प्रस, वीरगंज, १३ भदौ÷
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, पर्साको बैठक सम्पन्न भएको छ । आज सम्पन्न बैठकले मधेस आन्दोलनले उठाएको मुद्दा प्रभावित पार्ने हिसाबले नियोजित तरिकाबाट वीरगंजलाई प्रादेशिक राजधानी बनाउने कुरालाई मलजल दिने काम भइरहेको निर्णय गरेको छ ।
बैठकले एमाले सत्ताबाट बाहिरिएपछि यस कुरालाई बढी मलजल गरिरहेको निष्कर्ष निकाल्दै मधेसी जनतालाई गुमराहमा नपर्न आग्रह गरेको छ । बैठकले प्रान्तको सीमा निर्धारण भएपछि पर्सा, बारा, रौतहटका जनतालाई सुविधा हुने तरिकाबाट उच्च अदालत वीरगंजमैं राख्न जोडदार माग गरिने निर्णय गरेको छ । प्रान्त निर्धारण, स्रोत, साधन र शक्तिको बा“डफा“ड नभएको अवस्थामा उच्च न्यायालय नचलाउन पनि मोर्चाले आग्रह गरेको छ ।
बैठकले एमाले सत्तामा रह“दा प्रदेश नं. २ को राजधानी धनुषाको ढल्केवरमा राख्ने निर्णय गरेको र अहिले आएर प्रादेशिक राजधानीको हल्ला चलाएर एकापसमा फुट ल्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
बैठक सङ्घीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्ष्ँतामा बसेको थियो । बैठकमा मोर्चास“ग आबद्ध नेपाल सद्भावना पार्टीका महासचिव शिव पटेल, फोरम नेपालका केन्द्रीय सदस्य वीरेन्द्र यादव, प्रदेश सचिव सलाउद्दीन अहमद, तमलोपाका सचिव चन्दन मिश्रा, सद्भावनाका सचिव राजेश साह, नगर अध्यक्ष ओमप्रकाश सर्राफ, मजफो गणतान्त्रिकका मुस्तकिम अन्सारी, तमसपाका राजेश यादवलगायतको उपस्थिति थियो ।