प्रस, परवानीपुर, पर्सा, १३ असार/
गत शुक्रवार र सोमवार परेको अविरल वर्षाको कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले ठूलो धनजनको क्षति भइरहँदा पर्साको धानबालीमा पनि असर पारेको छ । पर्साको करिब ५ सय हेक्टर जगगामा लगाइएको धानबाली बाढीको चपेटमा परेको जिल्ला कृषि विकास कार्यालय, पर्साले जनाएको छ ।
कृषि प्राविधिक सुरेश चौरसियाले मिर्जापुर, सम्भौता, जयम·लापुर, भिस्वा, लहावरथकरी, सबैठवा, परसौनीभाठा, धोबिनी, हरिहरपुर, असवारी, धोरे, पकाहामैनपुर, अमरपट्टि, झौवागुठी, बगही, लालपर्सा, बस्डिल्वालगायत दर्जनौं गाविसमा धानबाली डुबानमा परी नष्ट भएको बताए । भेडहा र ओरिया खोलामा आएको बाढीले पनि सो खोला आसपासमा पर्ने किसानको धानबाली नष्ट गरेको छ । बढी क्षति पर्साको दक्षिणी भेगमा पर्ने गाविसका किसानहरूको रहेको उक्त कार्यालयले जनाएको छ । चौरसिया भन्छन–“कुनै गाविसको खेतको पानी अहिले पनि जमेर बाली नष्ट भएको छ ।
बाढीको चपेटमा परेका किसानहरूको खेत पुन: रोप्नुपर्ने आवश्यक छ । तर धानको बीउ नपाउनाले बाली नै सखाप भएको उनीहरूले बताएका छन् ।