अनायास परेको, नियमितभन्दा बढी परेको पानीले दु:ख दिने त संसारमा सबै ठाउँमा हुन्छ । जापान र अमेरिकाजस्ता विकसित र सक्षम, सदैव दूरदृष्टि राखेर काम गर्ने मुलुकमा पनि कहिलेकाहीं असम्भव परिस्थिति आइदिन्छ । अनपेक्षित पानीले दु:ख दिने मात्र होइन, धनजनको क्षति पनि गर्छ । त्यो भनेको मानिसको बुद्धि र सोचभन्दा बाहिरको विषय हुन्छ । तर मानिसले सोचेर पनि जाँगर चलाउन नसक्दा यस्तो दु:ख आइलाग्छ भने त्यसलाई मानिसको बुद्धिको बलिहारी मात्र भन्न सकिन्छ । पानी पर्ने मौसममा बाढी आउँछ, बाढी कहिले बढी र कहिले थोरै हुन्छ । बाढी आउँदा कुन ठाउँमा कसरी क्षति पुर्याउँछ भन्ने कुरा मानिसले निरन्तर अभ्यास र अध्ययनले थाहा पाउँछ । यसको लागि बाढी–शास्त्र नै पढ्नुपर्छ भन्ने छैन । नदी किनार बसेको नगर बस्ती होचो छ भने बाढीले पिरोल्छ । कुन ठाउँमा बाढी आएपछि कतिसम्म क्षति पुर्याउँछ भन्ने आकलन हाम्रा पुर्खाहरूले पढेर होइन, भोगेर थाहा पाएका थिए । त्यसैले प्राय: पुराना बस्तीहरूमा आज पनि बाढी प्रवेश गर्दैन । शास्त्रले पढेर ज्ञान दिन्छ, व्यवहारले भोगेर ज्ञान दिन्छ, तर मूर्ख र अकर्मण्यलाई कुनै प्रकारले ज्ञान दिन सकिंदैन ।
पानी परेपछि बाटोघाटो, घर–आँगन हिलाम्मे हुन्छ भन्ने कुरा कसलाई थाहा छैन ? त्यसैले वर्षात्मा पानीले दु:ख दिनेगरी कुनै संरचना बनाउनुहुँदैन । व्यक्तिले आफ्नो हैसियत अनुसार यस्तो कुराको चाँजोपाँजो मिलाएको हुन्छ । वर्षात्मा कुन सार्वजनिक ठाउँमा कुन किसिमको काम गर्दा सबैलाई सुख हुन्छ भन्ने कुरा पनि सबैलाई थाहा भएको कुरा हो । तर जाहिलहरूको गाउँ जहिले पनि फोहर हुन्छ । यसमा न वर्षात्लाई दोष दिन सकिन्छ, न दैवी प्रकोप भनेर उम्कने ठाउँ हुन्छ । पहाड र हिमालको गाउँ–बस्ती भिरालो भूबनोटका हुन्छन्, पानी परेपछि केही बेरमैं बगेर जान्छ । यस्तो ठाउँमा बाढीले होइन, पहिरोले दु:ख दिन्छ । रहयो कुरा मधेसको । यहाँ पानी पर्यो कि विद्यालय, बजार, मन्दिरलगायत सम्पूर्ण सार्वजनिक स्थलमा पानी जम्छ । पानी जमेपछि हिलो हुन्छ अनि गाउँ विकास समिति, नगरपालिका र सरकारलाई सराप्ने काम शुरु हुन्छ । पानी परेपछि यस्तो हुन्छ भन्ने कुरा सबैलाई थाहा हुन्छ, तर समय अगावै सम्बद्ध निकायलाई घच्घचाउने वा आफैंले जाँगर चलाएर दु:ख पन्छाउने जाँगर देखाउने तत्परता कसैमा हुँदैन ।
हामी आधा प्रकृतिमैत्री छौं । हामी पूरा प्रकृतिमैत्री भइदिएको भए वर्षात्मा हिलो भयो भनेर कसैलाई सराप्ने थिएनौं । वर्षात्बाहेकको समयमा धूलो उडयो भनेर पनि कराउने थियौं । वा जसरी धूलोलाई मित्र ठानेर गुनासो गर्दैनौं हिलोको पनि वास्ता गर्ने थिएनौं । हानिको कुरा गर्ने हो भने हिलोभन्दा बढी हानि त धूलोले पुर्याउँछ । ज·लको दावानललाई हामी नियन्त्रण गर्न सक्दैनौं, गाउँघरमा लागेको आगो निभाउन भरमग्दुर प्रयत्न अवश्य गर्छौं । त्यसैगरी ठूलो बाढी–भेलले ल्याउने विपदाको हामी रोकथाम गर्न नसकौंला, झरीले ल्याउने समस्याको समाधान त अवश्य नै गर्न सक्छौं । यो समाधान गरेपछि परवानीपुर बजार हिलाम्मे भयो भन्ने गुनासो आउने छैन । हामीले आफ्नो समस्या समाधानको जिम्मेवारी सरकार, सरकारी निकाय अथवा स्थानीय निकायमा छोडिदियौं । दु:ख पाउने त हामी हौं, समय छँदै नागरिकले सोचेर सम्बद्ध निकायलाई गुहार्ने वा आफैं अघि सरेर दीर्घकालीन नभए पनि तात्कालिक समाधानको उपाय पक्कै पनि गर्न सक्छौं ।