प्रस, र·पुर, १५ साउन/
एक सातादेखिको अविरल वर्षाले ज·ली सोतामा आएको बाढीले थरुहट क्षेत्रका सडकमा आवागमन बन्द भएको छ । हरपुर–रमौली सडकखण्डको सिंहयाही नदीमा पुल नभएको कारण वर्षायाममा सो नदीमा आएको बाढीले सडक बन्द भएको हो ।
यसैगरी एकटा·ाको तिलावे नदीमा आएको बाढीले एक सातादेखि बाटो बन्द गराएको छ । पाँच वर्ष पहिले तिलावे नदीमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले अहिलेसम्म निर्माण कार्य पूरा गरेको छैन । वर्षायाममा तिलावे नदीमा पानीको सतह बढ्न गई सो नदी भएर जाने सडक बन्द हुने गरेको छ । पप्पु कन्स्ट्रक्सनले एक करोड ३५ लाख रुपैयाँमा सडक डिभिजन कार्यालय हेटौंडाबाट उक्त पुल निर्माणको ठेक्का लिएको थियो । १५ महिनामा पुल निर्माण गरिसक्नुपर्नेमा पाँच वर्षमा पूरा भइसक्दा पनि अझै सम्पन्न भएको छैन ।
यता एकटा·ाको चोर्का खोलामा दुई वर्षअघि मात्र निर्माण सम्पन्न भएको पुल भत्किएको छ । पुल भत्किएकोले चार पाङ्ग्रे सवारी साधनको आवतजावत बन्द भएको छ । श्रीपुर पँचगावाबाट कल्याणपुर जाने बाटोमा रहेको सो पुल भत्किएपछि सवारी साधन सञ्चालनमा समस्या आएको स्थानीय प्रभु यादवले प्रतीकलाई बताए ।
देवरियास्थित भलुवाही खोलामा पनि पुल पाँच वर्षदेखि बन्न सकेको छैन । वाईपी मोना कन्स्ट्रक्सनले एक करोड ३० लाखमा सडक डिभिजन कार्यालय हेटौंडाबाट १५ महिनामा निर्माण कार्य सम्पन्न गर्ने सर्तमा लिएको ठेक्का ५ वर्षमा पुलको तीनवटा पिलर मात्र निर्माण भएको छ ।
सो कन्स्ट्रक्सन कम्पनीका ठेकेदार एवं निर्माण व्यवसायी सङ्घ पर्साका अध्यक्ष रामाकान्त चौरसियाले स्थानीय गाउँलेको लिखित विरोधका कारण तीन वर्षसम्म काम हुन नसकेको बताए । हाल कामको लागि इजाजत दिएको र चाँडै नै कार्य सम्पन्न गर्ने बताए ।
कोहरौलीको सरेही खोलामा पुल नभएको कारण वर्षायाममा बाटो बन्द हुने गरेको छ भने सेढवा–जीतपुरको सीमामा रहेको चन्द्रावती पुलको एउटा पिलर भाँसिएर बाटो बन्द भएको छ । सेढवा–६ मा रहेको जीराभवानी पुल आसपासको बाटो वर्षाले बगाउँदा आवतजावतमा समस्या भएको छ भने महादेवपट्टिको युरिया नदीमा पुल नहँुदा त्यहाँ बाढी कारण बाटो बन्द हुने गरेको स्थानीय नेसार समानीले प्रतीकलाई बताए ।