प्रस, वीरगंज, १३ साउन/
सशस्त्र प्रहरी बिओपी अलौको नवनिर्मित भवनको उद्घाटन सशस्त्र प्रहरीका डिआइजी बाबूराम पाण्डेले गरेका छन् ।
सुगौलीबिर्तामा स्थानीय व्यापारी तथा चन्दादाताको सहयोगबाट ५० लाखको लगानीमा निर्मित भवनको उद्घाटन गर्दै पाण्डेले जनता र प्रहरी नमिलेसम्म समाज सुरक्षित नरहने बताए ।
समाज सुरक्षित भए समाज विकासतर्फ उन्मुख हुँदै देश विकास हुने बताएका थिए । सशस्त्र प्रहरीले सीमा क्षेत्रको जिम्मेवारी पाएको बताउँदै नेपाल–भारतको सीमा क्षेत्रमा आपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरी लागिपरेको बताएका थिए ।
वीरगंजका उद्योगी, व्यापारी तथा समाजसेवीहरूको सहयोगबाट नवनिर्मित भवन उद्घाटना भएकोमा धन्यवाद ज्ञापन गर्दै पर्सा जिल्लाका अन्य बेसहरूलाई पनि सहयोग गरिदिन उद्योगी–व्यापारीहरूसँग उनले आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले ड्राइपोर्टदेखि पोखरियासम्म दोस्रो कोरिडोर स्थापित हुँदै गएको क्रममा सुरक्षा अतिआवश्यक रहेको बताएका थिए ।
विगतमा तिलावे वरिपरि डरले मानिसहरू आउनजान धक मान्थे भने अहिले दर्जनौं उद्योगहरू स्थापित भएको र सो क्रम जारी रहेकोमा सशस्त्र प्रहरीलाई धन्यवाद दिएका थिए ।
सशस्त्र प्रहरीको बेस स्थापना भएपछि अहिले व्यापारीहरूले निश्शड्ढ उद्योग–कलकारखाना स्थापना गर्न थालेको उनले बताए ।
उद्योगी विजय सरावगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुबोध गुप्ता, नेपाल पत्रकार महासङ्घ पर्साका सभापति श्याम बञ्जारालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहयोग गर्ने व्यक्तिहरूलाई पाण्डेले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
सशस्त्र प्रहरी निरीक्षक मोहन देवकोटाले भवन निर्माण सम्बन्धी आयव्यय प्रस्तुत गरेका थिए ।