$type=ticker$count=12$cols=4$cate=0

शिक्षामा भएको अपूरणीय क्षति र सडक यातायात

SHARE:

सञ्जय साह मित्र
    गत शुक्रवार चितवनमा एकाबिहानै भएको बस दुर्घटना नेपाली शिक्षाको इतिहासमा एउटा दुःखद दिनको रूपमा रहनेछ । देशले होनहार युवाहरू गुमाएको छ । शिक्षक बन्न हिंडेका दर्जनौं युवा बाटोमैं बस दुर्घटनामा परेर मरे । कम्तीमा दुई दर्जन मरेको अनुमान छ । कैयौं त स्थायी शिक्षक नै थिए । प्राथमिक शिक्षकको रूपमा स्थायी भएका शिक्षकहरू निम्न माध्यमिक शिक्षक बन्न पोखरा र दमौलीमा तोकिएको केन्द्र जा“दै थिए । कैयौं राहत, अस्थायी तथा करार शिक्षक थिए, जो आपूmलाई निम्न माध्यमिक तहको स्थायी शिक्षकको प्रतिस्पर्धायोग्य बनाएर पूर्णतया सरकारी शिक्षक बन्ने यात्रामा हिंडेका थिए । उच्च माध्यमिक तहमा र क्याम्पसमा पढाइरहेका शिक्षकहरू पनि आपूmलाई योग्य साबित गर्न र पूर्णतया भरपर्दो सरकारी शिक्षक बन्न परीक्षा दिन गइरहेका थिए । विभिन्न निजी विद्यालयमा अध्यापनरत शिक्षकहरू पनि परीक्षा दिन जा“दै थिए, भविष्यलाई सुरक्षित बनाउने अभिलाषा मनमा लिएर । देशले दर्जनौं होनहार शिक्षित युवा गुमाउ“दाको पीडा कसैले मापन गर्न नसक्ने छ ।
    मध्य रौतहटदेखि दक्षिणी रौतहटसम्मका विभिन्न शिक्षालयमा कार्यरत शिक्षा–दीपहरू कहिल्यै नबल्नेगरी निभेका छन् । बालबालिकाहरूमा प्रिय, शिक्षाको क्षेत्रमा परिचित तथा जिल्लाको शिक्षालाई नया“ दिशा प्रदान गरिरहेका होनहार युवाहरू गुमाएकोमा जिल्ला शोकाकूल छ । सार्वजनिक, सामूहिक तथा संस्थागत सबै किसिमका शोकसभा गरी शोक प्रकट गरेका छन् । हजारौं हातले मैनबत्ती बालेर ती शिक्षित आत्माहरूको शान्तिको कामना गरेका छन् । शोक र समवेदना जिल्लाको सिमाना नाघेर राजधानी पुग्यो । राष्ट्रिय स्वरूप प्राप्त ग¥यो । राष्ट्रको सिमाना नाघेर भारतसम्म पुग्यो । छिमेकी बिहारको विभिन्न जिल्लामा समेत शोक मनाइयो । आफन्त, नातागोता तथा चिनजानलगायत सबै सीमाभन्दा निकै माथि उठेर शिक्षाको नाताले, मानवताको नाताले र मानवीय कर्तव्य ठानेर विभिन्न पेशा तथा व्यवसायमा लागेका मानिस मात्रले आप्mनो व्यवसायसमेत बन्द गरे शोकमा । यातायातकर्मी र व्यावसायीले समेत यातायात रोके । अरू बेला भएको भए यातायात रोकिंदा समाजमा नकारात्मक भावको सञ्चार हुन्थ्यो तर घण्टौं यातायात बन्द हु“दा सेवाग्राहीले अपार सहानुभूति प्रकट गरे । आप्mनो काम बिग्रेको वा ढिलो भएकोमा छटपट गरेनन् बरु अन्तर्हृदयदेखि समवेदना प्रकट गरे ।
    हरेक व्यक्ति, घरपरिवार, समाज, शहर–बजार, चोक, गल्लीमा शिक्षाका जाज्वल्यमान दीपहरूको चर्चा भयो । तिनीहरूले दिएको योगदानको चर्चा भयो । तिनीहरूले गरिरहेको कर्तव्यको सबैतिर जुन किसिमको बहुआयामिक छलफल भयो त्यसले अझै पनि समाजमा संवेदनशीलता बा“की रहेको छ भन्ने देखाउ“छ । समाज अचेत छ र पूर्णरूपमा उपभोक्तावादी भइसकेको छ भन्ने तर्क गलत साबित भएको छ । अझै पनि कुनै जातीय बजार, साम्प्रदायिक सोच र धार्मिक तथा राष्ट्रिय विचारभन्दा मानवता निकै माथि छ भन्ने प्रमाणित भएको छ । मानवताभन्दा कुनै मानेमा अरू केही ठूलो हुन सक्दैन । हाम्रो समाज जहा“ उभिएको छ, जस्तो अवस्थामा छ, जसबाट निर्देशित छ, यी सबै तपसीलका विषय हुन सक्दछ तर समाजको हरेक कुनामा, मानिसको मनको कुनाकुनामा अझै पनि मानवताको उज्यालो दीप बलिरहेको छ । त्यसको आलोकमा अझै पनि मानव समाज आलोकित छ । त्यसले दिइरहेको निर्मल प्रकाशले समाजको बाहिरी भागमा मात्र नभएर भित्री भागसम्म उज्यालो बनाइरहेको छ । प्रकाशको सामान्य सिद्धान्त जो अगाडिलाई मात्र उज्यालो बनाउ“छ, लाई गलत साबित गर्दै अन्तर्कुना र भित्री पाटोमा समेत प्रकाश छरेको स्पष्ट भएको छ । मानव सामाजिक प्राणी भएकोले सामाजिकता पूरै हराएको छैन र यही संवेदनाको डोरीले र मानवताको गा“ठोले सबैलाई कुनै न कुनै रूपमा एक बनाइरहेको छ । यस दुर्घटनाले मानिसभित्र मानवता मरि नसकेको एकपटक फेरि प्रमाणित भएको छ ।
    दुर्घटनामा परेका कैयौंको कैयौं दिनसम्म घरमा चुलो बलेन । लाश पाइने क्रममा कोही कहा“ जलाइए कोही कहा“ । स“गै मृत्युवरण गरेका भए पनि अन्तिम संस्कार एकैपटक वा एकैसाथ हुन पाएन । कसैकसैको अन्तिम संस्कार त प्राविधिक कारणले दुईपल्ट हुन पुग्यो । लाश नपाउ“दा तर मृत्यु भइसकेको निश्चितै हो भन्ने ठानेर धार्मिक विधि अनुसार कुश वा काठको पुतला बनाएर अन्तिम संस्कार गरिएको दुई तीन दिनपछि लाश फेला परेपछि पुनः दाह संस्कार गरियो । यस प्रकारका असल मानिसहरूको मलामी जानसमेत जान मन लागेको आफन्तहरूले नै बताउ“दाको पीडा केवल बोध गर्न सकिन्छ, व्यक्त गर्न सकिंदैन । घरपरिवार तथा आफन्तजनको हृदय कति विदीर्ण भयो होला, जिल्लाभरि व्याप्त शोकमा अनुभूत गर्न सकिन्ट । शोक कति विस्तृत र घनीभूत थियो भने कसैले अन्य कुरा सोच्नै नसक्ने बनाइदिएको थियो । अहिलेसम्म पनि शोक र सन्तापबाट रौतहट मुक्त हुन सकेको छैन । विद्यालयको नाम सम्झ“दा, विषय शिक्षकको कुरो चल्दा र शिक्षकको परीक्षाको प्रस· आउ“दा वा पहाडको कुनै ठाउ“को यात्रा गर्नुपर्नेबारे सन्दर्भ आउ“दा त्रिशूलीको त्यो घटनाले सबैको मन झस्काइदिने गरेको छ । किनभने त्यस दुर्घटनाले पु¥याएको क्षतिको मापन सम्भव छैन ।
    तर एउटा प्रश्न उठ्छ – यस किसिमको दुर्घटनाले देश सधैं क्ष्ँतिग्रस्त भइरहने हो त ? त्रिशूलीको दुर्घटनाभन्दा केही पहिले मात्रै दुई दर्जनभन्दा बढी नेपालीको बस दुर्घटनामैं मृत्यु भएको थियो । त्रिशूली दुर्घंटनाको दुई दिनपश्चात् नै एउटा जीप दुर्घटनामा एक दर्जन नेपालीले ज्यान गुमाउनुप¥यो । मानिसको प्राण जानुजस्तो कुरो र मानिसको मृत्युपछि लाश बन्नेजस्तो संवेदनशील कुरोलाई दर्जनमा गन्नुपर्दा सा“च्चीकै भित्री हृदय दुख्छ । मानिसको लाशलाई दर्जनमा गन्ने दिन कहिलेसम्म रहला नेपालमा ? हिजो देश द्वन्द्वमा फसेको बेला मात्र यस किसिमको समाचार आउ“थ्यो ।
    सुन्दर र शान्त नेपालमा विद्रोहको ज्वाला दन्किरह“दा हरेक सच्चा नेपालीको हृदय रुन्थ्यो । तर अहिले देशमा कुनै राजनीतिक द्वन्द्व नहु“दा पनि मानिसको जीवन सस्तो भएको सञ्चारमाध्यमहरूमा आइरहने मृत्युबाट स्पष्ट हुन्छ । आखिर सडक दुर्घटना रोक्न किन सकिन्न ? सानो देशमा पनि सडकको दुर्घटना बढेकोले सबै क्षेत्रमा चिन्ता बढेको छ । देशको ध्यान नै सडक दुर्घटनाले तान्न थालेको छ । बुद्धिजीवीहरूले देशको अन्य विषयमा सोच्ने बेलामा सडक दुर्घटनालाई कसरी रोक्ने वा सडक दुर्घटना कम गर्न के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भनेर विचार गर्नुपरेको छ । आप्mनै देशमा पनि यात्रा गर्न डराउनुपरेको छ । खोला वा भीरबाट लडेर कहा“ कुन गाडीको यात्रीले  क्षति बेहोर्नुपर्ने हो चिन्ता हुन्छ । यात्रा गरिरहेको सवारी साधनले गन्तव्य नपु¥याएसम्म हरेक यात्रीले आप्mनो जीवनबारे चिन्ता गर्नुपरेको छ । सकुशल आइपुगियो भनेर यात्रा सफल भएकोमा गर्व गर्नुपरेको छ मानिसले । सर्वसाधारणको लागि बसको यात्रा गर्नुबाहेक अरू विकल्प नै छैन नेपालमा । कम्तीमा रेलसेवाले सर्वसाधारणलाई सेवा दिइरहेको भए यस प्रकारका दुर्घटनाहरू भइरह“दा सर्वसाधारणका लागि विकल्प हुन्थ्यो । अहिले त कुनै विकल्प हाम्रो सामु छ“दैछैन । नेपालको सडक यात्रा सुरक्षित नरहेको भन्ने सन्देश पनि विश्व समुदायमा पुग्न थालेको छ । सडक, सवारी साधन, चालक वा अरू के कारणले सडक यातायात बढी जोखिमपूर्ण बनेको छ भन्ने कुरो बुझेर सरकारले सकेजति छिटो सडक यातायातलाई भरपर्दो बनाउनुपरेको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : शिक्षामा भएको अपूरणीय क्षति र सडक यातायात
शिक्षामा भएको अपूरणीय क्षति र सडक यातायात
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhgk1XE_JoK0aiXFSu71NudcZe5gVt_1NvNuMh6z8_WVXNzMLcVVQsVT_e66RuFMyMe2i0-ZMI1hyqf1GKf-BdrwVWx24aIB33cDsYHl5MwrHzKMHUqGWGT9KfBseqxmhanAsUQyaoeMsU/s200/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhgk1XE_JoK0aiXFSu71NudcZe5gVt_1NvNuMh6z8_WVXNzMLcVVQsVT_e66RuFMyMe2i0-ZMI1hyqf1GKf-BdrwVWx24aIB33cDsYHl5MwrHzKMHUqGWGT9KfBseqxmhanAsUQyaoeMsU/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/08/blog-post_499.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/08/blog-post_499.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy