–कुमार रुपाखेती
नेपालको इतिहासमा थुप्रै बलिया प्रधानमन्त्रीहरू उदाए र अस्ताए । तर यिनीहरू बस्ने कुर्सी सदा कमजोर नै रह्यो । बलिया प्रधानमन्त्रीहरूले कमजोर कुर्सीमा बसेर कमजोर तरिकाले राजकाल चलाए र खाउँखाउँ–लाउँलाउँ भन्ने बेलामा पदच्युत भए ।
भीमसेन थापादेखि सूर्यबहादुर थापासम्म, कृष्णप्रसाद भट्टराईदेखि मनमोहन अधिकारीसम्म, गिरिजाप्रसाददेखि प्रचण्डसम्म र बाबुराम भट्टराईदेखि केपी ओलीसम्म सबैको हश्र एकैनासको रह्यो ।
भर्खरै मात्र प्रचण्डले छापामार शैलीमा ओलीलाई झ्याप्पै पारिदिए । अब प्रचण्डले पनि जतिसुकै ‘जसोजसो बाहुनबाजे त्यसोत्यसो स्वाहा’ गरे पनि, रोजाइ अनुसार भागबन्डा गरे पनि, ओलीलाई खनेको खाल्डोमा नै पुरिने पक्कापक्की छ । भनिन्छ प्रधानमन्त्रीको कुर्सीमा आगमन अगावै बहिर्गमनको रोडम्याप तयार भइसकेको हुन्छ रे ।
बलियो घोडाले लात हानेर मन नपरेको सवारलाई लडाउँछ भने बलिया प्रधानमन्त्रीहरूलाई कमजोर कुर्सीले एकै झट्कामा लडाइदिन्छ । किस्सा कुर्सीका भनेकै यही हो । बलियो घोडाले लडाएका कमजोर सवारहरू फेरि घोडसवारी गर्न आनाकानी गर्छन् तर कमजोर कुर्सीबाट लडाइएका प्रधानमन्त्रीहरू आलोपालो प्रणाली अनुसार कुर्सीमा चढिरहन्छन्, लडिरहन्छन् र थेथरई गरिरहन्छन् । कुर्सी बलियो भए एउटै व्यक्तिले लामो समयसम्म तानाशाही किसिमले शासन गर्न सक्ने, तर प्रधानमन्त्री पदको आकाङ्क्षी बलियो भए पालो मिचेर अथवा आलोपालो प्रणाली अनुसार फेरि रजाइ गर्न पाइने भएकोले कमजोर कुर्सीलाई लडाउने, उठाउने कार्य सर्वस्वीकार्य बनेको छ । यसरी हिंड्दै छ पाइला मेट्दै छ र भूतो न भविष्यति बनेको नेपालको प्रधानमन्त्रीको पद केही सीमित बलिया व्यक्तिहरूको खेलौना बनेको छ । जेठो र माइलो हुँदाहुँदै कान्छोले बाबुको सम्पत्ति खाने गरेको हामीले टोल समाजमा सुन्दै आएकै हो । राजनीतिमा पनि जेठा काङ्ग्रेस र माइला एमाले जिताजागता, चल्दाफिरता रहँदारहँदै कान्छा एमाओवादी केन्द्र, राजनीतिको केन्द्रमा विराजमान भयो । कान्छो सबैको दुलरूवा हुन्छ क्यारे । जेठो छोरो कान्छो नानी, माइला–साइला आनीमानी त उखानै छ । जति घिचे पनि नअघाउने पद रहेछ प्रधानमन्त्रीको कुर्सी ।
पार्टी अध्यक्षको कुर्सी बलियो र दरिलो पार्ने अनि प्रधानमन्त्रीको कुर्सी कमजोर पार्ने नीति अनुरूप नेपालमा सबै राजनीतिक दलहरूमा प्रथमत: पार्टी प्रमुख बन्ने, पार्टी प्रमुखको पद एकलौटी पार्ने अनि प्रधानमन्त्रीको कमजोर कुर्सी ताक्ने पुरानै परम्परा हो । यही परम्पराले गर्दा छोटो अवधिमा नै तीन दर्जनभन्दा बढी महानुभावहरूले त्यो कमजोर कुर्सीमा जोरआजमाइस गरे, प्रधानमन्त्रीको पगरी भिर्न भ्याए । यस्तै अवस्था रहिरहे यो मुलुकमा घरघरै म्यादी प्रधानमन्त्री बन्ने प्रबल सम्भावना देखिन्छ । यो अवस्थामा वर्षमा कमसेकम दुईवटा अनुहार त पक्कापक्की छ ।
तर राजनैतिक विश्लेषणकहरू भन्छन्– यसरी पटकपटक प्रधानमन्त्री फेरिदा नीति र सिद्धान्तमा र्हास आउने, राजनीतिमा असल मान्छेहरू छाँटिने, मुलुकले उन्नति होइन अवनति गर्ने, आर्थिक अस्थिरता पैदा हुने, कर्मचारीतन्त्र कमजोर हुने, शान्ति सुव्यवस्था कमजोर हुने तथा साम्प्रदायिक सद्भावसमेत कमजोर हुने बताउँछन् । तर जतिसुकै अवगुण औंल्याए पनि राजनैतिक दल र जनप्रतिनिधिहरू यही आलोपालो प्रणालीमा रमाएका छन्, जुन निराशाजनक छ ।