श्रीमन्नारायण
हाम्रो दक्षिणी छिमेकी राष्ट्र भारत आफ्नो स्वतन्त्रताको ७० औं दिवस मनाइरहेको छ । अनेकौं आरोह–अवरोहका बावजुद उसको स्वतन्त्र लोकतन्त्र जीवन्त एवं प्रगति तथा विकासको बाटोमा निरन्तर अग्रसर छ । गएको सात दशकमा भारतले कैयौं युद्धको विभिषिका झेल्नुपर्यो, बाढी, अनिकाल एवं प्राकृतिक प्रकोपका अनेकौं घटनाहरूको सामना गर्नुपर्यो । भाषिक, धार्मिक एवं जातीय विविधताले भरिएको देशमा सबैको इच्छा एवं आकाङ्क्षा पूरा गर्दै लोकतान्त्रिक तरिकाले अगाडि बढ्नु कम चुनौतीपूर्ण हुँदैन तर गएको सात दशकमा दक्षिणी छिमेकीले प्राप्त गरेको उपलब्धि र सफलता विश्वका अनेकौं देशहरूको निम्ति प्ेररणाको स्रोत एवं अनुकरणीय हुन सक्दछ ।
स्वतन्त्रता दिवसको मर्म बुझ्नुभन्दा पहिले हामीले त्यसको तीन पक्षमाथि ध्यान दिनु आवश्यक छ । स्वतन्त्रताको लक्ष्य, प्रक्रिया तथा सड्ढल्प । जहाँ लक्ष्यको अर्थ सोझोरूपमा विदेशी अङ्ग्रेजहरूको दासताबाट मुक्ति हासिल गरी आफ्नो शासन (भारतीयहरूको शासन) स्थापित गर्नु थियो, जुन त्यति बेला सहज र सरल लक्ष्य थिएन । एकातिर अत्यन्त शक्तिशाली अङ्ग्रेजी साम्राज्य तथा अर्कोतिर बिनाहिंसा स्वतन्त्रता हासिल गर्ने भारतीयहरूको चाहना तर पनि दृढ सड्ढल्पका कारण यसलाई हासिल गर्ने काम भयो । गएको सात दशकमा भारतले राजनीतिक क्षेत्रमा मात्रै होइन, आर्थिक र सामाजिक क्षेत्रमा पनि देशभित्र समानता कायम गर्न सफल रहेको छ । स्वतन्त्रताको यस लामो तथा गौरवशाली यात्रामा भारतले धेरैथोक हासिल गरेको छ तथा वर्तमान अवस्थामा विश्व जगत् भारतबाट धेरै मामिलामा आशान्वित छ । विज्ञान, सूचना प्रविधि, अन्तरिक्ष, कला, संस्कृतिलगायत क्षेत्रमा यसले प्राप्त गरेको उपलब्धिको चारैतिर प्रशंसा भइरहेको छ । स्वतन्त्रता आफूसँगै जिम्मेवारी पनि लिएर आएको हुन्छ तर भारतका कुशल एवं सक्षम राजनेताहरू तथा त्यहाँका राजनीतिक दलहरूले आफ्नो यस जिम्मेवारीको निर्वहन सफलतापूर्वक गरेका छन् । एक सय पचीस करोड जनता, भाषिक, जातीय एवं धार्मिक विविधता तथा लोकतान्त्रिक शासन प्रणालीमा सबैको चाहना र आकाङ्क्षा पूरा गर्नु सहज र सरल काम हुँदैन तर भारतले यसलाई पूरा गरेर देखाएको छ । भारतको प्रगति अन्य देशहरूको तुलनामा बढी कठिन एवं चुनौतीपूर्ण छ किनभने यहाँ अशिक्षा, गरिबी, बेरोजगारी तथा विविधताका कारण विकास सहज र सरल थिएन । भारतले गएको सात दशकमा गरेको प्रगतिमा यसका प्राय: सबैजसो राजनीतिक दल तथा नेताहरूको भूमिका पनि सहयोगी तथा सकारात्मक रहिआएको छ । अब यो विकसित राष्ट्र बन्ने दिशामा अग्रसर छ ।
भारतलाई एउटा विकसित राष्ट्रको रूपमा अगाडि बढाउन एउटा भिजन लिएर अगाडि बढ्ने काम भएको छ जसमा देशका बासिन्दालाई गरिबी
रेखाभन्दा माथि राख्न सकियोस् । तिनको शिक्षा र स्वास्थ्य स्तरीय होस् तथा राष्ट्रको सुरक्षा पनि अभेद्य होस् । साथै सबै महत्त्वपूर्ण क्षेत्रहरूमा देशको उत्पादन क्षमता यति गुणस्तरीय होस् कि त्यसबाट देशमा चारैतिर सम्पन्नता एवं खुशीयाली आओस् र कायम पनि रहोस् । भारतका पूर्व राष्ट्रपति एवं महान् वैज्ञानिक एपिजे अब्दुल कलामले उल्लेख गरे अनुसार भारतलाई सन् २०२० सम्म उन्नत राष्ट्रको रूपमा विकसित गर्ने ‘भिजन’ सन् ९० कै दशकमा तयार भएको थियो जति बेला पिभी नरसिंहा राव भारतका प्रधानमन्त्री थिए । डा. कलामलाई टेक्नोलोजी इन्फरमेशन फर कास्टि· एन्ड एसेसमेन्ट काउन्सिल
(टिआइएफएस)को अध्यक्षताको जिम्मेवारी सुम्पिएको थियो । जुन एउटा स्वायत्त संस्था हो र भारत सरकारको विज्ञान एवं प्रौद्योगिकी विभाग अन्तर्गत सन् १९८८ मा गठन भएको थियो । राष्ट्रिय महत्त्वको विशिष्ट क्षेत्रमा इनोभेशनको सहायता तथा प्रविधिको विस्तारको निम्ति यसको गठन भएको थियो । यसको पहिलो बैठकमैं यो निर्णय लिने काम भएको थियो कि सन् २०२० सम्म भारतलाई आर्थिकरूपले विकसित राष्ट्रको रूपमा परिणत गरिने छ ।
संस्थाका सदस्यहरूले अन्य विभागसँग मिलेर दुई वर्षसम्म काम गरे तथा २५ वटा विभिन्न प्रतिवेदनहरू तयार पारे जसमा विविध क्षेत्रहरू कृषि तथा खाद्य प्रसंस्करण, नागरिक उड्डयन, विद्युत्, जलमार्ग, सडक परिवहन, दूरसञ्चार, खाद्यान्न तथा खेती, इन्जिनियरिङ उद्योग, स्वास्थ्य सेवा, जीवविज्ञान तथा जैविक प्रौद्योगिकी सम्बन्धी दृष्टिकोण उल्लिखित थियो । यसलाई अझ प्रस्टयाउँदा सन् २०२० सम्म भारत मात्र एउटा यस्तो देश हुनेछ जहाँ गाउँ–शहरको बीचमा नाम मात्रको फरक रहन जानेछ । दोस्रो जहाँ बिजुली र स्वच्छ खानेपानी सबैलाई सहज प्राप्त हुन सकोस् तथा सबैले समानरूपमा यसको उपभोग पनि गर्न सकून् । तेस्रो, जहाँ देशको विकासमा कृषि, उद्योग तथा सेवा क्षेत्र समानरूपमा सहयोगी साबित हुन सकून् । सामाजिक अथवा आर्थिक भेदभावका कारण कुनै जेहेनदार छात्र स्तरीय शिक्षा प्राप्त गर्नबाट वञ्चित रहन नपुगोस् ।
भारत विश्वभरिका वैज्ञानिक, विद्वान् तथा आविष्कारकहरूको निम्ति उपयुक्त थलो बन्न सकोस् । सबैलाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन सकोस् । शासन संवेदनशील, पारदर्शी तथा भ्रष्टाचारमुक्त होस् । गरिबी पूर्णरूपेण उन्मूलन होस्, निरक्षरता अन्त्य भएको होस् तथा समाजमा कसैले आफूलाई उपेक्षित महसुस नगरोस् । भारत एउटा समृद्ध, स्वस्थ, सुरक्षित, आतड्ढवादमुक्त, शान्त एवं खुशीयाली मनाइरहेको देशको रूपमा विकसित होस् तथा विकासको मार्गमा सतत् बढ्दै गरेको होस् । साथै बसोवासको निम्ति सबैको लागि प्रिय एवं आकर्षक थलो बन्न सकोस् तथा नेतृत्वमाथि देशवासीले गर्व गर्न सकून । तर उपरोक्त सबै लक्ष्य हासिल गर्न पाँच महत्त्वपूर्ण क्षेत्रमा परिवर्तन आवश्यक छ । यी हुन् कृषि तथा खाद्य प्रसंस्करण, शिक्षा एवं स्वास्थ्य, सूचना एवं सञ्चार प्रौद्योगिकी, ढाँचागत विकास तथा महत्त्वपूर्ण प्रौद्योगिकीहरूमाथि आत्मनिर्भरता ।
इन्डिया भिजन–२०२० दस्तावेज पिभी नरसिंहा रावको पालामा तयार भएको थियो । त्यसपछि अटलबिहारी वाजपेयीको कार्यकालमा यसलाई संसद्मार्फत् सार्वजनिकरूपमै उद्घोष गरियो तथा डा. मनमोहन सिंहको सरकारले देशलाई आर्थिक समृद्धिको बाटोमा निरन्तरता दिइरहने घोषणा गरेका थिए ।
कुनै पनि राष्ट्रिय भिजनलाई साकार गर्न कम्तिमा पनि पन्ध्र वर्ष लाग्छ । लोकतान्त्रिक तरिकाले निर्वाचित कम्तीमा तीनवटा सरकारहरूले यसमाथि काम गर्नुपर्ने हुन्छ । राष्ट्रिय दृष्टिपत्र कुनै एउटा पार्टीको एजेन्डा हुँदैन तर यो राजनीतिक दलहरूको घोषणापत्रको हिस्सा अवश्य पनि हुन सक्दछ । सत्तामा विराजमान कुनै पार्टीको कामकाज गर्ने तरिका पछिल्लो पार्टीको सरकारभन्दा पृथक हुन सक्दछ तर राष्ट्रिय भिजन सर्वोपरि हुने गर्दछ । भिजन–२०२० लाई कुनै एउटा पार्टीको सरकारसँग कुनै सम्बन्ध छैन किनभने यो देशको सपना हुने गर्दछ । भारतको वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको काम गर्ने शैली, प्रतिबद्धता, समर्पण एवं निष्ठालाई हेर्दा उपरोक्त लक्ष्य र सपना आगामी सवा तीन वर्षमा सजिलै हासिल तथा पूरा हुने देखिन्छ ।
भारतले कृषि उत्पादन तथा प्रतिव्यक्ति आय बढाउने क्षेत्रमा निकै प्रगति गरेको छ । भारत विश्वको दोस्रो ठूलो मोबाइल उपभोक्ता देश बन्न गएको छ । अटोमोबाइल इन्डस्ट्रिजको क्षेत्रमा यो विश्वको तेस्रो ठूलो देश बन्न गएको छ । ग्रामीण तथा शहरी विकास योजनाहरूको आधारगत ढाँचाको विस्तार भएको छ । जस्तो कि स्वर्णिम चतुर्भुज सडकमार्ग, मेट्रो शहरहरूमा विश्वस्तरीय हवाई अड्डाहरूको निर्माण हुनु । भारतको साक्षरता दर पनि ८० प्रतिशतलाई नाघिसकेको छ ।
भारतको राजनीतिक व्यवस्थाकै देन हो कि किसान, वैज्ञानिक, इन्जिनियर, डाक्टर, चिकित्सक, शिक्षक, वकिल तथा अन्य पेशागत व्यक्तिहरूले हरित क्रान्ति, श्वेत क्रान्ति, अन्तरिक्ष मिसन, रक्षा मिसन, साइन्स एवं टेक्नोलोजी मिसन तथा पूर्वाधार विकास योजनाको सफलताको निम्ति आवश्यक सहयोग सधंै नै उपलब्ध गराएको छ । वर्तमान अवस्थामा भारत आफ्नो अभीष्ट हासिल गर्ने दिशामा अग्रसर छ र सन् २०२० सम्म यस लक्ष्यलाई सजिलै पूरा गर्न सफल पनि हुनेछ ।
वर्तमान अवस्थामा यसले प्राप्त गरेको सफलता एवं उपलब्धिकै कारण विश्व जगत्ले यसबाट नेतृत्वदायी भूमिका निर्वाह हुने अपेक्षा पनि गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य बन्ने यसको सम्भावना र एनएसजीमा पनि सदस्यता हासिल गर्ने सम्भावनाले यसको बढ्दो भूमिकालाई सड्ढेत गर्दछ ।
भारतसँग नेपालको परम्परागत बहुआयामिक सम्बन्धी रहिआएको छ र नेपालको चौतर्फी विकासमा यसले हरेक किसिमको सहयोग पनि गर्दै आएको छ । शिक्षा, संस्कृति, स्वास्थ्य, यातायात, ऊर्जा, सूचना प्रविधि, व्यापारलगायत विविध क्षेत्रमा भारतले नेपाललाई महत्त्वपूर्ण सहयोग गर्दै आएको छ । कुनै पनि किसिमको सड्ढट आइपरेको बेला सहयोग गर्न सदैव तत्पर रहने भारतसँग हाम्रो परम्परागत बहुआयामिक सम्बन्ध अद्वितीय एवं विशिष्ट प्रकृतिको छ । जनस्तरमा स्थापित यस सम्बन्धको विशालता र व्यापकतालाई वर्णन गर्न साध्य छैन । नेपालको प्राय: सबैजसो राजनीतिक परिवर्तनमा बिना शर्त
सहयोग गर्दै आएको भारत हाम्रो असल छिमेकी मित्रराष्ट्र हो । साझा धर्म, संस्कृति, रहनसहन, जीवन पद्धति, प्राकृतिक एवं भौगोलिक कारण तथा भूबनोटले पनि हामीलाई परस्पर अपरिहार्य बनाइदिएको छ । भारतीय स्वतन्त्रता दिवस नेपालीहरूको निम्ति पनि खुशीको विषय हो ।