मानिसको स्वभाव बुझ्न गा¥हो छ । यस स्वभावको कुनै सूत्र छैन, जसले मानव स्वभावलाई निर्देशित गरेर एउटा खास दिशा, सोच र बाटोमा लगाउन सकियोस् । मानव गतिविधि सकारात्मक र नकारात्मक दुवै हुन्छ । नकारात्मकलाई छाडेर सकारात्मकलाई अ“गाल्न राज्य व्यवस्थाले केही नियोजनात्मक नीति निर्धारण गरेको हुन्छ । प्रायः मानिस यस निर्धारणाको पालन गर्दछन् पनि, तर केही नीति–नियमलाई नै निषेध गर्न तम्सन्छन् । यस्तो अवस्था निकै दुरुह बन्न पुग्दछ । शुरुमा समाजले, पछि राज्यको निर्माण भएपछि, राज्यले मानिसमा नकारात्मकता नियन्त्रणका लागि कानुनको व्यवस्था ग¥यो । कानुनले मानिसलाई गर्न हुने र नहुने कुरामा छुट र वर्जना ग¥यो । तर पनि मानिस निषेध–उल्लङ्घनमा सदा तत्पर रहन्छ । यस्तो उल्लङ्घनले अपहत्ते आइलाग्छ भन्ने जान्दाजान्दै पनि त्यही काम गर्न तम्सिन्छ । यस्ता काम सोची नसक्ने परिमाणमा मानव समाजमा देखिन्छ । त्यसैमध्ये अहिले नेपालमा चर्चित भएको छ मापसे । मापसे अर्थात् मादक पदार्थ सेवन । हुनत राज्यले मादक पदार्थ सेवनलाई निषेध गरेको छैन, तर मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउन भने वर्जित छ ।
मापसे प्रायः राति गरिन्छ । मादक पदार्थ सेवन गरेपछि दिनभरिको थकान, तनाव तत्कालको लागि हट्ने र यसले शारीरिक अवयवलाई शिथिल पारिदिने हुनाले मात्रामा र कहिलेकाहीं उपयोगलाई नराम्रो पनि मानिंदैन । तर मापसेको एउटा सर्वमान्य सिद्धान्त के हो भने यो सेवनपछि रात्रि विश्राममा जानुपर्छ । यसले आवेग र उत्तेजना उत्पन्न गर्ने हु“दा मापसेपछि मानिसले आप्mनो सक्रियतालाई विश्राम दिनुपर्छ । मापसे गरेर सवारी साधन चलाउ“दा, त्यसैले दुर्घटनाको सम्भावना बढ्दछ । नेपालमा पनि शोधपछि के ज्ञात भयो भने अधिकांश मानवजन्य दुर्घटनाको पछाडि मापसे नै रहेको हुन्छ । तसर्थ राज्यले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु दण्डनीय बनायो । मापसे राति गरिने हु“दा सूर्यास्तपछि नै प्रहरीले जा“च शुरु गर्छ । यहीं आएर मानिसको प्रतिबन्ध–भ· मनोविज्ञान सक्रिय हुन्छ । किनकि जो पक्राउ पर्छ उही दण्डित हुन्छ । तसर्थ पक्राउ नपरियोस् भनी जिराहाहरूले बिहानै मापसे गर्न थाले ।
मादक पदार्थ सेवन व्यक्तिको स्वतन्त्रताको कुरा पनि हो । यसमा प्रायः मुलुकको सरकारले हस्तक्षेप गर्दैन । तर यसबाट हुने अनियमितता रोक्न भने सबै सरकारहरू सतर्क र सजग रहन्छन् । भारतमा एकताका देशैभरि मद्यनिषेध थियो । अहिले बिहार राज्यमा यो नियम लागू छ । अनि बिहारका मद्यपायीहरू नेपालको सीमान्त नगरबस्तीतिर लाग्छन् । प्रायः उनीहरू नै बिहान मद्यपान गर्छन् । देखासिकी नेपालका रिक्शा, टेम्पो र अन्य सवारी साधन चलाउनेहरू पनि बिहान मद्यपान गर्न थालेका छन् । राज्यले अवाञ्छित कुरा रोक लगाउन खोज्छ मानिस भने वर्जना–भ· गर्दै आप्mनै अपहत्ते हुनेगरी कुबेला नै मदिरा सेवन गर्न थाल्छ । आम नागरिकको बिहानदेखि नै मद्यपान गर्ने बानीविरुद्ध उजुरी पर्न थालेपछि शायद प्रशासनले अब दिनभरि नै मापसे जा“च गर्ला । राज्यको दायित्व हो, गर्नैपर्छ । किनकि राति मदिरा सेवन केही अंशमा मानिसको लागि सुखमय भए पनि दिउ“सोको सेवन त अपहत्ते मात्र हो ।