$type=ticker$count=12$cols=4$cate=0

रोगहरूको कारण र निवारण

SHARE:

    कृत्रिम जीवनक्रमको एक अर्को अभिशाप जोडिएको छ, आरोग्यप्राप्तिको लागि औषधिको गुलामी स्वीकार गर्नु। एलोपैथी आफ्नो बाल्यावस्थामा तेज प्रभावको कारण अत्यन्त लोकप्रिय भयो । रोगको लागि यसलाई रामबाण मानिन्थ्यो र सर्वत्र अपनाइयो। आज यो प्रौढावस्थामा छ। अब यो अनुभव गर्न सकिन्छ कि तात्कालिक राहतको लागि एलोपैथिक औषधि जति लाभकारी सिद्ध हुन्छ, दूरगामी परिणामको दृष्टिले त्यत्ति नै हानिकारक। तेज मारक औषधि रोगको कीटाणुलाई मात्र होइन, शरीरको स्वस्थ कोशिकालाई पनि बिना एकअर्कामा विभेद गर्दै मार्छ, तथा जीवनशक्तिलाई कमजोर बनाउँछ। यी औषधिको जथाभावी प्रयोगबाट थुप्रै गम्भीर प्रतिक्रियाहरू हुन्छन्। औषधिको दुष्प्रभाव आएट्रोजेनिसिटीको रूपमा चिकित्साजगत्मा एउटा नवीन सङकटजस्तो प्रस्तुत भएको छ।
    सम्बन्धित विषयमा एरिक डब्लु मार्टिनको पुस्तक ‘हेजार्डस् अफ मेडिकेसन’ले विस्तृत प्रकाश पारेको छ। साधारणतया सामान्य व्यक्तिले यो कल्पना नै गर्न सक्दैन कि जुन औषधि उसले सेवन गरिरहेको छ, त्यो यति धेरै खतरनाक पनि हुन सक्छ। पुस्तक यस्तै व्यक्तिहरूको लागि एक मार्गदर्शिका हो तथा ती हानिबारे अवगत गराउँछ, जसबाट जो सामान्यतया अपरिचित छन् । पुस्तकमा उद्धरित ‘स्टेट युनिभर्सिटी अफ न्यूयोर्क’को ‘स्कूल अफ फार्मेसी’मा प्रकाशित रिपोर्ट ‘हेजार्ड अफ ड्रग इन्टर एक्सन्स’को अनुसार अमेरिकामा कुल चिकित्सालयका कर्मचारीहरूले रोगीको रेखदेखमा जति समय लगाउँछन्, त्यसको सातौं हिस्सा मात्र यस्ता रोगीको हेरचाहमा जान्छ, जो औषधिको विषालु प्रभावबाट ग्रस्त छन्। अनुमानत: तीन अर्ब डलर प्रतिवर्ष यस्ता रोगीहरूमाथि खर्च गरिन्छ। पुस्तकको लेखकका अनुसार औषधिको विषाक्तता प्रभावबाट एक लाख चालीस हजार अमेरिकी प्रतिवर्ष मर्छन्। यी आँकडाले औषधिको प्रतिक्रियाको गम्भीरतालाई सहजै अनुमान लगाउन सकिन्छ।
    ए.एच. रालेनले आफ्नो थेसीस ‘इन्फ्लुएन्स अफ युरिनरी पि.एच. अन एक्सक्रिसन अफ एक्कीटा मिन’मा एक आँकडा प्रस्तुत गरेका छन् कि संयुक्त राष्ट्र अमेरिकामा प्रतिवर्ष अस्पतालमा १५ लाखदेखि ३० लाखको सङ्ख्यामा यस्ता रोगीहरू अस्पताल भर्ना हुन्छन्, जो ए.डि.आर.
(एडवर्स ड्रग रिएक्सन) औषधिको घातक दुष्परिणामबाट ग्रस्त छन्। बोस्टनको पाँच अस्पतालमा दुई वर्षभित्र चिकित्साको लागि भर्ती भएका कुल रोगीमध्ये एडिआरबाट ग्रस्त रोगीको अनुपात ३१ प्रतिशत थियो, जसमध्ये ८० प्रतिशत रोगीको स्थिति विशेष गम्भीर थियो। उनीहरू भयङकर यातनाबाट पीडित थिए। जोन हाकिन्स अस्पतालमा गरिएको तीन महिने एक सर्वेक्षणमा औषधिको विषालु प्रतिक्रियाबाट पीडित रोगीको अनुपात १७ प्रतिशत थियो। यसमध्ये ३० प्रतिशत रोगीको स्थिति अस्पतालमा झनै खतरनाक भयो, कुप्रभावको मात्रा बढेको थियो। यी ३० प्रतिशतमध्ये २२ प्रतिशत रोगीले केही दिनपछि भयङकर यातना सहँदै अकाल मृत्यु प्राप्त गरेको थियो। ‘ट्रान्स फर्मेसन एन्ड एक्सक्रिसन अफ ड्रग्स इन बायोलोजिकल सिस्टम’ पुस्तकका लेखकद्वय अरिता टि. एवं होरी आरले उपरोक्त तथ्यको रहस्योद्घाटन आफ्नो पुस्तकमा गरेका छन्।
    विगत दश वर्षदेखि अमेरिकाको मूर्धन्य चिकित्साशास्त्री औषधिको कुप्रभावप्रति जागरूक छन्। अमेरिकाको ‘फूड एन्ड ड्रग एडमिनिस्ट्ेरसन’ले अनेकौं अस्पताल एवं शोध संस्थानलाई औषधिको विषालु प्रतिक्रियाबारे अध्ययन गर्न करोडौं डलर अनुदान दिएको थियो, ताकि घातक प्रभावको रोकथामको लागि उपाय निस्कियोस्। पचास लाख डलरको खर्चमा स्थापित ‘क्यान्सर परमानेन्ट फाउन्डेसन’मा सयकडौं वैज्ञानिक शोधरत छन्। जसलाई ‘युएसएस काङ्ग्रेस अफिस अफ टेक्नोलोजी एसेसमेन्ट’ विभागद्वारा मान्यताप्राप्त छ। सन् १९७६ पछि यस शोध कार्यमा अरू गति आयो तथा थुप्रै महत्त्वपूर्ण निष्कर्ष प्राप्त भए। सम्बन्धित विषयमा ‘प्रैक्टिसनर’ पत्रिकामा प्रकाशित एक लेख ‘ब्रेन ड्रग्स इन्टर एक्ट’ अनुसार एक प्रकारको रोग ‘कन्जेस्टिव हार्ट फेल्योर’को लागि डिजिटेलिस ग्लाइकोसाइडलाई विश्वभरमा सबैभन्दा प्रभावी औषधिको रूपमा स्वीकार गरिन्छ । तर यस औषधिको सेवनबाट थुप्रै मानसिक विकृति पैदा हुन्छन्, त्यसतर्फ सामान्यतया चिकित्सकहरूको ध्यान पनि पुग्दैन।
    ‘इस्ट्रोजन्स’लाई विश्वको मूर्धन्य चिकित्सकले अत्यन्त हानिकारक औषधि मानेका छन्। एक दिनको अनुसार इस्ट्रोजन उपभोग नगर्नेको तुलनामा उपयोगकर्तामा क्यान्सर हुने सम्भावना २४ गुना वृद्धि हुन्छ। सर्वाधिक घातक प्रभाव गर्भस्थ शिशुमाथि पर्छ। यी औषधिबाट उसको अङग अवयवको अप्राकृतिक हुने अनुपात ५ गुनाले बढ्छ । ‘इस्ट्रोजन’ उपयोगको अन्य प्रकारको प्रतिगामी प्रभाव विविध रोगको रूपमा उत्पन्न हुन्छन्। थोम्बोएक्बोलिक फिनामिनाले रक्तचापमा वृद्धि, मधुमेह, गम्भीर हाइपर कैल्सेमिया जस्ता रोग उत्पन्न हुने सम्भावना बढी हुन्छ। इस्ट्रोजन्सको प्रयोगबाट पैदा हुने रोगको विस्तृत वर्णन शिकागोको इयर बूक १९७७ मा ड्रग्सइफेक्ट र एन्जाइम्स, फार्मोकोलोजिक टेक्निक्स इन ड्रग इभेलुएसन शीर्षकमा छापिएको थियो। लेखक थिए– डा. बन्र्स जे. तथा मयर जे एच।
    ‘न्यू इङगल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित ‘दि इभिल्स अफ कैमोफ्लैज ऐज इलस्ट्ेरटेड बाइ थैलिडोमाइड’ शीर्षकबाट एक लेख प्रकाशित भयो, जसमा विश्वविख्यात औषधि ‘थैलिडोइड’को हानिमाथि प्रकाश पारिएको थियो। सन् १९५८ पछि पेटेन्ट भएको यो औषधि बजारमा आयो र एक तेज तनावनाशक र हिप्पोटकको रूपमा चिकित्साजगत्मा प्रख्यात भयो । यसको प्रचलन यति बढी भयो कि प्रतिवर्ष डेढ टन जति इङगल्यान्डमा मात्र खपत हुन लाग्यो। दीर्घकालीन प्रयोगपछि यसको खतराबारे अवगत भयो। आमाहरूले अपाङग सन्तान जन्माउन थाले। नोभेम्बर १९६१ मा जर्मनी र इङगल्यान्डका अनेकौं समाचारपत्रले यस औषधि अविलम्ब रोक्नुपर्ने भन्दै सरकारलाई आग्रह गर्‍यो । एक सर्वेक्षणमा जो गर्भवती महिलाले उपरोक्त औषधि सेवन गरेका थिए, त्यसमध्ये २० प्रतिशतको सन्तान अपाङग जन्मिएका थिए। केही अभिभावकले औषधि कम्पनीलाई बच्चाको अपाङगताको लागि दोषी ठहर्‍याउँदै जरिवानाको
माग गर्दै मुद्दा दायर गरे। फेब्रुअरी १९७० मा पश्चिम जर्मनीकी एक थैलिडोमाइड उत्पादक कम्पनीले न्यायालयको निर्णय एवं निर्देशानुसार २३ सय अभिभावकलाई २ करोड ७३ लाख डलर जरिवाना तिर्नुपर्‍यो। यस्तै एक केसमा स्वीडेनको ‘एस्ट्राफार्मेस्युटिकल’ कम्पनीले एक निर्णय अनुसार नर्वेका १३ बच्चालाई जीवनपर्यन्त प्रतिवर्ष २० हजार डलर दिन बाध्य हुनुपर्‍यो।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : रोगहरूको कारण र निवारण
रोगहरूको कारण र निवारण
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/07/blog-post_787.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/07/blog-post_787.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy