अनन्तकुमार लाल दास
प्राय: विद्यालयमा शिक्षकले–कसैले केही सोध्न चाहन्छ, भनेपछि एक वा दुई विद्यार्थी उठेर त्यस्तो प्रश्न सोध्छन् जसको जवाफ उनीहरूलाई थाहा हुन्छ । के यो देखावटीरूपमा सोध्नका लागि गरिएको प्रश्न होइन ? धेरैले किन प्रश्न सोध्न रुचाउँदैनन् ? यो एउटा जटिल प्रश्न हो जसको जवाफको खोजीमा यो आलेख मार्फत् छलफल गर्ने प्रयास गरिएको छ । आश्चर्य त त्यस बेला हुन्छ, जब तपाईंलाई यो थाहा हुन्छ जवाफ जसले दिए पनि, प्रत्युत्तर, गलत जवाफ हो भन्ने आउँछ । प्राय: यस्तो घटना हाम्रो विद्यालयमा घटिरहेको हुन्छ । विद्यालयमा प्रश्न सोध्ने अधिकार शिक्षकहरूलाई मात्र हुन्छ र जवाफ पनि उनीहरूले दिएजस्तै हुनुपर्छ नत्र परीक्षामा राम्रो अड्ढ प्राप्त हुँदैन । यस परिवेशमा एउटा विद्यार्थी जो विद्यालयमा केही सिक्न आउँछ कसरी धैर्यता साथ पढिराख्न सक्छ ? दोस्रो कुरो विद्यालयमा एकतर्फी प्रश्न सोधिन्छ । प्राय: केटाकेटीहरूले प्रश्न सोध्ने छुट विरलै पाउँछन् । यदि प्रश्न गर्ने छुट दिइन्छ भने पनि त्यो वास्तविक जीवनसँग सम्बन्धित नभई पाठ्यपुस्तकको सीमित घेराभित्रको हुन्छ । यसभन्दा बाहिरको प्रश्न भनेको परीक्षामा सोधिने सम्भावित प्रश्न हुन्छ । अर्थात् विद्यालयबाट दिइने शिक्षा मात्र परीक्षा केन्द्रित हुन्छ ।
प्रोफेसर जेनीफर हडसन भन्छन्–“जवाफबाट डराउनुहुँदैन, प्रश्न नसोध्दा डराउनुपर्छ” तर वास्तविकता विपरीत छ । आज जनता आफ्नो नेतासँग प्रश्न सोध्न डराउँछ, कर्मचारी अधिकारीसँग प्रश्न सोध्नबाट जोगिन खोज्छ, केटाकेटीहरू अभिभावकसँग प्रश्न सोध्दैनन् । यसैगरी विद्यार्थीहरू पनि शिक्षकसँग प्रश्न सोध्दैनन् । विद्यार्थीहरूको यो बानी प्राथमिक कक्षादेखि उच्च कक्षासम्म समानरूपले देखापर्छ । मलाई सम्झना छ आइएससीमा पढ्दा फिजिक्स पढाउने एकजना शिक्षकले जहिले पनि ‘एनि क्वेश्चन’ भनेर सोध्नुहुन्थ्यो । एक दिन मैले हिम्मत गरेर एकान्तमा एउटा प्रश्न सोधें । मेरो प्रश्न सुन्नासाथ उहाँले भन्नुभयो “व्हाट डू यू मीन । हम एबीसी बताएँगे ।” मेरो ज्ञानी मनले मलाई भन्यो–“पाइस् जवाफ, के कक्षाका विद्यार्थीहरू बेवकूफ छन् जो कहिले पनि प्रश्न सोध्दैनन् । मैले महसुस गरें मेरो भित्र केही भाँचिएको छ जसलाई मानिस ‘मनोबल’ भन्छन् । मेरो नजिक उभिएको सीनियरले मलाई भने–“उहाँ फिजिक्समा जति काबिल हुनुहुन्छ गणितमा त्यतिकै कमजोर । तिमीले सुनेका छैनौं पढाउँदा कति चलाकीले गणितको प्रश्नलाई ‘सिम्पल म्याथेमेटिक्स’भनेर पन्छाउनुहुन्छ ।” मसँग गल्ती के भएको थियो भने मैले ती शिक्षकसँग फिजिक्सको एउटा गणित सम्बन्धी प्रश्न सोधेको थिएँ ।
धेरथोर विद्यालयमा आज यस्तै हुने गरेको छ । प्राय: विद्यालयमा जस्तो पढाइ हुन्छ त्यो शिक्षण सिकाइको वास्तविक प्रक्रियाबाट धेरै टाढा रही कर्मकाण्डजस्तै भएको छ । यतिकै कहाँ हो र, यसको सम्पूर्ण दोष विद्यार्थीहरूमाथि थोपरिन्छ । उनीहरूलाई काम नलाग्ने, कामचोर, मूर्ख, पढ्न नरुचाउने, टेलिभिजन र मोबाइलमा मस्त रहने दोष लगाइन्छ । कथित शिक्षा व्यवस्थाले के चाहन्छ भने विद्यार्थीहरू हुबहू त्यस्तै जवाफ दिऊन् जस्तो उनीहरूसँग अपेक्षा गरिन्छ । त्यो अपेक्षा पाठ्यपुस्तकको सीमाभित्र मात्र सीमित रहन्छ । अर्थात् प्रश्न पनि मेरो र जवाफ पनि मेरो । प्रश्नको उत्तर पनि विद्यार्थीहरूले त्यही दिनुपर्छ जुन शिक्षकले खोजेको वा लेखाएको हुन्छ । शिक्षकले यदि प्रश्न सोध्छ र जवाफ विद्यार्थीहरूले दिन्छन् भने त्यसलाई गलत भनिन्छ । प्रश्न पनि शिक्षकको र जवाफ पनि शिक्षकले खोजेजस्तो, यो कसरी सम्भव हुन्छ ?
वास्तवमा विद्यार्थीहरूको मनभित्रबाट निस्केको कुनै पनि प्रश्न वा उत्तर निरर्थक हुँदैन तर हामी ठूलाहरूको दृष्टिकोण नै केटाकेटीहरूप्रति नकारात्मक हुन्छ । यस परिवेशमा यदि कुनै विद्यार्थीले कुनै प्रश्न गर्छ भने उसलाई नै कठघरामा उभ्याइन्छ । उसको मनोबल यति तल खसाइन्छ कि उसले प्रश्न सोध्ने फेरि हिम्मत नै गर्दैन । यस कारण विद्यार्थीहरूसँग जब प्रश्न सोध्न भनिन्छ, उनीहरू प्रश्न सोध्दैनन् किनभने शुरुदेखि नै उनीहरूलाई प्रश्न नसोध्ने वातावरणमा हुर्काइन्छ । विद्यालयमा केटाकेटीहरूसँग आज जे भइरहेको छ, त्यसबारे गहराई सम्म गएर सोच्ने वा त्यसबारे गहिरो चिन्तन–मनन गर्ने कसैलाई फुर्सद नै छैन । प्राय: केटाकेटीहरू जे प्रश्न गर्छन्, त्यसको जवाफ थोरैलाई थाहा हुन्छ । तस्वीरको दु:खद पक्ष के हो भने केटाकेटीहरूलाई जवाफको साटो ‘दण्ड’ प्राप्त हुन्छ । प्रश्नसँग जोडिएको अर्को पक्ष, प्रश्न सोध्ने ठेक्का विद्यालयले मात्र लिएको छ । प्राय: शिक्षकहरू नै प्रश्न सोध्छन् र यस्तो प्रश्न सोध्छन् जसबाट विद्यार्थीहरूलाई सोचविचार गर्ने वा तर्क गर्ने अवसर नै प्राप्त हुँदैन । अर्कोतर्फ यति छिटो–छिटो प्रश्न गर्छन् कि विद्यार्थीले साँस फेर्ने अवसर समेत पाउँदैन ।
यहाँ के प्रश्न उठ्छ भने विद्यालयमा सोधिने प्रश्न वास्तविक जिन्दगीको प्रश्नभन्दा किन फरक हुन्छ ? केटाकेटीहरूलाई त्यस्ता प्रश्न सोध्ने अवसर किन प्रदान गरिंदैन जुन उनीहरूको आफ्नो हुन्छ ? विद्यार्थीहरूको मनमा उठ्ने धेरै प्रश्न उनीहरूको वास्तविक जीवनसँग सम्बन्धित हुन्छ, तर हामीहरूले किन त्यसलाई यो विद्यालय वा पाठ्यक्रमसँग सम्बन्धित प्रश्न होइन भनेर पन्छाइदिन्छौं ? यसो गर्नु उचित हो कि अनुचित ? विद्यालयको काम विद्यार्थीहरूको मनोबल बढाउनु हो कि खसाउनु ? विद्यालयमा सोधिने प्रश्नमाथि चर्चा गर्दा एउटा उदाहरण अनुसार एउटा विद्यालयको प्राथमिक कक्षामा एकजना शिक्षक विद्यार्थीहरूसँग सोधिरहेका थिए–नेपालको राजधानी कहाँ हो ? नेपालको प्रधानमन्त्रीको नाउँ भन । नेपालको जनसङ्ख्या बताऊ । नेपालको राष्ट्रिय जनावर कुन हो ? यस्ता प्रश्नहरूमा विद्यार्थीहरूको लागि सोचविचार गर्ने केही खास कुरो छैन । प्राथमिक कक्षाको विद्यार्थी जो भर्खर विद्यालय जान थालेको छ, उसलाई आफ्नो छरछिमेकबारे केही जान्न प्रेरित नगरी यस प्रकारको अर्थहीन प्रक्रियामा धकेल्नु कहाँसम्म उचित हो ? हुनत यस्ता प्रश्नहरूको जवाफ केटाकेटीहरूले सुग्गा जस्तो घोकेर दिन्छन् तर यसमा उनीहरूको लागि आफ्नो सोच व्यक्त गर्ने केही हुँदैन ।
विद्यालयहरूको यस्तो निराशाजनक स्थितिको बावजुद यस्ता शिक्षक पनि छन्, जसले विद्यार्थीसँग मौलिक प्रश्न सोध्छन् वा केटाकेटीहरूलाई प्रश्न सोध्न प्रेरित गर्छन् । उदाहरणका लागि एकजना शिक्षकले एकजना विद्यार्थीलाई विद्यालय बाहिर के भइरहेको हेर्न पठाउँछ । फर्केपछि उसले –मैलै एउटा ट्रक, एउटा पसल र एउटा केटोलाई देखें, बताउँछ । त्यसपछि शिक्षकले अन्य विद्यार्थीहरूलाई ऊसँग प्रश्न सोध्न भन्छ । विद्यार्थीहरू प्रश्न सोध्छन् । ट्रकमा के थियो ? पसलेले के बेचिरहेको थियो ? केटो के गरिरहेको थियो र बाहिर गएको विद्यार्थीले अवलोकन गरेको आधारमा सोचविचार गरेर प्रश्नको जवाफ दिन्छ । यसरी ती शिक्षकले त्यस केटोलाई आफ्नो मौलिक जवाफ दिन र अन्यलाई मनमा लागेका प्रश्न सोध्न प्रेरित गर्छ । यो हो वास्तविक शिक्षा ।
विद्यालय शिक्षाको प्रमुख उद्देश्य केटाकेटीहरूले प्रश्न सोधून् भन्ने हो । प्रश्न सोध्नु भनेको शिक्षा प्राप्त गर्ने एउटा कला हो । यहाँ के प्रश्न उठ्छ भने केटाकेटीहरूलाई यदि प्रश्न सोध्न सिकाउनु छ भने उनीहरूले आफ्नो वरिपरिको संसारबारे प्रश्न सोध्ने छुट पाउनुपर्छ । वास्तवमा भन्ने हो कुनै पनि केटाकेटी वा ठूलाले आखिर प्रश्न त आफ्नै सन्दर्भबारे गर्छन् । यसलाई विडम्बना नै भनौं किनभने शिक्षकहरूलाई पनि प्रशिक्षणको बेला यस प्रकारको प्रश्न गर्ने अवसर प्राप्त हुँदैन । यदि शिक्षकले नै शिक्षणको लागि आफूलाई तयार गर्दा प्रशिक्षण दिने संस्थाले उनीहरूलाई यस प्रक्रियाबाट गुज्रिने मौका दिंदैनन् भने त्यस्ता शिक्षकले कसरी केटाकेटीहरूलाई यस्तो मौका प्रदान गर्छन् । अर्को शब्दमा भन्ने हो भने ती शिक्षकले प्रशिक्षण दिने संस्थाबाट जे पाउँछन् त्यसकै अनुसरण गर्छन् । विद्यालयमा त्यही प्रतिविम्बित हुन्छ जुन उनीहरूले प्रशिक्षणको बेला पाएका छन् । कुरो सही पनि हो । जस्तो बीउ छरिन्छ त्यस्तै बाली भित्र्याइन्छ । प्रशिक्षणमा शिक्षकहरूको मस्तिष्कमा जस्तो विचार र अनुभव प्रदान गरिन्छ विद्यालयमा त्यही परिलक्षित हुन्छ । प्रशिक्षणबारे धेरै बहस र चर्चापरिचर्चा भए तापनि त्यसको असर परिलक्षित भएको देखिंदैन । शिक्षानीतिमा समयनुसार हेरफेर पनि गरिन्छ तर त्यसलाई व्यवहारमा ल्याउन न कुनै स्वर उठ्छ न कुनै ठोस नीति कार्यान्वयन भएको पाइन्छ ।