेपालबाट दिनहुँ समाचार पनि प्रसारण हुन्छ तसर्थ हिन्दी भाषा तराई–मधेस तथा पूर्वी एवं पश्चिम पहाडको जनताको निम्ति मात्रै होइन पूरै देशको सम्पर्क भाषा बन्ने अवस्थामा छ । नेपाली भाषापछि हिन्दीको स्थान नेपालमा अवश्य पनि छ ।
राजकीय संरक्षण र सहयोगको अभावमा कुनै पनि भाषा एवं संस्कृतिको विकास हुन सक्दैन । नेपालमा जबजब नेपाली भाषाको समकक्ष हिन्दी भाषालाई दोस्रो सम्पर्क भाषाको रूपमा मान्यता दिलाउने प्रयास गरिन्छ, क्षेत्रीय भाषाका अभियन्ताहरूलाई उचाल्ने काम गरिन्छ । यसको परिणामस्वरूप क्षेत्रीय भाषाका केही सीमित अगुवाहरू सरकारी बजेट हात पार्न सफल हुन्छन् तर यसबाट क्षेत्रीय भाषाको विकास भएको पाइँदैन । आजसम्म नेपालीबाहेक अर्को कुनै पनि भाषा एवं साहित्यको उत्थान हुन नसक्नु यसको ठूलो उदाहरण हो ।
नेपालको नयाँ संविधानको धारा
(६) राष्ट्रभाषाको शीर्षकमा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् भन्ने लेखिएको छ, जबकि धारा (७) मा सरकारी कामकाजको भाषा सम्बन्धमा (१) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने उल्लेख छ । जबकि सोही धाराको उपधारा (२) मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आप्mनो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सकिनेछ भन्ने उल्लेख छ जबकि उपधारा (३) मा भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भन्ने उल्लेख छ । यसरी उपधारा (३) को प्रावधानले भोलिका दिनमा विभिन्न किसिमको समस्या सिर्जना गर्ने र अन्ततः एक भाषा नीति प्रदेशमा पनि लागू हुने निश्चित छ ।
नेपालको संविधानको धारा (३) मा राष्ट्रको परिभाषा गर्दै नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मानिएको छ । यस्तो अवस्थामा यहाँका सबै जातजाति एवं भाषाभाषीले आप्mनो भाषा एवं संस्कृतिको संरक्षण एकनासले गर्न पाउनुपर्ने हो तर त्यस्तो हुन सकिरहेको छैन ।
नेपालमा नेपालीपछि सर्वाधिक बोलिने, बुझिने र व्यवहारमा आउने भाषा हिन्दी नै हो । हिन्दीलाई विदेशी भाषा भनेर यसको स्वीकार्यता, आवश्यकता, महŒव एवं सान्दर्भिकतालाई औचित्यहीन साबित गर्न सकिंदैन ।
विश्वका कतिपय देशका भाषा भौगोलिक सीमा नाघी अन्य देशमा मान्यता प्राप्त गरेको अनेकौं उदाहरण छ । अङ्ग्रेजी भाषा त विश्वभाषा बन्न गएको छ । हाम्रो राष्ट्रभाषा नेपालीले पनि भारतको संविधानमा मान्यता प्राप्त गरेको छ । अर्को देशको भाषालाई आत्मसात् गर्दा कुनै देशको सार्वभौमिकता र अखण्डतामा खतरा आएको उदाहरण आजसम्म देखिएको छैन । अरबी साउदी अरबको भाषा हो तर अल्जेरिया, इराक, कुबेत, लेबनान, सिरिया, मोरक्को, ओमान, कतार, सुडान, ट्युनेसिया, यमन र युएइजस्ता दर्जनौं राष्ट्रले यसलाई आप्mनो राष्ट्रभाषा बनाएका छन् । स्पेनिस स्पेनको भाषा हो तर भेनेजुएला, पेरू, पाराग्वे, पनामा, निकारागुवा, मेक्सिको, क्युबा, चिली, ग्वाटेमालाको भाषा पनि हो । फ्रेन्च फ्रान्सको भाषा हो तर बेल्जियम, कङ्गो तथा आइभरीकोस्टको भाषा पनि हो । जर्मन, स्वीट्जरल्यान्डको प्रमुख भाषा हो । ग्रीक साइप्रसको भाषा हो जबकि ग्रीस देशको स्थापना नै भाषाकै नाममा भएको छ । पोर्चुगलको भाषा पोर्चुगिज हो तर यो अल्जेरिया, ब्रजील र मोजाम्बिकको भाषा बन्न गएको छ । बङ्गाली बङ्गलादेशको राष्ट्रभाषा हो जबकि यसको राष्ट्रियगीतका रचनाकार भारतीय कवि हुन् । बङ्गाली भाषाका प्रायः विद्वान् एवं कवि भारतीय हुन् । तसर्थ नेपालमा हिन्दी भाषाको महŒव र सान्दर्भिकता अस्वीकार गर्न मिल्दैन ।