राससकर्मी शीतल महतो वीरगंजको शीतल, शालीन र इमानदार पत्रकारको रूपमा चिनिन्छन् ।पत्रकार महतोको हालै राष्टिूय समाचार समिति अञ्चल कार्यालय वीरगंजबाट केन्द्रीय कार्यालय काठमाडौंमा ९ औं तहमा कार्यकारी सम्पादक पदमा बढुवा भएको छ ।
उनी काठमाडौं जाने तयारीमा छन् ।वीरगंजको व्यावसायिक पत्रकारिताको लागि इमानदारीका साथ विविध क्षेत्रको विकासको लागि उनले खर्चेको समय र श्रमलाई कदर गर्दै विभिन्न सङ्घसंस्थाले उनको सम्मान गर्दै छन् । आखिर महतो वीरगंज आए कसरी, उनी कहाँका बासिन्दा हुन्, उनले कति अध्ययन गरेकाछन्, उनको परिवार कस्तो छ, अब पत्रकारितामा के गर्छन्, वीरगंजको पत्रकारिता आगामी दिनमा कस्तो हुनुपर्छ भन्ने विषयमा उनीसँग गरिएको कुराकानी ।
– दाइ नमस्कार ।
० नमस्कार भाइ ।
–कतिको व्यस्त हुनुहुन्छ ?
० ठीकठीकै छु, वीरगंजबाट भौतिक रूपमा केही टाढा जाँदैछु, सबैले सम्मान गरिरहेका छन्, खुशी पनि छु ,दु:खी पनि ।
– वीरगंजलाई धेरै माया गर्नुहुन्छ क्या हो ?
० अवश्य, वीरगंज लामो समयसम्म मेरो कर्मथलो भयो, जीवनभर यो शहरको ऋणी बनेको छु ।
– तपाईंको जन्म, बाल्यकाल र शिक्षादीक्षाबारे बताउनुहोस् ?
० बुवा लक्ष्मीप्रसद सुमन (८५) र आमा सीता देवी (७८) को कोखबाट २०२५ साल साउन ६ गते धनुषा, चक्कर–४ मा जन्में । ३ कक्षासम्म शड्ढर मावि चक्करमा पढें । त्यसपछि एसएलसीसम्म जनता एकाइ मावि जदुकाहामा अध्ययन गरी उच्च तहको पढाइको लागि बिहारको मधुवनी जिल्लाको आरके कलेज गएँ । त्यहाँबाट आइएसीसम्म पढेर काठमाडौं आएँ । त्रिभुवन विश्वविद्यालयमा विज्ञान सड्ढायबाट स्नातक गरी जन समुदाय प्रशासनबाट स्नातकोत्तर अध्ययन गरेको छु ।
– पहिले पत्रकार नै बन्ने सोच थियो ?
० थिएन, मैले पत्रकार बन्ने कहिल्यै पनि सोचिनँ । स्नातकोत्तरको परीक्षा पास गरी समाज कल्याण परिषद्मा २०५१ सालमा तालिम शाखामा सह निर्देशक भएर काठमाडौंको जीवन जिउँदै गर्दा पत्रकारिता पेशामा लागेको हुँ ।
– समाज कल्याण परिषद्को जागिर छोडेर कसरी यस क्षेत्रतर्फ आइयो त ?
० मेरै कार्यालयमा एकजना मित्र हुनुहुन्थ्यो, शदरूदजी । उहाँले मलाई अधारभूत पत्रकारिता तालिम लिन प्रेरित गर्नुभयो । हामी दुवैजना मिडिया प्वाइन्टबाट ९ महिने अधारभूत पत्रकारिता तालिम लियौं । त्यसलगत्तै राससमा काठमाडौंको लागि संवाददाताको दरखास्त खुल्यो । मैले आवेदन गरें । दोस्रो नम्बरमा नाम निस्क्यो।
– राससमा कति सालदेखि आबद्ध हुनुभयो ?
० २०५३ सालदेखि काम गर्न शुरु गरेको थिएँ ।
–के हो, यो रासस ?
० यो देशको न्युज बैंक हो । हरेक देशले एउटा समाचार एजेन्जी राख्दछ । जस्तै–रोयटर्स, सिन्ह्वा, एपी, पिटिआई, एएनआई आदि । देशको विश्वासिलो समाचार एजेन्सीको रूपमा पनि चिनिन्छ राससलाई । यसले समाचार सड्ढलन, सम्पादन र सम्प्रेषण गरेको समाचार देशको सबै इलेक्ट्रोनिक्स र प्रिन्ट मिडियाले किन्छन् ।
– ए, भनेपछि ठूलै बाजी मार्नुभयो त्यति बेला होइन ?
० होइन, त्यति बेला म एउटा सानो पत्रकार हुँ लागेको थियो, राससको महत्त्व पछिपछि थाहा हुँदै गयो ।
– शुरुमा केके लेख्नुभयो ?
० म शुरुदेखि नै खोजमूलक पत्रकारको रूपमा आफूलाई उभ्याएँ । विशेष खालको फिचर लेखनमा रुचि बढ्दै गयो । सबैले चिन्न थाले । सबै खाले रिपोर्टिंग गरेको छु ।
– काठमाडौंबाट वीरगंज कहिले झर्नुभयो ?
० २०५८ सालमा यहाँको अञ्चल प्रमुखको रूपमा ईश्वरचन्द्र गौतम दाइ हुनुहुन्थ्यो । उहाँ माघमा अवकाश हुनेवाला हुनुहुन्थ्यो । त्यसैले केन्द्रीय कार्यालयले मलाई प्रमुख बनाएर पुस ८ गते वीरगंज पठायो ।
– शुरुमा कस्तो लाग्यो वीरगंज ?
० शुरुमा काम गर्न असहज लागेको थियो । पछि साथीभाइहरूसँग
घुलमिल र गाउँबस्ती घुम्न थालेपछि यस क्षेत्रको पत्रकारितामा रमाउन थालें ।
– विवाह कोसँग कहिले भयो ?
० करिब डेढ दशक अघि आइए पढेकी रेखा महतोसँग मेरो अभिभावकको मन्जुरीमा मागी–विवाह भयो ।
– सन्तान कति छन् ?
० छोरा अपिल, छोरीहरू चाँदनी र चञ्चल गरी तीन छन् । छोरीहरू धरानमा बिडिएस पढदैछन् भने
छोरो प्लस टुको पढाई काठमाडौमा गर्दैछ ।
– पत्रकारिता गर्दा परिवारसँग कतिको न्याय गर्नुभयो ।
० हाहाहा, बडो राम्रो प्रश्न गर्नुभयो, दुवैलाई समय दिएँ । परिवारलाई हाइ क्लास सुविधा दिन सकिनँ तर धेरै खराब पनि गरिनँ । कामको बेला काम गरें, फुर्सदको बेला परिवारलाई लिएर घुम्न हिडें ।
– भाउजुले कतिको साथ दिनुहुन्छ ?
० उनले मेरो लागि धेरै सेक्रीफाइस गरेकी छन् । हरदम राम्रो बाटोमा हिड्न सल्लाह दिइन् । सुखदु:खमा साथ दिदै आएकी छन् ।
– वीरगंजको पत्रकारितालाई कसरी चित्रण गर्नुहुन्छ ?
० राम्रै छ, एकदुई वर्ष अघि ट्रयाक परिवर्तन हुन लागेको थियो । समयमैं यहाँका साथीहरूले विचार पुर्याएर अहिले राम्रै गर्दै जानुभएको छ ।
– यहाँको पत्रिका र पत्रकार कतिको स्तरीय छन् ?
० म वीरगंज आउदा प्रतीक र अंकुश मात्रै छापिन्थ्यो । अहिले धेरै पत्रिका र पत्रकार वीरगंजले जन्माएको छ । वीरगंजकै प्रतीक देशविदेशमा लोकप्रिय छ । अरूअरू पनि पत्रिका प्रतिस्पर्धामा छन् । कतिपय पत्रकार राष्ट्रिय स्तरमा रिपोर्टिंग गरेर वीरगंजको पहिचान पनि बनेका छन् । उपत्यका बाहिर वीरगंजले पत्रकारितामा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
– वीरगंजको पत्रकारितालाई अझै राम्रो बनाउन के गर्नुपर्छ ?
० व्यावसायिक र मर्यादित पत्रकारितामा जोड दिई स्वस्थ प्रतिस्पर्धाको खाँचो छ । अब जनताको मन छुने खोज पत्रकारिता, तथ्याड्ढ पत्रकारिता, विकास पत्रकारिता, द्वन्द्व पत्रकारिता, गाउँबस्तीको समस्या, पीडा र भोगाइबारे समाचारको क्षेत्रमा कलम चलाइयो र पत्रकार र पत्रिकालाई अचारसंहितमा हिंडाइयो भने राम्रो गर्न सकिन्छ ।
– तपाईंको काठमाडौको यात्रा कहिले हुन्छ र यहाँको प्रमुखमा को आउँदै हुनुहुन्छ ?
० म शायद शुक्रवारसम्म काठमाडौं पुग्छु । जनकपुरबाट पत्रकार विजय कर्ण आउँदै छन् ।
– सम्पादकमा बढुवा भएर कतिको मख्ख हुनुहुन्छ ?
० छैन भाइ, झन् तनावमा छु, यो क्षेत्र मेरो लागि नयाँ हो । पहिले समाचार लेखिन्थ्यो । अब समाचार सम्पादन गर्ने जिम्मेवारी सुम्पिएको छ । मेरो ६ महिना चूनौतीपूर्ण बित्नेछ ।
तपाईंसँग साना प्रश्नहरू
– मनपर्ने देश ?
० नेपाल
– मनपर्ने शहर ?
० वीरगंज
– मनपर्ने पुस्तक ?
० रामायण
– मनपर्ने साथी ?
० मेरी जीवनसाथी रेखा
– मनपर्ने वस्तु ?
० कलम र डायरी
– मनपर्ने मिडिया
० रासस
– अन्त्यमा एउटा प्रश्न अझै, वीरगंज छाडेर गएपछि वीरगंज र यहाँका साथीहरूलाई कतिको सम्झनुहुन्छ ?
० नसम्झने त कुरै छैन । प्रतीकमा लामो समयदेखि लेख्दै आएको छु ,सिक्दै आएको छु, बेला–कुबेला वीरगंज झरिरहन्छु, सबैसँग भेटघाट, प्रेम र स्नेह बढ्ने नै छ ।
– व्यस्तताको बावजुद समय दिएर कुराकानी गरिदिनुभएकोमा आभार प्रकट गर्दै तपाईंको सफल भविष्यको कामना गर्दछु ।
० तपाईंहरूलाई पनि धन्यवाद, धेरैधेरै स्नेह ।
तस्वीर एवम प्रस्तुति :बिरजालाल