अनन्तकुमार लाल दास
बचपन कल्पनाको उडान भर्ने समय हो । यस बेला केटाकेटीहरू पारिवारिक, सामाजिक र सांसारिक चिन्ताबाट मुक्त हुन्छन् । यस बेला उनीहरूको बालमन कल्पनालोकमा रमेको हुन्छ । उसले कहिल्यै आपूmलाई कार्टुनको विभिन्न पात्रस“ग जोड्छ भने कहिले कथाहरूको माध्यमबाट परीहरूको दुनिया“मा घुमिरहेको हुन्छ । कहिले चराहरूजस्तै खुला आकाशमा उड्ने कल्पना गर्छ भने कहिले सगरमाथाको चुचुरोमा पुगी खेल्ने प्रयास गरिरहेको हुन्छ । यस्तै कल्पनाशीलताले भविष्यमा उसलाई एउटा सजग र जिम्मेवार नागरिक बनाउने महŒवपूर्ण भूमिका निर्वाह गर्छ । यस्तै कल्पनाले ऊभित्र लोकतान्त्रिक संस्कारको पनि निर्माण गर्छ । यसले केटाकेटीहरूलाई आप्mनो छरछिमेकप्रति संवेदनशील र चिन्तनशील पनि बनाउ“छ जो एउटा समाजको विकासको लागि धेरै आवश्यक हुन्छ । यस कारण शिक्षा क्षेत्रमा यसको उपयोगिता झन् बढेर जान्छ । वर्तमान आवश्यकता भनेको विद्यालयहरूमा केटाकेटीहरूको कल्पनाशीलता र रचनात्मकतालाई विकसित गर्ने प्रयास निरन्तर गरिरहनु हो । यसको लागि विद्यालयको संरचना यस्तो हुनुपर्छ जहा“ उसले आप्mनो कल्पनाको सागरमा डुबुल्की मार्न सकोस् ।
अब के प्रश्न उठ्छ भने शिक्षाको पारम्परिक पद्धतिमा कस्तो परिवर्तन ल्याउने, जसबाट केटाकेटीहरूमा कल्पनाशीलताको विकास होस् ? पारम्परिक पद्धतिमा घोकन्ते ज्ञानलाई बढावा दिइन्छ, जसमा कल्पनाशीलताको लागि कुनै ठाउ“ हु“दैन । उसले त्यही पढ्छ, सिक्छ र सोच्दछ जो उसको शिक्षकले बताउ“छ । अर्थात् शिक्षकको सोच केटाकेटीहरूमाथि हाबी हुन्छ । केटाकेटीहरू यस्तो सा“चोमा ढल्छन् जहा“ उनको आप्mनो केही हु“दैन । यस पद्धतिको सबैभन्दा ठूलो समस्या के हो भने यदि शिक्षक नै कल्पनाशील छैन भने उसले कसरी केटाकेटीहरूमा कल्पनाशीलताको विकास गर्छ । अहिलेको अर्को विडम्बना के हो भने शिक्षण पेशाामा यस्ता मानिसहरू समावेश छन् जसको लागि यो एउटा ‘जागीर’ मात्र हो । एउटा शिक्षकलाई केटाकेटीहरूबीच केटाकेटी नै बन्नुपर्छ । बचपनमा फर्केर केटाकेटीहरूसंग संवाद गर्नुपर्छ । शिक्षकमा यसप्रति सही दृष्टिकोण हुनु नितान्त आवश्यक छ तर धेरै ठाउ“मा यसको ठीक विपरीत देखापर्छ । यो उउटा भयावह स्थिति हो, जहा“ केटाकेटीहरूलाई एउटा खास विचारधारा अन्तर्गत ठोकपीट गरेर यस्तो नागरिक बनाइन्छ जो अनुशासित त हुन्छ, रचनाधर्मी र कल्पनाशील हु“दैन ।
भन्न के खोजिएको हो भने केटाकेटीहरूमाथि जीवनपर्यन्त शिक्षकको विचारधारा हाबी हुन्छ । उसमा आत्मविश्वासको कमी देखापर्छ । जीवनभरि उसले सिकेको कुरालाई मात्र वमन गरिरहेको हुन्छ । यस विषयमा शिक्षाविद्हरूका अनुसार “शिक्षाको अर्थ केटाकेटीलाई जीवनको बेग्लाबेग्लै भाग होइन, समग्रमा बुझ्नका लागि शिक्षित गर्नु हो जस्तै शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक । एउटा विभाजित दृष्टिकोण होइन, जीवनप्रति समग्र एकीकृत दृष्टिकोण अर्थात् शिक्षाको माध्यमले एउटा यस्तो मानिस विकसित गर्नु हो जो सबै कुरो गर्न सक्षम हुन्छ, जोस“ग यस्तो ज्ञान हुन्छ जसलाई कुनै दिशामा ढालिएको छैन तर आपैंmमा समग्र छ ।”
हाम्रो शिक्षा व्यवस्थाको एउटा ठूलो समस्या के हो भने पाठ्यक्रम र नीति निर्माण गर्दा केटाकेटीहरूलाई के–के कुरो पढाउनुपर्छ र पढाउ“दा कसरी सुविधा हुन्छ भन्ने कुरोमा शिक्षकहरूस“ग सल्लाह लिइन्छ । तर केटाकेटीहरूले के–के पढ्न पढ्न चाहन्छन् र कसरी पढ्न चाहन्छन् भन्ने कुरामा सल्लाह लिने प्रयास
गरिन्न । केटाकेटीकेन्द्रित शिक्षाको कुरा त गर्छौ तर त्यसमा केटाकेटीहरू कहा“ छन् ? एउटा लादिएको पाठ्यक्रम र शिक्षा व्यवस्थाको भारी वर्षौदेखि आप्mनो का“धमा बोकिरहेका छौं । यस कारण आज सङ्घीयता र समावेशिताको कुरा गर्दा शिक्षामा पनि कसरी लोकतन्त्र स्थापित गर्ने कुरा छलफल गर्नु नितान्त आवश्यक छ । आज आवश्यकता छ प्रादेशिक संरचना अनुसार केटाकेटीहरूको कल्पनाशीलता, भावना र इच्छाको सम्मान गर्दै एउटा नया“ पाठ्यक्रम निर्माण गर्ने । जबसम्म हामी यसो गर्दैनौ, हामी शिक्षाको उच्चतम लक्ष्य हासिल गर्न सक्षम हु“दैनौ । केटाकेटीहरू लादिएको पाठ्यक्रमको भारी बोक्न बाध्य भइरहन्छन् र हामी उनीहरूभित्र रहेको रचनात्मकता र कलपनाशीलाको घा“टी निमोठ्दै रहन्छौं ।
अर्कोतर्पm आजको उपभोक्तावादी संस्कृतिले बा“की रहेको कुरालाई पनि बर्बाद गर्न थालेको छ । आज यसले केटाकेटीहरूलाई कहिले ‘प्रोडक्ट’ त कहिले ‘उपभोक्ता’मा परिवर्तन गरेको छ । यसको सबैभन्दा गम्भीर प्रभाव केटाकेटीहरूको कल्पनाशीलतामा परेको छ । हाम्रो पारम्परिक खेलौना जसलाई पहिले केटाकेटीहरू आप्mनै हातले बनाउ“थे । माटो, पुराना लुगाफाटा र अन्य घरेलू वस्तुलाई केटाकेटी आप्mनो कल्पनाको आकार प्रदान गर्दथे, आजका केटाकेटीहरूको जीवनमा यसको कुनै महŒव छैन । आज हाम्रा केटाकेटीहरूको अगाडि धेरै मात्रामा देशी–विदेशी खेलौना उपलब्ध छन् । आज उनीहरूलाई आप्mनो हातले कुनै कुरो बनाउने आवश्यकता पर्दैन । आज लुगाफाटाले स्वनिर्मित ‘दुलहा–दुलही’को बिहेजस्तो खेल लुप्त भइसकेको छ । आजभोलि न माटोको घर बनाइन्छ, न मोटो ‘कुट’को मोटरगाडी । उच्च र मध्यम वर्गको त कुरै छाडौं, निम्न वर्गमा पनि यो परम्परा लुप्त भइसकेको छ । आज अभिभावकहरूले पनि आप्mना सन्तानलाई मह“गो खेलौना दिएर गर्वको अनुभूति गर्छन् । यो उनस्ीहरूको ‘स्टेटस सिम्बल’ बनिसकेको छ ।
निम्न मध्यम वर्ग र निम्न वर्गका अभिभावकहरूले पनि आप्mना सन्तानलाई रेडिमेड खेलौना नै ल्याएर दिन्छन् । मोबाइल र भिडियो गेमको प्रभावले त केटाकेटीहरूलाई खेलकूदबाट धेरै पर लगिसकेको छ । विद्यालयको पढाइमा घोक्ने र बढी गृहकार्यको दबाबबीच बचेको समय केटाकेटीहरूले भिडियो गेम र हिंसक कार्टुन हेर्नमैं व्यतीत गर्छन् । शारीरिक खेलहरूका लागि उनीस“ग समय नै हु“दैन । खेलकूद जसले केटाकेटीहरूमा एकता, सामूहिकता र सामुदायिक चेतनाको विकास गर्दछ त्यसबाट केटाकेटीहरू टाढा भइरहेका छन् । आज केटाकटीहरूको बचपन कहीं लुप्त भइरहेको देखापर्छ । हिंसक भिडियो वा मोबाइल गेम र कार्टुन केटाकेटीहरूको कलिलो मनमस्तिष्कलाई हिंसक बनाइरहेको कुरो धेरै शोधले पुष्टि गरेको छ । यही कारण हो आज बालमनमा हिंसक कल्पनाले आकार लिन थालेको छ । उनीहरूमा अपराधी प्रवृत्ति दिनानुदिन विकसित भइरहेको छ जो अति चिन्ताको विषय हो ।
अर्कोतर्पm अभिभावक र केटाकेटीहरूबीच दिन प्रतिदिन दूरी बढ्दै गइरहेको छ । जुन परिवारमा आमा र बुवा दुवै जागीरे छन् त्यहा“ समस्या त छ“दैछ, जुन परिवारमा आमा गृहिणीको रूपमा छिन् त्यहा“ सासू–बुहारीको गाथा टेलिभिजनमा हेर्दाहेर्दै उनीहरूलाई थाहा नै हु“दैन, केटाकेटीहरूस“ग पनि केही समय व्यतीत गर्नुपर्छ । उनीहरूले केटाकेटीहरूलाई पनि आपूmस“गै बसालेर यही कुरो पस्किरहेका हुन्छन् । कहानी सुनाउनु त परै जाओस्, आप्mनो सन्तान दिनभरि कुन क्रियाकलापमा व्यस्त रहे भन्ने कुरो जान्ने आवश्यकता पनि महसुस गर्दैनन् । एकल परिवारले त केटाकेटीहरूको कल्पनाशीलतालाई झन् हानि पु¥याएको छ । बाजे–बज्यैको कथाकहानी इतिहासको कुरो बन्दै गइरहेको छ । जुन कथा–कहानीबाट बालमनमा कल्पनाशीलताको बीउ उम्रिन्छ, त्यै छैन भने केटाकेटीहरूमा कल्पनाशीलताको विकास कसरी हुन्छ ? आज केटाकेटीहरू एक्लो भइरहेका छन् । अन्ध आधुनिकताको दबाबमा केटाकेटीहरू पिल्सिरहेका छन् । उनीहरूको बचपन उनीहरूस“ग टाढा हु“दै गइरहेको छ ।
अब प्रश्न उठ्छ केटाकेटीहरूको कल्पनाशीलता र रचनात्मकतालाई कसरी जोगाउने ? यस सम्बन्धमा सबैभन्दा ठूलो भूमिका विद्यालय र शिक्षकहरूले निर्वाह गर्नुपर्ने हुन्छ । विद्यालयको ढा“चा यस्तो निर्माण गर्नुपर्छ जहा“ केटाकेटीहरूले रचनात्मक ऊर्जाको सही उपयोग गर्न सकून् । ‘भित्ते पत्रिका’ले यसमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छ, जहा“ केटाकेटीहरूले आप्mनो कल्पनाशीलता प्रदर्शन गर्ने मौका प्राप्त गर्छन् । मेरो विचारमा प्रत्येक विद्यालयमा साप्ताहिक, पाक्षिक वा मासिक रूपमा भित्ते पत्रिका प्रकाशित गर्नुपर्छ । यस कार्यमा प्रशिक्षणका लागि स्थानीय मिडियाको सहयोग लिन सकिन्छ । पत्रकार महासङ्घले पनि केटाकेटीहरूमा कल्पनाशीलताको विकास र त्यसलाई प्रोत्साहन गर्न विद्यालयहरूमा यस प्रकारको अभियान थालनी गर्न सक्छ । विद्यालयहरूले पनि यसमा रुचि देखाउनुपर्छ किनभने कलिला बालबालिकाहरू यसै समाजका अ· र यस देशका भावी कर्णधार हुन् । यसरी केटाकेटीहरूलाई उत्पादनशील कार्यस“ग जोड्नुपर्छ । उनीहरूमा पढाइ स“गस“गै केही गर्ने प्रवृत्ति विकसित गर्नुपर्छ । हस्तकला, चित्रकला, कथा–कविता लेखन, गीत, नृत्य, स·ीत, नाटक र अन्य पारम्परिक कलास“ग केटाकेटीहरूलाई जोड्नुपर्छ अनि मात्र उनीहरूको सर्वा·ीण विकास सम्भव हुन्छ ।
शिक्षकहरूको सोचमा पनि रचनात्मकता र कल्पनाशीलता हुनुपर्छ । यसका लागि शिक्षकहरूले पनि स्वअध्ययन गर्नुपर्छ अनि मात्र उनीहरूले आप्mनो विद्यार्थीहरूमा यस्ता गुण विकास गर्न सक्छन् । साथसाथै यस विषयस“ग सम्बन्धित शिक्षकहरूलाई अन्य विषयका शिक्षकहरूले पनि सम्मान र प्रोत्साहन प्रदान गर्नुपर्छ । यसरी केटाकेटीहरूमा सोच्ने प्रवृत्ति पैदा गर्नुपर्छ । केटाकेटीहरूको सपनामा नै राष्ट्रको विकास निहित छ । केटाकेटीहरूको कल्पनाशीलतालाई कुल्चनु भनेको समाजलाई पतन मार्गतर्फ डो¥याउनु हो ।