प्रस, रौतहट १० भदौ÷
रौतहट जिल्लाको गाविस हर्षाहा बस्ने वर्ष २८ को बालकिशोर चौरसियामाथि चोरी, अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा जिल्ला प्रहरी कार्यालय रौतहटले दर्ता गरेको छ ।
रौतहट जिल्लाको गाविस मर्यादपुर वडा नं. १ बस्ने हीरामन मुखियाकी ६ वर्षकी छोरी शिला कुमारीलाई घरमा सुतिरहेको ठाउ“बाट उठाइ लगी करिब २ किलोमिटर पूर्व दक्षिण लालबकैया नदीको पुलनजिक जबरजस्ती करणी गरी लालबकैया नदीमा फालेको आरोप लगाउ“दै जिप्रका रौतहटले जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरेको बताएको छ ।
यसैगरी गरुडा–५ शिवनगर बस्ने बिगु भन्ने मगनी महराकी छोरी वर्ष ४ की बबिताकुमारी रामलाई घरमा आमाको साथ सुतिरहेको अवस्थामा साउन १० गतेका दिन उठाइ लगी जबरजस्ती करणी गरी नहरको पानीमा फालेको आरोपसमेत चौरसियामाथि लगाइएको छ ।
घरमा सुतिरहेकी बालिकालाई निद्रामा नै उठाएर एकान्त कसैले नसुन्ने सुनसान स्थानमा लगी जबरजस्ती करणी गरी पानीमा फाल्ने अपराधी स्वभावको चौरसिया रहेको प्रहरीले बताएको छ ।
निज चौरसिया एकोहोरो, आपराधिक मनोवृत्तिको, निज सानैदेखि चोरीमा संलग्न रहेको शुक्रवार जिप्रका रौतहटमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । चोरी र सार्वजनिक गरी दुई मुद्दा चलेकोमा साइकल चोरी मुद्दामा जेल सजाय पाएको सो सम्मेलनमा प्रउ रेग्मीले बताए ।
जेठमा कारागारबाट निस्केपछि बालिकालाई जबरजस्ती करणी गरी पानीमा फाली मारिदिने चौरसियाको स्वभाव बढेको उनले बताए । मृतक शिला कुमारीको लास प्रहरीले भदौ ९ गते बिहान इनरवा गाविस–१ मटिअर्वा हनुमाननजिकैको लालबकैया नदीको किनारबाट बरामद गरेको थियो । भदौ १० गते जिल्ला अदालत गौरबाट म्याद लिई अनुसन्धान शुरू भएको जिप्रकाले जानकारी दिएको छ ।
सोही क्रममा रौतहट जिल्लास“ग जोडिएको बारा जिल्लाका अन्य स्थानमा पनि चौरसियाले सोही अनुसारका अपराध गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
एकान्त घर, सामान्य घर, दिनभरिको परिश्रमले थकित परिवार र सजिलै घरभित्र पस्न र बाहिर निस्कन सकिने स्थान हेरेर सुतिरहेको बालिकालाई निद्रामैं उठाइ लैजाने र जबरजस्ती करणी गरी जिउ“दै पानीमा फाल्ने आरोपित चौरसियाको आपराधिक प्रवृत्ति रहेको अनुसन्धानको क्रममा जानकारी भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।
शिला कुमारीलाई भदौ ८ गते राति १ बजेको समयमा उठाइ लगेको र साउन ४ गते बबिताकुमारी रामलाई उठाइ लगेको जिप्रका रौतहटले जनाएको छ ।