कुनै पनि काम गर्नका लागि इच्छुक व्यक्ति त्यस काममा पोख्त हुनुपर्छ । पोख्त नभएसम्म त्यस व्यक्तिले गरेको काम पूर्ण हुन सक्दैन । यस अवस्थामा योग्यता नभइकन पनि कसैले कुनै काम गर्ने अनुमति पाउ“दछ र काम बिग्रेर कर्ताले क्षति बेहोर्दछ भने कर्मको फल भन्न सकिन्छ । तर यदि काम संवेदनशील छ, त्यस्तो काम बिग्रेको अवस्थामा धेरैले क्षति बेहोर्नुपर्छ भने राज्यले जिम्मेवार बन्नुपर्दछ । डाक्टर, सवारीसाधन (मामुली रिक्शादेखि हवाईजहाजसम्म) चालकलगायतले गर्ने काममा खति भयो भने धेरैले क्ष्ँति बेहोर्नुपर्ने हुन्छ । सवारी साधन चलाउने व्यक्ति त्यसैले आप्mनो काममा निपुण हुनुपर्दछ । ऊ आप्mनो काममा निपुण छैन वा खारिएर परिपक्व भइसकेको छैन भने उसलाई कामको जिम्मा दिन सकिंदैन । राज्यले यातायात व्यवस्था कार्यालयको स्थापना गरेको यसै कारणले हो कि जस्तोसुकै पनि सवारी साधन चलाउने व्यक्ति आप्mनो काममा कति निपुण छ, त्यसको यकिन गरेर मात्र अनुमतिपत्र देओस् । राज्य आफैंमा पूर्ण हु“दैन । एउटा व्यक्तिको योग्यता जा“च्न राज्य एक्लैले सक्दैन, त्यसैले उसले विभिन्न निकाय, संस्था वा व्यक्तिको मदत लिनुपर्दछ ।
सवारी साधन चलाउने अनुमतिपत्र लिन आएको व्यक्ति आप्mनो काममा निपुण छ कि छैन, शारीरिक र मानसिक रूपले योग्य छ कि छैन जा“च्ने काम राज्यले वा यातायात व्यवस्था विभागले मात्र गर्न सक्दैन, तसर्थ आवेदकको स्वास्थ्य स्थिति बुझ्न डाक्टरी सर्टिफिकेट, सवारी चलाउन प्रशिक्षण लिएको छ कि छैन भनी थाहा पाउन विभिन्न ड्राइभिङ इन्स्टिच्युटहरूमाथि निर्भर रहन्छ । अब डाक्टरले जा“च नगरी कसैलाई निरोगिताको प्रमामणपत्र दिन्छ, कुनै ड्राइभिङ प्रशिक्षण दिने संस्थाले आपूmले नसिकाएको व्यक्तिलाई प्रशिक्ष्ँण दिएको सर्टिफिकेट दिन्छ भने यसबाट राज्यले भविष्यमा ठूलो खति बेहोर्नुपर्छ । कुनै बस दुर्घटना हुन्छ, हवाईजहाज दुर्घटना हुन्छ भने राज्यले क्षतिपूर्ति तिर्छ वा तिर्न लगाउ“छ । किनकि सवारीसाधन दुर्घटना हुनुमा अन्यान्य कारणबाहेक चालकको दक्षता र योग्यता जिम्मेवार हुन्छ । कुनै चालकलाई दक्ष भनी राज्यले अनुमतिपत्र दिएपछि दुर्घटनामा गल्ती चालकको होइन भन्ने सिद्धान्ततः स्वीकार गरिन्छ । त्यस अवस्थामा राज्यले पीडितलाई क्षतिपूर्ति दिनुपर्छ ।
तर हामीकहा“ आरम्भ नै गलत हुन्छ । व्यक्तिको योग्यता नै नक्कली हुन्छ । डाक्टरहरूले चालकको स्वास्थ्य जा“च नै नगरी निरोगिताको प्रमाणपत्र दिन्छन् (बेच्छन्) भने ड्राइभिङ प्रशिक्षण दिने संस्थाहरूले आपूmले नसिकाएको व्यक्तिलाई प्रशिक्षण दिएको प्रमाणपत्र दिन्छन् (बेच्छन्) । यहा“ कामै नगरी पैसा कमाउने डाक्टर र ड्राइभिङ इन्स्टिच्युटहरू र कुनै क्ष्ँति भएमा बेहोर्ने यात्रु र राज्यले । न्यायको सिद्धान्त नै धरापमा पर्ने अवस्था हो यो । यद्यपि राज्यले १८ वर्ष उमेर पुगेपछि लाइसेन्स जारी गर्छ र सामान्यतया के मान्यता छ भने जवान मानिस निरोगी हुन्छ । तर व्यक्ति आ“खा, कान आदिले कमजोर हुन सक्छ । प्रायः के विश्वास गरिन्छ भने जो ड्राइभिङ सर्टिफिकेट लिन आएको छ, पक्कै पनि कहीं सिकेरै आएको होला, यसर्थ खानापुरीको नाममा केही पैसा कमाइहाल्न के आपत्ति ? यसैले गर्दा पहिलेदेखि नै डाक्टरको सहीछाप भएको सर्टिफिकेट र ड्राइभिङ सिकेको सर्टिफिकेट लिएर यातायात कार्यालय अगाडि मानिसहरू घुमिरहेका हुन्छन् र श्रमबिना पैसा कमाउने जोहो गरिरहन्छन् ।