प्रस, वीरगंज, १३ भदौ÷
पतिमाथि लागेको भ्रष्टाचार तथा ठगी आरोप सहन नसकी एकजना महिलाले आज आप्mनै कोठामा पासो लगाई आत्महत्या गरेको समाचार प्राप्त भएको छ ।
वीउमनपा–१६ तेजारथटोल निवासी ३० वर्षीया सुषमा श्रेष्ठले आज बिहान ८ बजे घरमा कोही नभएको बेला आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । सुषमाका पति हिमालय ऋण तथा बचत सहकारी सस्था माईस्थानका अध्यक्ष्ँ हुन् । असार महिनाको दोस्रो हप्तामा बचतकर्ताको अढाई करोड रुपिया“ लिई फरार भएका थिए । फरार भएलगत्तै अध्यक्ष सुरेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । स्थानीय तथा बचतकर्ताहरूको आग्रहमा प्रहरीले ठगी मुद्दा नचलाई बचतकर्ताको रकम फिर्ता दिने शर्तमा उनलाई दुई हप्तापछि थुनामुक्त गरेको थियो । श्रेष्ठले सहकारीले गरेको ऋण लगानी उठाउ“दै बचतकर्ताहरूलाई रकम दिंदै आएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
प्रहरी उपरीक्ष्ँक डा. राजुबाबू श्रेष्ठका अनुसार अध्यक्ष श्रेष्ठले प्रत्येक हप्ता फिर्ता गरेको रकमबारे जनकारी पनि गराउ“दै आएका थिए । स्रोतका अनुसार पतिमाथि लागेको आरोप तथा बचतकर्ताहरूको दबाबका कारण सुषमा मानसिक तनावमा थिइन् । पति घरबाहिर गएको बेला बचतकर्ताहरू घरमा पुगी तनाव दिने र दुव्र्यवहार गर्ने गरेको छिमिकीहरूको भनाइ छ ।
सहकारीमा ऋण लगानी रु २ करोड १५ लाख तथा बचतकर्तालाई फिर्ता दिनु पर्ने रकम रु १ करोड ७५ लाख रहेको जिल्ला डिभिजन सहकारी कार्यालयले जनाएको छ ।