–कुमार रुपाखेती
काम गरेर होइन, काम नगरेरै वीरगंज उपमहानगरपालिका अहिले चर्चामा छ । वीरगंज उपमहानगरपालिका स्वयं आप्mनै कर्मचारीहरूबाट पीडित र आतङ्कित छ । वीउमनपाको दुर्दशामा बदनियति राख्ने कर्मचारीहरूको ठूलो योगदान छ । सार्वजनिक स्थल, पिकनिक स्थल र कार्यालयमैं रक्सीले मात्तिने, महिला कर्मचारीहरूलाई तर्साउने, ठाडै घूस माग्ने, समयमा कार्यालय नआउने, हाजिरी पड्काएर छुमन्तर हुने, रोजी रोजी कमाइदार, मालदार फाँट माग्ने, बाहिरिया भन्दै कार्यकारी अधिकृतलाई थर्काउने, सेवाग्रहीसँग राम्रो व्यवहार नगर्ने आदि इत्यादि काला कर्तुतहरू त्यहाँका कर्मचारीहरूका विशेषता हुन् । मालपोत र भन्सारभन्दा चर्को चलखेल गर्छन् यहाँका कर्मचारीहरू । थुप्रै अयोग्यहरू महŒवपूर्ण फाँटमा कुखुराले ओथरा बसेभैंm फाँट ओगटेर बसेका छन्, नचाहेर पनि कार्यकारी प्रमुख तिनलाई त्यहाँ राख्न बाध्य छन् ।
विशेष बढुवा व्यवस्थाबाट नायब सुब्बा बनेका र वडासचिव भएर वडा समितिमा खट्नुपर्ने १९ जना वडासचिव स्तरमा काम गर्नुपर्नेहरू कोही सामाजिक विकास शाखा त कोही राजस्व जस्ता महŒवपूर्ण फाँटमा अजिङ्गरभैंm बसेका छन् । यस्ताहरूलाई नगरपालिका ऐन नियम बमोजिम वडासचिवमा खटाउन नसक्नु पनि नगरपालिका नेतृत्वको असफलता र दुर्भाग्य बनेको छ । विशेष बढुवा पड्काएर वडा सचिवमा पठाउन नसक्नु कसको कमजोरी हो ?
वीउमनपामा भाँडभैलो मच्चिनुका थुप्रै कारणहरूमध्ये विगतमा मोनोपोली भर्ना पनि एउटा प्रमुख कारण हो । उति बेला कतिपय महानुभावलहरूले जनप्रतिनिधि निर्वाचित भएपछि आप्mना आवारा प्रवृत्तिका सन्तानहरूलाई गोर्खा भर्ती केन्द्रभैंm भटाभट नगरपालिकामा भर्ना गराए । योग्यहरूलाई छाँटेर नातावाद, कृपावाद र फरियावादका आधारमा मोलमोलाइ गर्दै अयोग्य र नालायकहरूलाई कर्मचारीमा रूपान्तरण गरिदिए । पित्तललाई घोटेर सुन बनाउन सकिन्छ र ?
जसको दुष्परिणाम आज सारा वीरगंजले भोग्दैछ । लालुको बिहारको जङ्गलराज र दङ्गल अचेल नगरपालिकामा सहजै देख्न सकिन्छ । जहाँ कार्यालय समयमा दिनदहाडै कार्यकारी अधिकृत कुटिन्छन्, जहाँ कार्यालयको होइन पहलवानी अखडाको गन्ध आउँछ त्यहाँ कसरी कोही सुरक्षित रहन सक्छ ? जहाँ हर डाल में उल्लु बैठा हो उस चमनका क्या कहना । अब त सेवाग्रहीसमेत थर्कमान भएर नपामा पस्छन् । कर्मचारीले भने बमोजिम जसोजसो बाहुनबाजे त्यसो त्यसो स्वाहा गर्छन्, गोजी टकटक्याएर फर्किन्छन् । यस्ताहरूलाई हामीले राष्ट्रसेवकको पगरी दिन्छौं । शायद नगरपालिका ऐन एकदमै फितलो छ क्यारे, त्यसैले त्यहाँ उल्टो गङ्गा बग्छ । सानोले ठूलोलाई हेप्छ, कर्मचारीले आपूmलाई सेवाग्रहीभन्दा ठूलो र सर्वेसर्वा ठान्दछ । हाकिमले खटाएको गाउँमा नजाने सुविधा पनि यहाँ उपलब्ध छ । विगतका दिनमा भनसुन र धनसुनका आधारमा नियुक्ति पाएका, जनप्रतिनिधिले हुर्काएका अवैध सन्तानहरूलाई पाता नफर्काएसम्म यो शहरको आनबान र शान भनिने उपमहानगरपालिकाको कार्यापलट हुने देखिंदैन र बिमार नगरपालिकाले ३० वटा वडा भएको विशाल क्षेत्रको सफल उपचार गर्नै सक्दैन ।
पहिले त्यहाँ कार्यरत कर्मचारीको प्रशासनिक उपचार जरुरी छ, नत्र वीरगंज उँभो लाग्नेवाला छैन । नक्कली भारतीय शैक्षिक प्रमाणपत्र, माफियातन्त्र, राजनैतिक गुरुमन्त्र र लुटतन्त्र सबै त्यहाँ निर्धक्क र फेबिकोलको जोडका साथ आसन ग्रहण गरेका बसेका छन् । सैयाँ भए कोतवाल अब डर काहेका को अवस्था छ ।
सबैभन्दा तकलिफ त त्यहाँ करारमा काम गर्नेलाई छ । करारमा रहेकाहरूलाई त्यहाँ व्यक्तिगत कामदारभैंmं व्यवहार गरिन्छ । सामाजिक विकास शाखाको जाबो एउटा नासुले महिला सामाजिक परिचालिकहरूको सातो लिइरहन्छ, बिनसित्तिमा । वडा सचिवमा बहाल हुनुपर्ने यस्ता हिटलरहरू साम, दाम, दण्ड, भेद प्रयोग गरेर, कार्यकारीलाई भ्रममा राखेर आए हजुर–गए ससुर भन्ने यिनको विषालु सोचबाट विचरा कार्यकारीहरू अनभिज्ञ रहन्छन् र धोका खान्छन् । यहाँ आउने कार्यकारी अधिकृत विचराहरू हिजो जनप्रतिनिधिबाट पीडित रहन्थे अचेल अदना कर्मचारीले हायलकायल गर्दछन् । अस्ति वीउमनपामा भएको झगडा रगडा चानचुने मामिला होइन । वास्तविकता छानबिन गरेर दोषीमाथि दोष अनुसारको कारबाई नहुने हो भने वीउमनपा अब गुण्डागर्दी र बाहुबलीहरूको चलखेलको केन्द्र बन्न सक्छ । तसर्थ नगरपालिकालाई सही ट्र्याकमा ल्याउन उचित समयमा उचित निर्णय लिने बेला भइसकेको छ । सौताको रिसले पोइको काखमा मुत्ने भनेभैंm एउटाको रिस अर्कोमाथि पोख्न पाइने व्यवस्था र सुविधा कहाँ छ ? आपूmले रोजेको फाँट खोज्ने, नपाउँदा रिसले मुर्मुरिने अनि तल्ला स्तरका करारवालालाई दशैंको मुखमा बेरोजगार पार्ने षड्यन्त्र गर्ने कहाँको रिवाज हो । भनिन्छ भगवान के घर देर है अँधेर नही । नगरपालिका घटनामा समेत आम जनताले देर आयद दुरुस्त आयद स्तरमा उचित छानबिन गरी अनुचित गर्नेहरूलाई कानुनसम्मत कारबाई गर्नेमा विश्वस्त देखिन्छन् । नगरपालिहरू भनेको स्थानीय सरकार हो र कार्यकारी अधिकृत यसका प्रमुख । अनि यस्तो लाचार भएर एउटा स्थानीय सरकार प्रमुखले कसरी यो शहरको उचित रेखदेख गर्न सक्छ ? हतियारविहीन कमान्डरले कसरी जीत हासिल गर्न सक्छ ? सरकारले स्थानीय निर्वाचन गर्न नसक्ने, कर्मचारीलाई तह लगाउन नसक्ने, कार्यकारी अधिकृतलाई सुरक्ष्Fित राख्न नसक्ने, सरसफाइ लथालिङ्ग हुने, समाजमा नराम्रो सन्देश जाने जस्ता क्रियाकलाप हुने वीरगंज उपमहानगरपालिकामा बोझ बनेका, स्थायी कर्मचारीको फोस्रो धाक देखाउनेहरूलाई सेतो हात्तीभैंm पाल्नुभन्दा गोल्डेन ह्यान्डसेकको नाममा कान समातेर झिक्दै नयाँ पुस्ताका योग्यहरूलाई भर्ना गरे कसो होला ? कार्यालय र कर्मचारीको मर्यादाविपरीत कार्यालयलाई रणभूमिमा परिणत गर्ने यस्ता वीरहरूको वीरता र योग्यताको कदर गर्दै बरु वीउमनपाले यिनको पद परिवर्तन गरेर नगर प्रहरी पदमा बहाल गरिदिए कसो होला ?
अस्ति नगरपालिकाको हात हालाहालको घटनापछि बिचौलिया अथवा दलालको भूमिकामा विभिन्न शक्तिकेन्द्रको घरदैंलो चहार्ने एउटा अधिकृतको हेटौंडा पिकनिकको चर्तिकला त सय जिब्रो भएको शेषनागले पनि वर्णन गर्न सक्दैन । बकुलाको भीडमा काग भनेभैंm यिनको रूपै कालो, मनै कालो, पेटै कालो हुन्छ । जेहोस् वीरगंजका जनता वीनपामा अस्ति घटित उच्छृङ्खल घटनाको उचित उपचार चाहन्छ जसले कार्यकारी अधिकृतका खातिर मलमपट्टीको काम गरोस् । अस्तु १