प्रस, गंजभवानीपुर, १४ साउन/
छिमेकी मुलुक भारतको विहारमा मदिराजन्य पदार्थमा सरकारले रोक लगाइ कडा कानुन लागू गरेपछि त्यसको पूर्ण असर नेपालको दशगजा क्षेत्रमा परेको छ ।
बाराका गाविस र नगरपालिकामा प्रहरीकै संरक्षणमा अवैध मदिराभट्टीहरू सञ्चालनमा रहेका देख्न सकिन्छ । सीमा क्षेत्रका गाउँहरूमा भने अहिले व्यापकरूपमा मदिराभट्टीहरू सञ्चालनमा आएकाबारे स्थानीयवासीहरूले गुनासो गरे पनि प्रहरीले त्यसतर्फ ध्यान नदिएको महागढीमाई नगरपालिका दहियार टोलका वेदानन्द शुक्लाले बताए । प्रहरीकै संरक्षणमा घरेलु मदिराभट्टीहरू सञ्चालन आएका उनले दाबी गरे।
शुक्लाका अनुसार प्रहरीले गंजभवानीपुर, दहियार, मटिअर्वा, बसतपुर, कबहीगोठ, नरही, बगडमपुर, बरियारपुर, कलैया, मधुवन, मनहर्वालगायतका ठाउँबाट महिनावारी लिएर जिल्लादेखी चौकीसम्म खाने गरेको छ ।
घरेलु मदिराभट्टीहरू सीमा क्षेत्रका प्रत्येक गाविसमा दर्जनभन्दा बढी रहेको तथा सीमा क्षेत्रमा विहारबाट आएका व्यक्तिहरूले मदिरासेवन गरी रातिसम्म गाउँघरमा होहल्ला मचाउने गरेको स्थानीयहरूले बताएका छन् ।