प्रस, वीरगंज, १० भदौ÷
वीरगंज उपमहानगरपालिका कार्यालयको सहयोगमा जिल्ला खेलकुद विकास समिति पर्साले आयोजना गरेको शहीद कप वडास्तरीय क्रिकेटको उपाधि छपकैयाले जितेको छ ।
नारायणी र·शालामा शुक्रवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा छपकैयाले मुर्लीलाई ९ रनअन्तरले पराजित गरी उपाधि जितेको हो ।
पहिले ब्याटिङ गरेको वीउमनपा–३ छपकैयाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
प्रतिउत्तरमा ब्याटिङ गरेको वीउमनपा–१५ मुर्लीले १३.४ ओभरमा ५ विकेट गुमाइ ८४ रन बनाएपछि पानी परेको थियो । वर्षाको कारण डकवर्थ लुइस प्रणालीबाट छपकैयालाई ९ रनअन्तरले विजयी घोषित गरिएको थियो ।
छपकैयाको तर्पmबाट अमित श्रीवास्तव बेस्ट ब्याट्समैन, मुर्लीका बाबुजान अली बेस्ट बलर र वडा नं. १६ का हासिम अन्सारी म्यान अफ द सिरिज घोषित भएका थिए ।
प्रतियोगिताका विजयी खेलाडीलाई पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले र उपविजेतलाई सांसद विचारी यादवले शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रम खेलकुद विकास समिति पर्साका सदस्य श्रीनिवास महतोको अध्यक्ष्ँतामा भएको थियो र खेलकुद विकास समिति पर्साका अध्यक्ष्ँ सुदीप पौडेल, क्रिकेट प्रशिक्षक उमेश उपाध्यायले मन्तव्य व्यक्त गरेका थिए ।