प्रस, वीरगंज,११ असोज/
जनकपुर उच्च अदालतको पर्सा, बारा, रौतहटको मुद्दा हेर्ने अस्थायी इजलास वीरगंजमा स्थापना भएको एक साता बित्दा पनि दर्ताबाहेक इजलास सञ्चालनमा आएको छैन । अस्थायी इजलासको लागि आवश्यक पूर्वाधार तयार नभएकोले पेशी चढ्न सकेको छैन ।
अहिलेसम्म मुद्दा दर्ता हुनेसम्मको काम भइरहेको बताइएको छ । अस्थायी इजलास असोज ५ गतेदेखि नै सञ्चालनमा आउने उद्घाटन कार्यक्रममा जानकारी गराइएको थियो तर अहिले एक साता बित्दा पनि इजलास सञ्चालनमा आउन सकेको छैन ।
यस विषयमा उच्च न्यायालय अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले इजलास सञ्चालनको तयारी तीव्र गतिमा भइरहेको बताए । उनले दशै बिदा अगाडि एउटा इजलास सञ्चालनमा आउने बताए ।
हाल १५ न्यायाधीशको दरबन्दी रहेको अस्थायी इजलास वीचिकालिमा आज ७ जना न्यायाधीश हाजिर भइसकेका छन् । न्यायाधीशहरू हाजिर भए पनि इजलासको काम हुन नसकेको कारण पेशी चढ्न सकेको छैन ।
मुख्य न्यायाधीश चापागाईंले अहिलेसम्म पुनरावेदन पत्र–७, रिट–४, अदालती बन्दोबस्त मुद्दा–१, बेरित पैmसला विरुद्धको मुद्दा –९, धरौटी तारेख–२ वटा मुद्दा दर्ता रहेको बताए ।