धर्मेन्द्र चौरसिया
ग्रामीण क्षेत्रमा उच्च मावि तहको शिक्षा उपलब्ध भएकोले प्रवेशिका परीक्षापछि उच्च मावि अध्ययनमा छात्राहरूको सङ्ख्या बढ्दो छ । एक दशकभन्दा बढी समयदेखि जिल्लाको विभिन्न विद्यालयहरूका उमावि तहको अध्ययन हुन थालेपछि ग्रामीण क्षेत्रमा छात्रभन्दा बढी छात्राहरूको सहभागिता बढेको छ । रामदेव कल्वार जिल्ला उच्चाङ्गल उमाविमा अहिले ४५ जना छात्र भर्ना भएका छन् भने उनीहरूभन्दा दोब्बर सङ्ख्यामा छात्राहरूले नामाकरण गराएका छन् । उमाविले यस वर्ष ७८ जना छात्राहरूले नामाकरण गराइसकेको बताएको छ ।
गत वर्ष ६६ जना छात्र थिए भने ४४ जना छात्रा थिए । सो उमाविको तथ्याङ्ग हेर्दा लामो समयदेखि छात्राहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइन्छ । शुरुमा छात्राहरूको सङ्ख्या न्यून थियो तर यता केही वर्षदेखि छात्राहरूको सङ्ख्या छात्रको तुलना उल्लेखनीयरूपमा वृद्धि भएको छ ।
पर्सा जिल्लामा अहिले १५ वटा उमावि सञ्चालनमा छ । श्री जनता उमावि पकडिया बडनियारको तथ्याङ्क अनुसार गत वर्ष ४५ छात्रा र ३० छात्र भर्ना भएका थिए भने यसपालि ६० छात्रा र ४० छात्र छन् ।
२०६४ सालदेखि सञ्चालित सो उमाविमा हाल छात्राको सङ्ख्या बढ्दै गएको छ । यसैगरी नेरा उमावि बर्वा छटैलीमा पनि छात्रभन्दा छात्राको सङ्ख्या बढ्दैछ ।
गत वर्ष १३ जना छात्र र २२ जना छात्रा भर्ना भएका थिए भने यस वर्ष ११ छात्र र २३ छात्रा भर्ना भएका छन् ।
पूर्व प्रधानाध्यापक गौरीशङ्करले छोराछोरीबीच भेदभावमा कमी भएको परिणामस्वरूप छात्राहरूको सङ्ख्यामा वृद्धि भएको बताए । उनले पछिल्लो समयमा शिक्षित बुहारीहरूको खोजी भइरहेको कारण पनि अध्ययन गराउने परिपाटीमा विकास भएको बताए ।
यसको अलावा सुरक्षाको दृष्टिकोणले पनि ग्रामीण क्षेत्रमा उमावि तहको अध्यापन हुन थालेपछि प्रवेशिका परीक्षापछि अध्ययन गर्न शहर जानुपर्ने बाध्यताले थुप्रै छात्राहरूले अध्ययन छाड्नुपर्ने थियो ।
पूर्व प्रअ गौरीशङ्करले शिक्षित बुहारी खोज्ने घरपरिवारले दहेजमा पनि कमी गरेको कतिपयले दहेजसमेत नलिने गरेको कारण छोरीहरूलाई अध्ययन गराउन अभिभावकहरू अग्रसर भएको बताएका छन् ।
रामदेव कलवार जिल्ला उच्चाङ्गल उमावि पोखरियाका प्राचार्य व्यास महतोले छोराछोरीबीच भेदभाव हट्दै गएको, अभिभावकहरूमा चेतना बढेको, घरपायक शिक्षा कम खर्चिलो भएको कारण पनि छात्राहरूको सङ्ख्या बढी रहेको बताए ।
पछिल्लो समयमा बालविवाहको दर घटेको कारण पनि छात्राहरू शिक्षातर्पm आकर्षित भएको उनको तर्क थियो ।
जिल्ला शिक्षा कार्यालय पर्सासँग ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालयहरूमा छात्रछात्राको यकिन तथ्याङ्क छैन । जिशिअ रामविनय सिंहले १५ वटा उमावि सञ्चालनमा रहेको र उनीहरूबाटै सङ्ख्या यकिन गर्न सकिने बताए ।