–कुमार रुपाखेती
प्रधानन्त्रीको कुर्सी सम्हाल्ने बित्तिकै प्रचण्डले ‘गरिबका लागि सरकार’ भन्ने उद्घोष गरेका छन् । तर राजनैतिक विश्लेषकहरू प्रचण्डलाई ‘नौ महिनाका खातिर सरकार’ भनिरहेका छन् ।
नेपालका प्रधानमन्त्रीहरू कुर्सीमा बस्ने बित्तिकै नयाँ कामको सट्टा नयाँनयाँ नारा घन्काउनुलाई आफ्नो बहादुरी ठान्दछन् ।
स्व. राजा महेन्द्रले वि.सं. २०२८ सालमा किसानको हितमा भूमिसुधार कार्यक्रम लागू गर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मसाल (मोहन विक्रम सिंह)ले राजा महेन्द्रको भूमिसुधारको विरोधमा एउटा गीत बनाएको थियो । जसको बोल थियो– “भित्रभित्रै कुहेको अनार, देख्दा राम्रो यो भूमिसुधार, मिठाइ खुवाएर फकाउँछ किसानलाई खुबै रुवाएर ।” तर धेरैले त्यस बेला भूमिसुधारलाई क्रान्तिकारी कदमसमेत भने । प्रचण्डको गरिबका लागि सरकार पनि स्व. राजा महेन्द्रको भूमिसुधारको अर्को रूप हो भन्ने पनि धेरै भेटिए ।
गरिबका लागि सरकार प्रमाणित गर्न प्रचण्डको अपूरो, अधूरो मन्त्रिमण्डलले बाढी, पहिरो पीडितलाई राहतमा थप एक लाख दिने निर्णय गर्दै आफ्नो पल्ला झारिसकेको छ ।
नेपालको गरिब जनतालाई सरकार होइन, रोजगार र कामको ग्यारेन्टी चाहिएको छ, गाँस, वास र कपास चाहिएको छ ।
यो सरकार पनि ओलीभैंm बेठेकानी सरकार हो, भावीले यसको भाग्य कोरिसकेको छ । हाटहुट र लाटलुट गरी निर्माण भएको यो सरकारले गरिबका लागि त के, आफ्नै सुरक्षाका लागि समेत काम गर्न सक्ने लक्षण देखिंदैन । एउटा फटेहाल, असुरक्षित सरकारले मुलुकभरिका गरिबलाई सुरक्षित राख्न सक्छ भन्ने सवाल नै पैदा हुँदैन । अनि गरिब मात्रै यो मुलुकका नागरिक हैनन् नि १ गरिबका साथसाथै हरिपलाई तह लगाउनु पनि सरकारकै दायित्व हो । सङ्क्षेपमा भन्ने हो भने गरिबका लागि सरकार गोहीको आँसु र हात्तीको देखाउने दाँत सिवाय क्यै होइन । अहिले प्रचण्डसम्म पहुँच गरिबले होइन, धनीले बनाइसकेका छन्, प्रचण्ड दरबार धनाढ्यहरूको भीडले खचाखच छ, गरिब नदारद छन् । कृष्ण र सुदामाबीच मित्रता हुने जमाना रहेन, अब प्रधानमन्त्री छँदा बाबुराम भट्टराईले गरिबको छाप्राछुप्री खुबै चहारे, गरिबको छाप्रो त उँभो लागेन, बरु नयाँ शक्तिको नाममा बाबुराम उँभो लाग्ने तरखरमा छन् । प्रधानमन्त्रीले कुरो होइन, काम गरेर देखाउनुपर्छ । आपैंm त महादेव उत्तान टा· कसले देला वरदान भनेभैंm पजनि गरेर हड्पेको पद सधैं धरापमा र एम्बुसमा रहन्छ । अहिले नै धेरैले यो सरकारलाई ‘सुस्तमन:स्थितिको सरकार‘ नामाकरण गरेका छन् । सुस्त यस अर्थमा कि यो सरकारले पूर्णता पाउनै महिनौं कुर्नुपर्ने अवस्था छ । थुप्रै स्टेशनहरूमा रेल रोकी यात्रुहरू चढाए, उतारेभैंm यो सरकारले पनि थुप्रै सम्भावित स्थानमा चहारेर मन्त्री खोज्नुपर्ने बाध्यता कसैसँग छिपेको छैन । गरिबका लागि सरकार भने पनि मन्त्रिमण्डलका सदस्यहरू कोही सर्वहारा छैनन्, सबै करोडपति । अब करोडपतिहरूको जमातले खाकपतिहरूको समस्या खाक बुझ्छन् । गरिबको सरकारका नाइके प्रचण्डको वास्तविक सम्पत्ति अख्तियारलाई त यकिन छैन भने म जस्ताले के थाहा पाउनू १ भारतीय एक साप्ताहिक पत्रिका दिनमानले उत्तिखेर स्व. राजा वीरेन्द्रलाई ‘गरिब देशका धनी राजा’ लेखाथ्यो । प्रचण्डलाई के पगरी भिराउँछन् मलाई थाहा छैन ।
मान्छेहरू निवर्तमान प्रधानमन्त्री ओलीलाई ठूलो व्यङ्ग्यकार ठान्दथे तर यसमा पनि ओलीलाई पराजित गर्दै प्रचण्डले ‘गरिबको खातिर सरकार’ भन्दै शुरुआतमै जगहँसाइ गरेका छन् ।
‘मै बनाउँछु, मेरो धरहरा’ भनेभैंm प्रचण्डले कमसेकम ‘मै बनाउँछु मेरो नेपाल’ भनेको भए खासा हुने थियो । अबको जमाना ‘राजा भोज र गङ्गु तेली’को हो । पूर्व वामपन्थी एवं वर्तमान दार्हीवाल काङ्ग्रेसी नेता मोहन चापागाईले त माओवादी केन्द्र र काङ्ग्रेसी गठबन्धनलाई हरिद्वारलाई मलद्वारमा मिसाउँदा कस्तो हुन्छ ? भनी प्रश्न उठाएका छन् । अब यसमा को हरिद्वार, को मलद्वार मलाई के थाहा ?
पटके सरकार परिवर्तनले भैचालो र नाकाबन्दीभन्दा ठूलो झट्का दिइरहेको तथा अघिल्लो सरकार पुरानो नहुँदै नयाँ सरकार बन्ने परम्परा सबैभन्दा पीडादायी भएको कुरा कसैले नकार्न सक्दैन ।
‘अभी नहीं तो कभी नहीं’ भन्नेहरू सरकारमा जान जुन व्याकुलता देखाइरहेका, जुन रमिता देखाइरहेका छन् त्यो हेर्दा यस्तो लाग्छ मानौं अहिले सरकारमा स्थान पाए विचराहरू वास्तवमा ‘अभी नही तो कभी नही’ सदा सत्ताविहीन हुने अवस्थामा छ । देर आए दुरुस्त आए भन्दै भोलिपर्सि उनीहरू मौकामा चौका हान्नेवाला छन् यो पक्कापक्की छ । तीन बुँदे सहमति गरेर उनीहरूले मधेस आन्दोलनको बलि चढाइसकेको मधेसमा खुबै बहसको विषय बनेको छ ।
अब यसरी जोरजाम गरी बन्दै गरेको सरकारलाई कसरी गरिबको सरकार प्रमाणित गर्ने भन्ने चिन्ता प्रचण्डलाई नलागे पनि मलाई निकै लागेको छ । प्रचण्डको यो गरिबको सरकारलाई मेरो शुभकामना र कमरेड प्रचण्डलाई लाल सलाम १