प्रस, ठोरी, १३ असोज/
ठोरीमा बाघ र चितुवाले अहिलेसम्म दुई दर्जनभन्दा बढी पशुचौपाया मारेपछि स्थानीय पशुपालक किसान चिन्तित बनेका छन् । ठोरीको ९ वटै वडामा डुलेर बाघ र चितुवाले पशुचौपाया मार्न थालेपछि पशुपालक किसानहरू मारमा परेका हुन् । अहिलेसम्म तीनवटा गाई, दुईवटा भैंसी, १८ वटा खसीबाख्रा बाघ र चितुवाले मारिसकेको छ ।
खोरमैं आएर खसीबाख्रा मार्न चितुवा पल्केपछि ठोरी–५ का वीरवहादुर गोलेले सबै खोर खाली हुने गरी खसीबाख्रा बेचिदिएका छन् । गोलेले भने–“खोरमा बाख्रा हुँदा मान्छेकै ज्यान जोखिम हुने भयो । त्यसैले सबै बाख्रा बेचिदिएँ । खोरमा १७ वटा बाख्रा थिए । बुधवार राति चितुवाले घर वरिपरि आतङ्क मचाएकोले सबै खसीबाख्रा बेचिदिएँ ।” बाख्रापालन गरेर जीवनयापन गरिरहेका गोले अब कसरी जीवन गुजारा गर्ने भन्ने चिन्तामा छन् । उनको मात्रै चितुवाले ३ वटा खसीबाख्रा मारेको थियो ।
गोलेजस्तै अन्य बाख्रापालक किसानहरू पनि चिन्तामा छन् । सम्बन्धित निकायले गाउँमा सताउने बाघ र चितुवालाई व्यवस्थापन नगरे पशुपालक किसानहरूको पेशा धरापमा पर्ने देखिन्छ । बिहीवार बिहान मात्रै ठोरी–१ मगर टोलमा इन्द्रकुमारी थापामगरको एउटा माउ गाई र बाच्छीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको निर्मल–ठोरी उपभोक्ता समितिका सदस्य चेतबहादुर थापाले बताए । बिहीवार राति १० बजे ठोरी–२ बस्ने गौतम कुँवरको ४ दिनको पाडोलाई आक्रमण गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।
भदौ दोस्रो सातादेखि बाघ र चितुवाले ठोरीमा आतङ्क मचाएको हो । गत भदौ ३० गते ठोरी–४ बस्ने वसना भण्डारीलाई बाघले आक्रमण गरी घाइते बनाएपछि बाघलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराबाट प्राविधिक टोली आए पनि बाघ फेला नपरेपछि फिर्ता भएको थियो ।